कविः तीर्थ निरौला


अहा ।
जिन्दगीको जङ्गलमा
तिमी र म हुँदा
कस्तो हुन्थ्यो होला
सिमल जीवनको आत्मानुभूति ?
छातीमा उम्रेका ती कलिला बुट्यानहरु
तारेभीरमा फुलेका फुलहरु
अनि निस्पट्ट गुफामा चम्केका नागमणीहरु ।
सायद हावाको सुसेलीमा लहलह झुल्ने
ती चिरबिरे चिच्याहट पनि
बब मार्लीकोजस्तो मिठो धुन बन्दो हो,
तिम्रा कलिला नङ्ग्राले कोपरिएका
ती नील खाटाहरु विख्यात चित्रकार
मोने र साल्भाडोर डालीकोजस्तो
ईम्प्रेसन कला बन्दो हो ।
अहा
तिमीलाई अंगालोमा बाँधेर
प्रेमभावको वादल माथि भुरभुर उड्नुको मजा ।
विभोरको महासागरमा पौड्दै
तिम्रो न्यानो स्वास संगसगै
मेरो स्वास फेर्नुको मजा ।
अहा ।
कालिक रातलाई चिर्दै
मेरो शीरमाथि चन्द्र झुल्किनुको मजा ।
अनि,
मेरो जिन्दगीको कापहुँदै
अनायासै मेरो कालो कोठामा
पसेको जुनकिरी पिल्पिलाउनुको मजा ।
अहा ।
जिन्दगीको जङ्गलमा
तिमी र म हुँदा ।

तपाईको प्रतिक्रिया