हंगकंगमा हालै आगजानीजन्य घटनाहरु घटिरहेको अवस्था छ। आगलागीबारे जनचेतना जगाउने कार्यक्रम विस्तार गर्ने क्रममा हङकङ सरकारले यहाका अल्पसंख्यक समुदायलाई पनि समेटेको छ। जस अन्तर्गत हंगकंगमा रहेका नेपाली लगायत अल्पसंख्यक समुदाय (एथ्निक मैनोरिटीज) हरु बीच आगलागीका जघंन्य घटनाहरुबाट कसरी जोगिने, सामाजिक सदभावना कसरी कायम गर्ने र आगलागीबाट जोगिन सुरक्षाका उपायहरु कसरी अवलम्बन गर्ने भन्ने बारे जानकारी गराउने उद्देश्य अनुरुप एक कार्यक्रमको आयोजना अगस्ट २९ तारीख आइतबार गरेको थियो ।

उक्त समर रिफ्रेस फर एथ्निक माइनोरिटिज कम फायर सेफ्टी फन डे (Summer Refresh for Ethnic Minorities cum Fire Safety Fun Day )भन्ने कार्यक्रम याउ चिङ्ग मोङ्ग डिस्ट्रिक स्थित बहुसांस्कृतिक गतिबिधि केन्द्र (MAC) जोर्डनमा याउ चिङ्ग मोंग फाएर सेफ्टी कमिटि र याउ चिङ्ग मोंग डिस्ट्रिक काउन्सिलको संयुक्त आयोजना र हंगकंग फाएर सर्भिस डिपार्टमेन्टको सहयोगमा सम्पन्न भएको थियो।
याउ चिङ्ग मोङ्ग डिस्ट्रिक फाएर सेफ्टी कमिटीकी अध्यक्ष सुश्री एन आउ (Ann Au ), याउ चिङ्ग मोङ्ग डिस्ट्रिक अफिसर एडवार्ड यु, जेपी (Edward Yu, JP), फाएर सर्भिस डिपार्टमेन्ट, काउलुन साउथ डिस्ट्रिक डिभिजनल कमान्डर स्टेभन चान (Stevan CHAN), र कम्युनिटी फाएर एजुएकेसन वर्किङ्ग ग्रुप कन्भेनर पेट्रिक को ( Patrick Ko) बाट प्रोफेसनल हेयर इस्टाइलिस्टहरुलाई प्रशंसा प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा थुप्रै नेपाली लगायत एथ्निक माइनोरिटीजका स्कुले छात्रछात्रा तथा अभिभाबकहरुको राम्रो उपस्थिति रहेको थियोे । उक्त कार्यक्रममा बिद्यार्थीहरुलाई स्कुल जानु अघि चुस्त र फुर्तिलो देखियोस भनेर प्रोफेसनल हेयर इस्टाइलिस्टहरुबाट निशुल्क कपाल काट्ने व्यवस्था पनि गरिएको थियो। कार्यक्रममा सहभागी हुनुभएका सबैलाई बिशेष उपहार समेत प्रदान गरिएको थियो। कार्यक्रम उपलब्धि मुलक रहेको प्रतिक्रिया उपस्थितजनले गरेका थिए।
- माननीय सांसद मनिष झालाई जनजाती महासंघ अमेरिकाले ग्यापन पत्र बुझायोन्युयोर्क अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले अमेरिका भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झालाई यही जुलाई १२…
- टंकी सबस्टेशनमा लोड व्यवस्थापन, विद्युत् आपूर्ति सहजविराटनगर — नेपाल विद्युत प्राधिकरणको ३३/११ केभी टंकी सब स्टेशन अन्तर्गतको ३३ केभी विराटनगर–३ फिडरमा देखिएको अत्यधिक विद्युत् भार (ओभरलोड)…
- न्युयोर्कमा किरात राइहरुले उभौली चाड मनाएयुनाइटेड किरात राई अर्गनाइजेसन अमेरिका (UKROA- United Kirat Rai Organization America) को आयोजनामा गत जुन २७ तारीख किरात समुदायको मुख्य…
- साताको तीन कविता – कवि धर्मेन्द्र नेम्बाङसमकालीन नेपाली साहित्य र राजनितीको एक गहकिलो व्यक्तित्व लेखक धर्वेन्द्र नेम्बाङ लेखन , विश्लेषण र राजनितिको क्षेत्रमा स्थापित उहाँले पचासको…
- मानव बिकास र समाजशास्त्रमाथि एक फरक दृष्टिकोण-जीवन कुमार मादेन बिचार – मानव सभ्यताको विकाससँगै विचार र भावना साटासाट गर्ने माध्यमका रूपमा भाषा र लिपिको प्रादुर्भाव भयो।…





