एकसय कलाकारसहितको पालाम “खेदा” सार्वजनिक
काठमाडौं । लिम्बू समुदायको सांस्कृतिक पहिचान बोकेको पालाम गाउँघरमा लोपोन्मुख हुने अवस्थामा रहेपनि आजकल विभिन्न लिम्बू समुदायका कलाकारहरुले धमाधम पालामलाई भिडियोकै रुपमा निकाल्ने लहर चलेको छ। भर्खर मात्र यहि शृंखलामा झण्डै एक सय कलाकारलाई समेटेर दुई दिन लगाई शुटिंग गरिएको नयाँ पालाम भाका “खेदा” रुबुशा च्यानलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

लिम्बू समुदायको विवाह संस्कार समेटेर तयार पारिएको लिम्बुभाषाको छोटो म्युजिकल फिल्म ” खेदा ” मा यो पालाम समावेश गरिएको निर्देशक लोकेन साँवा लिम्बूले बताए । उक्त फिल्म पनि चांडै नै सार्वजनिक गरिने निर्देशक साँवाले बताए।
यस पालाममा चर्चित कलाकारहरु मनु नेम्बाङ, भीम लिम्बू, रुकमान लिम्बू, दिवश पयाँगु, निरन्ता नेम्बाङ, दीपा सुहाङ र रोजिना थेगिमको स्वर रहेको छ । नेम खापुङको शब्द र सुमन लिम्बूको लय रहेको छ । यस भिडियोका लागि तेह्रथुमे ढाका बुटिक, याक्थुङ सेमी कलेक्शन र माङ्गेना ढाका पसलले पहिरन तयार गरेका छन् ।

म्युजिक भिडियो लिंक :

तपाईको प्रतिक्रिया