काठमाण्डौं ।
नेपाली कथानक चलचित्र प्याकुली को पहिलो गीत “पिरतिको मातले “ गीतको भिडियो सार्वजनिक भएको छ । मीन कुमार अधिकारी को निर्माण ,रोशन पोख्रेल , लक्ष्मी कुवर को सह निर्माणमा बनेको चलचित्रमा प्रेमी प्रेमीका विचको विभिन्न अवस्थालाई देखाइएको छ ।

शंकर अधिकारी घायल को लेखन तथा निर्देशनमा रहेको निमार्ण भएको चलचित्रमा रोमान्टिक पल समेटिएको छ । उक्त गीतमा दुई दिलको धड्कन को वास्तविक चित्रण सार समेटेको छ शंकर अधिकारी घायल को गीत,राजेन्द्र बजगाइ संगीत मा नित्याशिवा र राजेन्द्र बजगाइको स्वर रहेको छ ।

चलचित्रमा मुस्कान रेग्मी ,प्रीतिका शर्मा ,रोशिका राया, गंगा कुवँर, राजन श्रेष्ठ रामशरण खत्री ,सन्तोष पराजुली, ज्योती पुडासैनी , डिके हमालको अभिनय रहेको छ साथै चलचित्रमा द्वन्द निर्देशक देव महर्जन को छ । कृष्ण पाण्डे को छायांकन , डिके हमाल को श्रृङ्गार देव धिमाल को नृत्य देव महर्जनको द्वन्द , बिश्वास भण्डारी रअन्जली थापाको सम्पादन र शंकर अधिकारी घायल को लेखनर निर्देशन रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया