-क्रान्ति सुब्बा ।

हङकङमा कोरोनाभाइरस हुल बाँधेर चौथो चोटि सेप्टेम्बरको अन्त तिर आयो । कोरोनाभाइरसलाई नियन्त्रण गर्न हङकङ सरकार सचेतपुर्वक लागेको हो प्रारम्भबाट नै।सन २००३ सालमा आएको सार्स रोगले दिएको मानव क्षतिबाट हङकङले उचित पाठ सिकेको नतिजा हुनु पर्दछ यो। अन्य देशको तुलनामा हङकङले कोभिड महामारीलाई राम्रो तरिकाले नै नियन्त्रण तथा व्यवस्थापन गरेको कुरा स्थापित नै छ। तथापि जतिसुकै होशियारी अपनाएता पनि यो भाइरसको म्युटेसन र सजिव रहने क्षमता उच्च रहेकोले कतै न कतैबाट यो भाइरस कुनै पनि भूगोलमा मानवमार्फत गैहाल्छ। यो भाइरसको ठुलो खुबी भनेको मानिसको शरीर भित्र विद्यमान रहेता पनि यसले आफ्नो उपस्थिति दर्साउने कुनै स्पष्ट लक्षण देखाउदैन यति सम्म कि कोरोना टेस्ट गर्ने उपकरणलाई समेत छ्ल्न यो सफल भैरहेको छ।

हङकङ आउनु पुर्व कुनै पनि यात्री कोरोना नेगेटिभ प्रमाणित भएर नै आएका हुन्छ्न तर हङकङमा टेस्ट गर्दा पोजिटिभ देखिन्छ्न । क्वारेन्टाइनबाट नेगेटिभ भै बाहिरिएता पनि त्यो मानिसभित्र भाइरस हुदैन नै भन्ने सुनिश्चित हुदैन । किनकि यो भाइरस यति चलाख छ कि यसले आफुलाइ न त बैज्ञानिक उपकरण अगाडि प्रस्तुत नै गर्दछ न त रुघाखोकी मार्फत आफुलाइ प्रकट नै गर्दछ। यस मानेमा प्रत्येक मानिस भित्र कोरोना भाइरस बसेको हुन्छ भन्न सकिन्छ । यस मानेमा कोरोना भाइरस जैविक हतियार हो पनि भन्न सकिन्छ। वयोवृद्ध , दीर्घ रोगी र रोग प्रतिरोधात्मक शक्ति कमजोर भएका जोकोही लाई यो भाइरसले सजिलो संग स्वर्ग लाँदछ। विश्वको जनसंख्या घटाउने महाषड्यन्त्र अनुरुप काम नलाग्ने जनशक्ति जस्तै बुडाखाडा, पिण्ड रोगी , रोग संग लड्न नसक्नेहरुलाइ कत्लेआम गर्ने महागुरु योजना अन्तर्गत यो मानव निर्मित भाइरस छोडिएको हुन सक्ने विश्लेषण संसारका केही थिन्क ट्याङ्कहरुले गर्ने गर्दछ्न। राष्ट्रपति ट्रम्पले यसलाई चाइनिज भाइरस भन्नुको तात्विक कारण पनि यो भाइरस प्राकृतिक होइन मानव निर्मित हो भन्ने बुझिन्छ। यस विषयमा छुट्टै चर्चा गर्न सकिन्छ ।

कोभिड- १९ ले इतिहासमा पहिलो चोटि सभ्यता र वैज्ञानिक उपलब्धिको उपल्लो स्तरमा पुगेको मानव अहंकारमाथि यति ठुलो दबाब सिर्जना गरिदियो कि अहिलेसम्म जोहो गरेर राखेको कथित श्रेष्ठ प्राणीको दंभलाइ धुजा बनाइ दियो। हजारौं वर्ष लगाएर आर्जन गरेको मानव श्रेष्ठताको शाख एकै झट्कामा सोत्तर बनाइनु या हुनुले एउटा नवीन चेतको प्रादुर्भावलाई संकेत गर्दछ। पुरानो त्रीआयामिक बुझाइ अर्थात अल्पज्ञानलाई नै पुर्ण ज्ञान ठानेर आर्टिफिसिएल इन्टेलिजेन्सलाई सर्वथा ठानी मानीसले आफैलाई इश्वर बनाउन थालेपछि यो जाबो भाइरसले बडेमानको भुमिका पायो।जाबो भाइरसको दयामा बाँच्नु पर्ने थुइक्क यो जिन्दगी ।

दस वर्ष लाग्ने भ्याक्सिन १० महिनामा तयार गर्नु पर्ने महादवाव मानिसलाई यस पटक परयो। भ्याक्सिन बनाउदा पहिला प्रयोग नभएको एम आर एन ए (mRNA) प्रबिधि पनि प्रयोग गरियो।

संसारका सबै देशहरू अहिले आफ्नो नागरिकलाई कसरी यथासमयमा खोप उपलब्ध गराउने भन्ने कुरामा लागि परेकाछ्न। विश्व स्वास्थ संगठन पनि कसरी सबैको पहुँचमा कोभिड खोप पुर्याउने भन्ने कुरामा चिन्तित छ। हङकङ सरकार ले भने आउने जनवरी भित्र आउने गरि हङकङ नागरिकको लागि भ्याक्सिनको सौदा गरिसकेको कुरा सरकार प्रमुख कारी लामले फुकुवा गरिसकेकिछिन डिसेम्बर ११ तारिख।

हङकङ सरकारको निशुल्क खोप वितरण गर्ने परियोजना अन्तर्गत खोप पाउने प्राथमिकताको पहिलो सुचीमा वयोवृद्ध तथा स्वास्थकर्मीहरु रहेकाछ्न।

सरकारले एक करोड पचास लाख (१५ मिलियन ) सट जम्मा दुइटा निर्माण कम्पनीबाट अग्रिम सौदा गरिसकेको छ। बेजिङको साइनोभ्याक बायोटेक कम्पनीबाट हङकङ सरकारले पचहत्तर लाख थान खोप खरिद गरेकोछ जसबाट १० लाख थान चाहिँ जनवरीमा आउने भएकोछ।

हङकङले फाइजर/ बायो एन टेक कम्पनीबाट पनि ७५ लाख सट भ्याक्सिन खरिद गरेकोछ जस मध्ये १० लाख भ्याक्सिन चाहिँ मार्च तिर आउने कुरा छ।

राज्य प्रमुख कारी लामले अर्को वर्ष सरकारले वृहत खोप वितरण परियोजना परिचालन गर्ने कुरा गरेकी छिन।पहिलो चरणमा भ्याक्सिन पाउनेहरुमा स्वास्थकर्मी ,वयोवृद्ध ,दिर्घरोगी र नर्सिङ होममा काम गर्ने केयरगिभरको रूपमा काम गर्नेहरु पर्दछ्न। हङकङको ७५ लाख जनसंख्या मध्ये करिब तीस लाख जनसंख्या उक्त समूहले आगटेको छ।

“हङकङ नागरिकलाई निशुल्क भ्याक्सिन वितरण गरिनेछ फल स्वरुप जनजीवन यथाशीघ्र सामान्य हुनेछ। व्यापार व्यवसाय तथा सिमामा आवतजावत गर्ने कार्य पनि विस्तारै सामान्य हुनेछ।” लामले भनिन् ।

अस्ट्राजेनेका कम्पनीबाट पनि हङकङले भ्याक्सिन खरिद गर्ने योजना बनाएकोछ।

चिनियाँ कम्पनी साइनो बायोटेक कम्पनीबाट उत्पादित भ्याक्सिन तेस्रो चरणको अन्तिम परिक्षणमा गएको दस्तावेज प्रकाशित भैनसकेको कारण यो भ्याक्सिन किन्नु उचित हुन्न भनेर सेन्टर फर हेल्थ प्रोटेक्सन हङकङको मातहतमा रहेको बैज्ञानिक कमिटीका केहि सदस्यले आपत्ति जनाएको कुरा स्थानीय दैनिक एपल डेलिले लेखेकोछ। तर यो कुरा भ्याक्सिन खरिदको कुरालाई राजनीतिकरण गर्ने तत्वहरुको हल्ला मात्र हो भनेर कारी लामले खण्डन गरिसकेकीछिन।

जेहोस अन्ततः भ्यासिन उत्पादनले सबै गोलार्धको मानवलाई शान्तिको सास फेर्ने अवसर मिलेकोछ।अब यसको सर्वत्र वितरण र व्यवस्थापनको चुनौती मात्र बाकी रहयो। वास्तवमा विश्वका सबै मानिसलाई पुग्ने परिमाणमा भ्याक्सिन उत्पादन भएको छैन। अहिलेको खोप भनेको अत्यन्तै जरुरी जनसंख्याको निम्ति हो। जनही दुई थान खोप उत्पादन गरेर तत इलाकामा पुरयाउनु कम्तीमा पनि एक महीनाको अन्तराल चाहिन्छ। जति धेरै खोप एप्रुभ हुन्छ तेति छिटो सर्वसाधारणले खोप पाउने स्थिति छ।

स्मरणीय कुरा के छ भने पहिलो खोप रोग प्रतिरोधात्मक शक्ति शरीरमा उत्पादन गर्नको लागि हो भने दोस्रो डोज उक्त शक्तिलाई सशक्तीकरण गर्नको निम्ति तीन हप्ताको अन्तरमा दिइने डोज हो।

खोपलाइ काम गर्न कति समय लाग्छ?

फाइजर बायोएन्टेक उत्पादित खोपको हकमा भने दोस्रो डोज लाएको करिब एक हप्ता पछि मात्रै तपाईं पुर्ण रूपमा सुरक्षित हुनु हुन्छ । अनुसन्धाताका अनुसार पहिलो खोप हानेको दस दिन पछि यसले तपाईलाई रक्षा गर्न थाल्दछ तर केवल ५२ प्रतिशत मात्रै । तर दोस्रो डोजले भने हानेको एक हप्तापछि भने ९५ प्रतिशतको हिसाबले भाइरसबाट तपाईंको वचाउ गर्दछ।

कोभिड-१९ महामारीलाई भ्याक्सिन मार्फत मानिसले जित्ने कुरालाई यसको अभ्यासले दिने परिणामले निर्क्योल गर्दछ। जसलाई प्रतीक्षा गर्नुको विकल्प छैन। हालमा प्रत्येकले कोरोनाभाइरस विरुद्धको खोपलाई धर्यपुर्वक पर्खनु अर्को निर्विकल्प विकल्प बनेकोछ।तेतिन्जेल बाँचियो भने उसको मरण नै यसरी हुने कुरा भावीले लेखेको थियोे भन्ने छैनन हामी मरिसकेपछी कसैले।

भाग्यवाद एउटा खुकुलो ब्याख्या हो जिवनलाइ अर्थ्याउने। तर मानिस भाग्यवाद भित्रको एउटा स्वायत्त प्राणी भएको कारणले उसको आत्मनिर्णयको सर्वोच्च महत्त्व हुने गर्दछ उसको प्रत्येक भोगाइ र उसको मरणमा। भाग्यवाद अन्तर्गत बिधाताले जीवन दिएको भएता पनि यसको प्रयोगको सर्वाधिकार प्राधिकार मानिसमा सुरक्षीत गरिएको छ कसैले माने पनि एत्रैसीत भने पनि । आगे तपाईंको इच्छा।

तपाईको प्रतिक्रिया