काठमाण्डौं ।
नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका प्रतिक्षा केसी र गायक राजु परियार तथा रामु विरहीको आवाजमा रहेको मौलिक भाकामा आधारित गीत ‘लेउ न चाखम् मैया’ को भिडियो डिजिटल बजारमा गल्कोट म्युजिक मार्फत सार्वजनिक भएको छ । गीतमा प्रेमी प्रेमिका विचको माया र ममतालाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

मौलिक लयमा सिर्जना भएकाले आम दर्शक तथा स्रोताले ‘लेउ न चाखम् मैया’गीतलाई मन पराउनेमा गायिका पारु आशावादी रहेको उनले बताइन । रामु बिरहीको शब्द तथा संगितमा तयार पारिएको छ । आफनो प्रेमी आफनो मायामा संसारमा रमाउनको लागी आएको मा गायिका निकै खुशी भएकी छन ।

नवराज उप्रेतीको छायाँकन , विष्ण्ु शर्माको सम्पादन तथा प्रकाश भटटको निर्देशन भिडियोमा रहेको छ । उक्त गीतको म्यूजिक भिडियोमा बिनोद श्रेष्ठ, रन्जिता गुरूङ्ग, सरोज लामा र गायीका पारु केसी समेतको अभियन रहेको छ ।

‘लेउ न चाखम् मैया’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया