१ फेब्रुअरी २०२१।हङकङ । क्रान्ति सुब्बा ।

हङकङ सरकारले अहिले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न निशाकालिन एम्बुस लकडाउन गर्ने रणनीतिलाई अवलम्बन गरेकोछ । २३ -२५ जनवरीमा जोर्डनमा भएको ४४ घन्टा लामो लक डाउनले बिशाल परिमाणमा जनजीवन प्रभावित भएका कारण अब हुने लक डाउन साना स्केलका एकैरातमा समाप्त हुने खाल्का तय गरिएको हो।

तेस्रो निशाकालिन लकडाउन ३१ जनवरी आइतबार बेलुकी ७ बजेबाट लाम तिनको लगुना सिटिमा जारी गरियो। १२ दिन भित्रमा जम्मा १५ जना कोरोना भाइरस संक्रमित भेटिएका कारण यो स्थानलाई  लक डाउनमा लगिएको हो। प्रतिबन्धित क्षेत्र घोषणा गरि जारी भएको यस लक डाउन एरियाको ब्लक ५ र ब्लक ७ का वासिन्दा अनिवार्य कोरोना परिक्षणमा गएका थिए । सोमबार बिहान ७ बजे सम्ममा सम्पूर्ण परिक्षण सक्ने योजना भएता पनि बिहान ७: ४० बजे मात्र परिक्षण समाप्त भएको थियो ।
लगुना सिटि  ५ र ७ नम्बर ब्लकका करिब ४६० बासिन्दामाथि  कोरोना परिक्षण भएको थियो जस मध्येमा एक जना पनि कोरोना पोजेटिभ पुष्टि केस भेटिएन।
सरकारी कर्मचारीले जम्मा ३९४ ढोका ढककढकाएका थिए  जसमा करिब ६० परिवारको ढोका खोलिएन ।
परिक्षण सम्पन्न भैरहेकोबेला एकजना पुरुषले सरकारी कर्मचारीलाई हातपात गरेका थिए भने एक महिला वासिन्दाले लक डाउनको आलोचना गरेकी थिइन।

सरकारले यस्तो एम्बुस लक डाउन गत मंगलबार याउ मा तेइको पिट स्ट्रीटमा गरेको थियो जहाँ एउटा पोजिटिभ केस फेला परेको थियोे । गत बिहीबार नर्थ पोइन्टमा भएको यस्तै लक डाउनमा एउटा पनि पोजेटिभ केस भेटिएको थिएन । र लगुना सिटिमा लागु लक डाउन चाहिँ प्राइभेट हाउजिङ माथि लगाएइको पहिलो लक डाउन हो।

यहाँका दुई भवनहरु जनवरीको शुरुआत ताका नै अनिवार्य परिक्षणको सुचीमा परेका थिए ।लक डाउन हुनु भन्दा अगाडी नै १,२०० नागरिकले टेस्ट गरिसकेका थिए ।

हङकङमा हिजो आइतबार ५३  नयाँ कोरोना पुष्टि केस देखा परेको थियो । जसमा ४४ केस स्थानीय संक्रमणबाट १७ केस अपुस्ट स्रोतबाट आएका थिए । हिजो थप दुइ जनाको देहावसान कोरोना बाट भएको थियोे ।हङकङमा कोभिड बाट  मृत्यु हुनेको संख्या १८१ पुगेको छ।

तपाईको प्रतिक्रिया