काठमाण्डौं ।
नेपाली लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका भावना उपाध्यय र गायक अर्जुन पन्तको आवाजमा रहेको ”अपाङ्ग” गीतको भिडियो सार्वजनिक भएको छ ।

शारिरिक रुपमा ”अपाङ्ग” भएपनी जिवनमा हजारौ प्रेरणादायिक काम गर्नको लागी आफु तयार रहेको कुरा गायिका भावनाले गीत मार्फत ब्यक्त गरिएको छ । अपाङ्गता भएका कारण समाजको अपहेलना र तिरस्कार भोग्नुपर्दाको पिडालाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ । अर्जुन पन्तको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

नविन गिरीको छायाँकन , निरन्जन केसीको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । ”अपाङ्ग”गीतको भिडियोमा भावना , पुर्ण , सवनम , सन्ध्याको अभियन रहेको छ ।

”अपाङ्ग” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया