८ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा ।

कोभिड विरुद्धको खोपले एकातिर मानव समुदायलाई सुरक्षाको अनुभुति दिइरहेको छ भने अर्कोतिर भाइरसको बदलिँदो डेल्टा  लगायतका भेरिएन्टले मानव तनावको ग्राफलाइ बढाइदिरहेछ। हङकङमा पनि १०० भन्दा बढी डेल्टा भेरिएन्टका पुष्टि केस रहेका छ्न। चाइनिज  युनिभर्सिटी हङकङका स्वासप्रस्वास बिभाग प्रमुख तथा हङकङ सरकारका एक्सपर्ट कन्सल्टेन्ट डेभिड हुइले संसारभर फैलिएको भाइरसको डेल्टा भेरिएन्टले कोभिड -१९ खोपको प्रभावकारितामा ह्रास ल्याइदिएको कुरा औल्याएकाछ्न। यद्यपि यस्तो कृटिकल अवस्थामा पनि हङकङले आफ्नो सिमा खुला गर्ने भएकोछ।
भोलि अर्थात अगस्ट ९ तारीख सोमबारबाट हङकङ सरकारले पुर्ण खोप लगाएका आफ्ना नागरिक अर्थात हङकङ रेसिडेन्ट -जो  उच्च जोखिमपूर्ण एरियामा अड्किएकाछ्न-लाई हङकङ प्रवेश गर्न दिने भएकोछ। मध्यम र न्यून जोखिम रहेको देशबाट  भने पर्यटकहरु पनि हङकङ घुम्न आउन सक्दछ्न। आगन्तुकको शरीरमा रोग प्रतिरोधक तत्व (antibody) भेटिएमा क्वारेन्टाइन अवधि छोटिन सक्ने कुरा पनि जनाइएको छ।
बिधान परिषदकि  सदस्य एलिजाबेथ क्वातले हङकङ सरकारले  अपनाएको  महामारी निवारण प्रयत्न अपेक्षा गरे अनुरुप असल नभएको र सरसफाइ बारे जनसमुदायमा चालिएको सचेतना अभियान पनि यथेष्ट  नभएको टिप्पणी गरेकिछिन। गैरकानुनी रुपमा अहिले पनि बारहरु चलिरहेछ्न र यस्तै हो भने पाँचौ लहर पनि आउन सक्दछ उनले भनिन।
हङकङ सरकारले आरम्भमा  “ABCD”  भनेर  जोखिमयुक्त स्थानको वर्गीकरण गरेको थियो र पछि त्यसैलाई ” उच्च , मध्यम र न्यून ” जोखिम युक्त भनेर नामाकरण गरेको थियोे । अति उच्च जोखिम युक्त स्थानमा दरिएका मुलुकबाट हङकङ प्रवेश गर्न चाहने सबैलाई यो भन्दा अगाडि रोक लगाइएको थियो । तर भोलिबाट भने ती अति उच्च जोखिम युक्त एरियालाई उच्च जोखिमयुक्त एरियामा गाभिने भएकोछ। यसर्थमा पुर्ण अर्थात दुबै मात्रा खोप लगाइसकेका हङकङ नागरिकले उच्च जोखिमयुक्त स्थानमा भएता पनि हङकङ प्रवेश गर्न सक्दछ्न। तर हङकङ प्रवेश गरिसके पछिको क्वारेन्टाइन अवधि भने २१ दिन नै रहनेछ। र उच्च जोखिम युक्त स्थानबाट  हङकङ प्रवेश गर्न चाहने पर्यटकलाई भने प्रवेश निशेध नै छ।
उच्च जोखिमयुक्त स्थानमा परेका देशहरू हुन – ब्राजिल , इन्डिया ,इन्डोनेसिया ,आयरल्यान्ड,नेपाल ,पाकिस्तान ,फिलिपिन्स ,रशिया,साउथ अफ्रीका र युके।

मध्यम जोखिमपूर्ण एरियाको हकमा भने दुबै डोज भ्याक्सिन लगाएका हङकङ रेसिडेन्ट र गैर हङकङ रेसिडेन्टलाई प्रवेश खुला गरिएकोछ। दुबै मात्रा खोप लगाएकाले १४ दिन क्वारेन्टाइन बस्नु पर्दछ भने खोप नलगाएकाले २१ दिन क्वारेन्टाइन बस्नु पर्दछ।

मध्यम जोखिमयुक्त स्थानमा परेका देशहरू हुन -चीन बाहिरका कुनै पनि देश जुन उच्च र न्यून जोखिमयुक्त स्थानमा पर्दैन जस्तै अमेरिका, सिङ्गापुर , क्यानाडा , जर्मनी र जापान

न्यून जोखिमपूर्ण एरियाबाट हङकङ प्रवेश गरेकाले दुबै मात्रा खोप लगाएका छ्न भने ७ दिन र खोप नलगाएकाले १४ दिन क्वारेन्टाइन बस्नु पर्नेछ।

न्यून जोखिमयुक्त स्थानमा परेका देशहरू हुन – अष्ट्रेलिया र न्युजिल्यान्ड

जुलाई ३१ सम्मको तथ्यांक अनुसार जम्मा ४८९ वटा भाइरसको शंकास्पद  भेरिएन्ट स्ट्रेन भएका केसहरु दर्ज हङकङमा  भएकाछ्न जस मध्ये १०८ वटा केस भाइरसको डेल्टा भेरिएन्टसंग संबंधित रहेको पुष्टि भएकोछ। विश्वव्यापी डेल्टा भेरिएन्ट फैलिने क्रममा मुलभुमी चीन र मकाउसम्म आइसकेको कुरा डेभिड हुइले बताए। मध्यम र न्यून रिस्क एरियाबाट आउने गैर हङकङबासी  मानिसहरुको लागि प्रवेश खुकुलो पार्दा हुने जोखिमप्रती सरकार सजग रहनु पर्ने कुरामाथी थप ध्यान दिन सरकारलाई हुइले अनुरोध गरे।

अर्का स्वासप्रस्वास प्रणालीविद ल्यङ चि चिउले  यो डेल्टा भेरिएन्ट केही महिनाको अन्तरालमा नै मुलधारको भेरिएन्ट हुन सफल भएको बताए। यस भाइरसमा निहित उच्च संक्रामक क्षमता , भाइरल लोड(भाइरस अणुको संख्या ) उच्च हुनु र इन्क्युबेसन अबधि (ओथ्रा बस्ने समय अधिकतम ३ दिन) कम हुनुले नै यस भाइरसलाई शक्तिशाली बनाएको उनले भने। यो भाइरस एकै पटकमा ५ देखी ८ व्यक्ति मा सर्दछ। जबकी पहिलाको भाइरसलाई ३ देखि ४ जनामा सर्न ५ देखि ६ दिन लाग्दथ्यो। ल्यङको भनाइ अनुसार डेल्टा भेरिएन्टले भ्याक्सिनको असरलाई निस्तेज पारेर संक्रमण गराउदछ। यसका अलावा अहिले साउथ कोरियामा डेल्टा प्लस र पेरुमा लाम्बडा भन्ने भाइरसको नयाँ भेरिएन्ट पनि देखा परेकोछ। ल्यङको भनाइ अनुसार यी दुई नयाँ भाइरसको संक्रमण क्षमता अहिले देखि सकिएको छैन। अहिले कोभिड भ्याक्सिनले पनि  भाइरसको परिवर्तित स्वरुपसंग कुसलपुर्वक लडन सकिरहेको छैन। आयातित केसहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा हङकङ सरकार आफै अलमलमा परेको अवस्था छ । त्यसकारण नागरिकहरु आफै चनाखो रहनु पर्ने अवस्था छ ल्यङले भने।

तपाईको प्रतिक्रिया