उहाँले नेपाली साहित्यमा पछिल्लो समय  ‘प्याउली ‘ उपन्यासको कारण चर्चा कमाई रहनुभएको छ । बिशेषगरि महिलाले भोग्नु परेको असमानताहरुको बिरोधमा उहाँ लेखनले सरल र शान्तरुपमा आवज उठाईरहेको हुन्छ । यो पल्ट पाच प्रश्नमा लेखक वालिका बान्तवालाई प्रस्तुत गरेका छौं ।

लेखनमा आएको छोटो समयमा पाउनु भएको चर्चाले तपाईंलाई कस्तो अनुभूति दिएको छ ।

म किताब लेखकको रुपमा मात्रै अहिले आएकी हु । फुटकर लेखन अलि पहिलेदेखि गर्दै आइरहेकी हु । छिटफुट कथा, कविता, गीत वा संस्मरणहरु लेखिरहेकी थिएँ । तर पहिलो प्रकाशित कृति उपन्यास हुनपुग्यो । मैले उपन्यास लेख्दै गर्दा, चर्चा होला भन्ने अलिकति पनि सोचेकी थिइन । चर्चाको लागि लेखेको पनि होइन । मैले अघिदेखि भन्दै आइरहेको कुरा फेरि पनि दोहोर्‍याउछु, म भित्रको पीडा, हतास, ऐठनहरुलाई व्यक्त गर्नु थियो मैले । मेरो लेखनको उदेश्य त्यति मात्रै थियो । तर किताब आएपछि धेरै पाठकहरुले मन पराइदिनुभयो । माया गरिदिनु भयो । स्वभावैले खुसी लाग्ने नै भयो मलाई ।

हङकङको बसाइँ र लेखनको समयलाई कसरी म्यानेज गर्नुहुन्छ ?
हङकङमा एकदमै ब्यस्त दैनिकी हुन्छ हरेक को । काम, काम र काम हुन्छ यहाँ । कहिलेकाही कार्यक्रम, भेटघाट, मिटिङ पनि भ्याउनै पर्यो । यसका बाबजुद पनि लेखपढ गर्नैपर्यो । मेरो काम गर्ने ठाउँ र घरको दुरी झन्डै २र३ घन्टाको दुरीमा पर्छ । तपाईंलाई अचम्म लाग्न सक्छ, मैले प्राय घरदेखि ड्युटी, ड्युटीदेखि घरसम्मको यात्रामा लेख्ने गरेकी छु । कहिलेकाही ड्युटीमा हुने ब्रेक टाइममा पनि लेख्छु । बाकी बिदाको समय घरमा बसेर लेखपढ गर्ने गरेकी छु ।

तपाईंको लेखनमा धेरै बिषयबस्तु आफैलाई नढाटी आएका छन् यो साहास कमै लेखकहरुमा पाईन्छ के भन्नुहुन्छ यसमा ?

मलाई लुकाउनका लागि त्यस्तो गल्ती केही गरेजस्तो लाग्दैन । गल्ती गर्नेले हो लुकाउने, छिपाउने, डराउने भनेको । गल्ती नगरेपछि बाचेको जीवन देखाउनलाई के धक मान्नु रु मेरो जीवनमा जे जे भयो, मैले नढाटी भनेको हु । तपाईंले यसलाई साहस नाम दिनुभयो र आफुलाई लागेको कुरा भन्न हामी सबैले साहस गर्नैपर्छ जस्तो लाग्छ ।

महिलाको बिषयहरु लेखनमा कसरी आईरहेका छन् ?
महिलाको बिसयमा आधिकारिक रुपमा बोल्ने, लेख्ने, बहस गर्ने भनेको महिला लेखकहरुले नै हो । जसले पीडा भोगेको छ, उसैले मात्रै पिडाको कथा राम्रोसँग लेख्न सक्छजस्तो लाग्छ । हाम्रो समाजमा महिलाको स्थान कहाँ छ भन्ने कुरा, सबै महिलाहरुलाई थाहा छ। बोल्न र लेख्न सक्नेहरुले महिला बिभेदका कुराहरू लेख्न र बोल्न थालिसकेको अवस्था छ । तर अझैपनि बहुसंख्यक महिलाहरूको आवाज बाहिर आउन सकेको छ जस्तो लाग्दैन । उनीहरूको आवाजलाई लेख्न, बोल्न सक्नेहरुले लेखिदिनुपर्छ । बोलिदिनुपर्छ । तर यतिले मात्रै पनि पुग्दैन होला । महिलाहरूका लागि मुक्ति भन्नू आत्मानिर्भरताको बाटो हो जस्तो लाग्छ । जुन बाटो हिडेर मात्रै हामी महिलाका आवाजहरु सुनिन्छन् जस्तो लाग्छ । त्यसैले महिला मुक्तिको बाटो भनेको आत्मानिर्भरको बाटो नै हो । हामीले यतातिर ध्यान दिनपर्छ कि जस्तो लाग्छ ।

 अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्य कहाँ छ ?
खै, यो स्तर थाहा पाउने, विश्लेषण गर्ने क्षमता भएको लेखक हुँदै होइन म । अन्तर्राष्ट्रिय स्तरमा काम गरिरनुभएका, खासगरी अनुवाद साहित्यमा काम गरिरनुभएका लेखकरअनुवादकहरुलाई यसबारेमा जानकारी पक्कै होला । नेपाली भाषाकै मूल स्वरुपमा हाम्रो साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा मापन गरेर पक्कै काम नहोला । कमै नेपाली लेखकहरुले अङ्ग्रेजी वा अरु अन्तर्राष्ट्रिय भासामा कलम चलाउनुहुन्छ । त्यतिले मात्रै नेपाली साहित्यको अन्तर्राष्ट्रिय मूल्य मापन पक्कै नहोला ।

तपाईको प्रतिक्रिया