काठमाण्डौं
नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका रचना रिमालको आवाजमा रहेको ”छाडी जाने निष्ठुरीको”गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेम र रोदनलाई गीतमा कलात्मक एवम आकर्षक रुपमा समेटिएको छ । अमेरिकामा रहेर पनी नेपाली सुगम संगीतमा निरन्तर साधनारत गीतकार हरि उप्रेतीको शब्द तथा विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतको एरेन्ज सन्जय हमालले गरेका छन । ज्ञानु राईको छायाँकन तथा प्रवल दिप विश्वासको सम्पादन भिडियोमा रहेको छ ।

”छाडी जाने निष्ठुरीको” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://youtu.be/LjRV2Q58vYs

तपाईको प्रतिक्रिया