— दाजु गुरुङ , हङकङ
वास माग्न आयौ तिमी मनको मझेरीमा
प्यास लागे तृष्णा मेट्ने पानी पधेरीमा
पधेंरीमा आँखा जुध्यो मन पानी पानी
यस्तो पनि हुँदो रैछ माया जिन्दगानी ।

साँझ पर्यो एक्लै भए वाटो देउरालीमा
विसाई दिनु मनको भारी माया चौतारीमा
चौतारीको चिसो हावा थकाइै मार्ने वानी
यस्तो पनि हुँदो रैछ माया जिन्दगानी ।

उजाड लाग्छ निलो आकाश परे खडेरीमा
कोपिलामा झरयो फुल आँशु परेलीमा
परेलीको वाँध फुट्यो भिज्यो सिरानी
यस्तो पनि हुँदो रैछ माया जिन्दगानी
19/11/2016

तपाईको प्रतिक्रिया