बिरेन सुब्बा – धरान । प्लस टु सकेर एयरहोस्टेज ट्रेनिङमा लागेकी रुक्सा आचार्य हेटौडा निवासी हुन तर उनलाई आफ्नो मावली घर धरानमा बस्न प्यारो लाग्छ।

स्वाभावले केहि लजावती भान भएता पनि चिनजान भएपछि खुलेर बोल्ने रुक्साले ” भाग्यले त तिमीलाई रोज्यो ” गीतको बोलमा मोडलिङ गरेसकेकी छिन भने मिस पुर्वान्चल 2016(Miss Purwanchal 2016) मा पनि सहभागी जनाइसकेकी छिन।

मोडलिङलाई सौखको रूपमा लिने रुक्सा आचार्य अहिले २४ औं वसन्तमा हिड्दै छिन । ५.५ इन्च अग्ली र ३३x२३x३६ शारीरिक वनावटले सजीएकी छिन ।

फुर्सदको बेला टिकटक बनाउन खुब मनपराउने रुक्सालाई प्रेम गर्नु भएको छ कि छैन भन्ने प्रश्नमा उनी मुसुक्क हाँस्दै भन्छीन् – ” प्रेम भनेर सोचेर गर्ने कुरा होइन रहेछ । यो कतिबेला बस्छ कुनै छनक नै नपाइदो रहेछ।”

अहिले देशमा जातिय पहिचानका कुराहरु उठिरहेको छ यस्तो कुरा कस्तो लाग्छ ?

” मलाई जातभात पट्टि कुनै इन्ट्रेस्ट छैन । किनकी मेरो आमा मोक्तान हो भने बाबा आचार्य हुनु हुन्छ । तर जातीवादको कुरा उठेको पटक्कै मनपर्दैन । सबै जातको बराबर सम्मान चाहिँ हुनु पर्छ। ”

फोटो : देवेन्द्र लिम्बु ( जीवन ) / बिरेन सुब्बा

तपाईको प्रतिक्रिया