रञ्जुश्री पराजुली  नेपाली साहित्यमा  एक स्थापित  नाम हो । साहित्यको विभिन्न  बिधामा स्थापित उहाँको लेखनीले  असमानता र सदभावको बिचारलाई अघि सारीरहेको हुन्छ । बाल साहित्य लेखनीमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएको पराजुली लामो समयसम्म प्रध्यापन क्षेत्रमा सकृय रहनुभयो । प्रस्तुत छ साताको तीन कविता ।

वितण्डता

 वितण्ड रुपले  पार्यो टुक्रा टुक्रा

नियम मिचियो भाग बण्डा गरियो

केवल मलाई मान्यता दिइयो

अञ्जानमा होइन जानिजानी अनदेखा गरियो

अन्जानमा गल्ती हुनसक्छ जो क्षमा हुन सक्छ

बेवास्ता अनदेखा गरेर ल्याएको वितण्डताले सङ्गै दुर्घटना

निम्त्याएर ल्याउँछ।

हाँसी खुशीको शान्त सुन्दर वस्ती

माथिदेखी विस्फोट भएर झरेको हिम शृङ्खलाले

क्षण भरमा नै सोहरेर बगाएर अदृश बनाउँदो रहेछ

माता पिता बेपत्ता  स्तनपान गराउँदै गरेकी मातालाई पैरोले

लुड्याएर काखे सन्तान टुहुरो बन्यो

दलदलमा फसेका काेपिला मात्र नभै

पिँगला,मंगला नाम गरेका गौ माता हिलोमा लुडिंदै

 चार खुट्टा उचाल्दै आस्रय खोजिमा अदुश्य भएका छन्

पशुमा पनि मातृत्व वोत प्रोत हुदाेरहेछ

कुकुर्नी आफ्नो छाउरोलाई मुखमा च्यापेर सुरक्षित स्थानमा दगुरीरहेको करुण दुश्य…….

त्यसै बेला पैरोले क्षण भरमा बेपत्ता बनाई दिन्छ

अनुहार भरी घाउको रक्त धारा बहाउँदै

आमा तिमी कहाँ छौ भन्दै रोएको टुकुर टुकुर हिड्ने बालक

यी सबै अवस्थाले  मन छिया छिया बनाउँछ

बुढा बाबा दलदलबाट निक्लन प्रयत्नरत देखिन्छन्

मानिसहरुले हात हल्लाएर  सुरक्षाको भिख मागीीरहेेछन्

सुरक्षा कर्मीहरु भोक ,प्यास ,थकाई केही प्रवाह नगरी कठिन परिस्थितिमा

आफ्नो ज्यानको बाजि लगाएर

मानवताको रक्षा गर्न लागि परिरहेछन्

ओहो !

यो प्रलयको घडीमा

आफू भित्र हराएको मानवतालाई खोजेर

यो   प्रलयकारी  अवस्थासँग शान्त र निडर भएर  अघि बढ्न जरुरी छ ।

के म नेपाली होइन र ? 

भगवान पनि निस्ठुरी हुदा रहेछन्

 पीडा दिन हतारिंदा रहेछन्

भन्छन् जन्मदिए पछि कर्म दिन्छ

त्यसको विश्वासले अँध्यारोलाई उज्यालोले पछ्याउँछ

तर हैन रहेछ

झुक्याउँदोरहेछ यस्ले

पेट चाउरी पर्यो…..

गाला सुक्यो ……

छोरालाई उज्वल भविष्यको

आशिर्वाद  दिने बुढा बाबुआमाको इच्छा र आकांक्षालाई

बर्षाको भेलले बगाएर लग्यो

गरीबीको ताण्डवले तिल्मिलाएर

गुन्टा  बाँधेर अनकन्टार देशमा श्रमीक  बनाएर बेच्न पुग्यो ।

तर ,

एउटा कुरा फरक रहेछ

मिहेनत गर्दै जाँदा आफ्नै परिश्रमले

 सुनको अन्डा पार्दै जाँदोरहेछ

त्यो देख्दा र थाहा पाउँदा

 सायद,

जन्म भुमिलाई ईर्ष्या हुदोरहेछ कि……

अनायास निदारमा बिदेशीको

छाप लगाई दिन हतारिदोरहेछ ।

जन्मको आधारमा

 शरीरको नसा नसामा नेपाली रगत बगेको छ

उसले बिदेशमा कमाएको सुन्को अण्डा स्वदेशमा पनि पुगेको छ

तर

उतर्फ बिदेशी हो  भनेर औंला  तेरस्याई हुन्छ

के उ  नेपाली होइन र  ?

के म नेपाली होईन र ?

रोजेको निती

लुच्याँई फटाई अनि मिच्याईको भिडमा

भर पर्ने विश्वाशिलो साथी चिन्न गह्रो हुने

विश्वासिलो भन्नेहरू सबैले मतलब हेर्ने

नाफा खोज्दा अवसरमा मुठ्ठी भरी च्याप्ने

केको मतलव भनि उस्ले आफ्नै पोल्टा थाप्ने

लाज सरम केही नहुने मै हुँ भन्नेलाई  ।

मौका पर्दा चिप्लो घसी बोल्ने

लाभाफुल  वरिपरि झोलेचम्चे  घेराएर  रम्ने

मौका परे तिनलाई केही गुलियो चुस्न दिने

आज प्यारो आफ्नो भन्ने भोलि शत्रु हुने

आँखा झिम्क्याई चम्चेलाई सिध्याउन खेज्ने

 तालिमे सबै मौका ढुकी चौका हान्न सर्ने

सान बुझ्ने नेता चक्रव्यूह देखि भुमिगत हुने

दुलो भित्रै मण्डल बनाई चोखो बन्दै फिर्ने

आमा बेच्ने, स्वास्नी साट्ने, छोरी मार्ने

पाप गर्ने अरुमाथी आफु धर्मात्मा बन्ने

घुसखोरी धन अकुत इनार खनी ढाक्ने

एउटा होइन, दुइटा होइन, कतिकति महल

सुन, चाँदी, हीरा, मोती हिसाब गन्ती छैन ।

बुढी हाकिम, सालो हाकिम, साली मेनेजर

ससुरा त्यस्तै उच्च तह, सासु माननीय

 यताउता फटाहा सबै राज्य तिनकै हातमा

काम गर्छन् अरुहरू जस लिने नेता

उध्धोग धन्दा सबै बेची डकारेर बस्ने उनै।

तपाईको प्रतिक्रिया