धरान / डिल्ली फोम्बो एंड द ब्याण्डको रुपमा स्टेजहरुमा चम्किरहेका धराने गायक डिल्ली फोम्बोले एक बर्षको अन्तरालमा नयाँ गीत भिडियो सहित रिलिज गरेका छन्।

“यो मायाले के गर्यो “बोलको गीतमा गायक डिल्ली फोम्बोकै शब्द – संगीत रहेको छ भने सन्जिब राईको संगीत संयोजन रहेको छ।

रेखा लिम्बु र गायक डिल्ली फोम्बोको अभिनय रहेको गीतको नरेन लिम्बुको निर्देशन रहेको छ भने बिनय कंसाकारको सम्पादन र बिजेन्द्र भट्टराईको छायांकन रहेको छ। लिम्बु  समुदायमा पहिलो चोटी गुनगुनाइएको भनिएको  पोकन्दि

 

र नेपाली लोक शब्द -संगीतको सम्मिश्रण गरिएको गीत एउटा प्रयोगको रुपमा तयार गरेको गायक डिल्ली फोम्बोले बताए। लकडाउनले थलिएको समयमा तयार गरेर लकडाउन खुलेपछि गीत तथा भिडियो तयार गरिएकोगायक फोम्बोले बताए।

 

तपाईको प्रतिक्रिया