काठमाडौँ । बन्दको अवज्ञा गरेको भन्दै नेकपा दाहाल–नेपाल समूहका बन्दकर्ताले चार ट्रक र एक ट्याक्सीमा तोडफोड गरेका छन् ।

प्रहरीका अनुसार दाहाल–नेपाल समूहका कार्यकर्ताहरुले राजधानीको गोंगबूमा पार्किङ गरेर राखिएको एक ट्याक्सी जलाएका हुन् ।

महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहका अनुसार प्रदर्शनकारीहरुले प्रदेश नम्बर ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएका हुन् ।

यस्तै बन्दकर्ताले ना ३ ख ३९३, ना १ क १४३५ र ना ८ ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्दकर्ताले चितवनको भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका हुन् ।

यस्तै, चितवनकै टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया