क्रान्ति सुब्बा


२४ मे २०२१। कंगोमा ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको थियो ।

कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोंगोमा मे २२ तारीख शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परेर कम्तीमा पनि १५ जना स्थानीय नागरिकको मृत्यु भएको सो प्रान्तका प्रान्तीय सरकारका अधिकारीले जानकारी दिएका हुन् ।

उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा १५ जनाको ज्यान गएको थियो ।
कंगोका अधिकारीहरुले माउन्ट निरागोंगोमा विस्फोट भएको र त्यस क्रममा उनीहरु सो क्षेत्रबाट भाग्न खोजेका थिए ।यसरी भाग्ने क्रममा नौ जना दुर्घटनामा परेका थिए भने दुई जना जलेका थिए ।

त्यसैगरी चार जना जेल तोडेर भाग्ने प्रयास गरेका थिए । उनीहरु पनि दुर्घटनामा परेर मृत्यु भएको सो प्रान्तका प्रान्तीय अधिकारीले स्थानीय मिडियालाई जानकारी दिएका हुन् ।

यो भन्दा अगाडि सन २००२ सालमा ज्वालामुखी बिस्फोट हुदा २५० जना मानीसको मृत्यु भएको थियो भने १ लाख २० हजार मानिस घरबारहिन भएका थिए । त्यस बेला बगेको लाभाको भेल गोमा एयरपोर्टलाई ध्वस्त पार्दै किभु पोखरी नजिक सम्म पुगेको थियो ।

कङ्गोको गोमा भन्ने इलाकाको जनसंख्या करिब ६ लाख ७० हजार रहेको छ जहाँ १७० जना भन्दा बढी बालबालिका हराइरहेका छ्न भने करिब १५० जनाले आफ्नो परिवार संग छुटिनु परेको छ युएनको रिपोर्ट अनुसार ।

गोमाको सिमान्त क्षेत्रमा रहेको बुहेने जिल्ला सम्म लाभा बहेर रोकिएको छ। ५०० भन्दा बढी घर तथा ठुला भवन पुरिएको अवस्था छ जसलाई पुन निर्माण गर्न महिनौ लाग्नेछ ।

वास्तवमा माउन्ट निरगोगो ज्वालामुखी संसार कै सक्रिय मध्ये एकमा पर्दछ। सन १९७७  जनवरीमा क्र्याटरको भित्तामा प्वाल परी लाभाको भेल बग्दा ६०० जना भन्दा बढीले ज्यान गुमाएका थिए ।

झन्डै दुई दशकपछि गत शनिबार राती ज्वाला मुखी विस्फोट भएकै रात करिब ५ हजार मानिस रुवाण्डाको सिमा क्षेत्रमा विस्थापित भएका थिए भने करिब २५ हजार मानिस मानिसले उत्तरपश्चिममा पर्ने साके इलाकामा शरण लिन पुगेकाछ्न।

यो ज्वालामुखी कहिलेबाट  बिस्फोट हुन थालेको बारे यकिन साथ भन्न सकिने स्थिति नभए पनि  सन १८८२ बाट कम्तीमा ३४ चोटि बिस्फोट भएको इतिहास छ। यसको मुखमा हुने खाल्डोमा वर्षौंसम्म उम्लिरहेको अवस्थामा लाभा को पोखरी बस्तथ्यो। सन १९४८ मा आएर त यो एउटा लाभा लेक ( लाभाले बनेको कुण्ड ) नै भएको पुष्टि भयो। त्यसबेला यो पोखरीको परिधि आकार करिब १ लाख २० हजार स्क्वायर मिटर थियो ।

२०२० तिर यो लाभा कुण्ड यसको पिँधमा मुनि सिमित भएर बसेको थियो । ज्वालामुखीले बनाएको यसको मुल  खाल्डो २५० मिटर गहिरो र २ किलोमीटर फराकिलो रहेकोछ। बास्तबमा बारातु र शाहेरु नामक दुई वटा पुरानो ज्वालामुखी एक आपसमा खप्टिएर यो बनिएको हो र यसका वरिपरि सयौं साना भोल्क्यानोका सिलिन्डरहरु बसेकाछ्न।

दुई वटा अफ्रिकी प्लेट एक आपसमा चर्किएर फाट्ने क्रममा यहाँ ज्वालामुखिय क्रियाकलाप घट्ने गर्दछ। यस स्थानबाट  निस्कने लाभा प्राय तरल हुने गर्दछ। निरागोगोबाट बग्ने लाभा ओरालोमा प्रति घन्टा ६० माइलको दरले दौडदछ। सिलिकाको मात्रा कम हुने भएकोले यो छिटो बगेको हो।

तपाईको प्रतिक्रिया