२० अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ सरकारले १७ तारीख मंगलबार कोभिड- १९ संबंधी नियम थप कडा गर्ने निर्णय गरेपछि अब पुर्ण खोप ग्रहण गरेका  मध्यम जोखिम क्षेत्रबाट हङकङ प्रवेश गर्ने    यात्रीले कम्तीमा १४ दिन अनिवार्य क्वारेन्टाइन र कोभिड परिक्षण तारन्तार गर्नु पर्ने अवस्था सिर्जना भएको छ।

पुर्ण मात्रा खोप लगाएका मानिस पनि अहिलेको डेल्टा भेरिएन्टद्वारा संक्रमित हुन थालेकाछ्न  र त्यस्ता भेरिएन्टबाट संक्रमित केस हङकङमा आयातित केसको रूपमा भित्रीन थालेपछि हङकङले अहोरात्र खटिएर आर्जन गरेको शुन्य सामुदायिक संक्रमण टुट्ने भय सिर्जना भयो । त्यसैले विशेषज्ञहरुको सल्लाह अनुसार संक्रमण निवारण र  नियन्त्रण नितिमा आवश्यक कडाइ ल्याउनु परेको सरकारले बताएको छ।
बिशेषत अमेरिकाबाट हङकङ आएकी फरेन डोमेस्टिक हेल्परले आफ्नो सात दिने क्वारेन्टाइन अबधि सकिएपछि डेल्टा भेरिएन्ट L452R बाट संक्रमण भएको पाइएपछि सरकारले यस किसिमको संशोधन गर्नु परेको हो।
त्यसो त सबैभन्दा पछिल्लो स्थानीय तथ्यांक अनुसार पुर्ण खोप लाएर हङकङ भित्रीएका आयातित केस मध्ये १२ प्रतिशतमा हङकङ प्रवेश गरेको सातौ दिन पछि मात्र संक्रमण भएको फेला परेको थियो । जसमध्ये एकजनामा चाहिँ तेह्रौं दिनपछि मात्र समुदायमा घुलमिल भैसकेको स्थितिमा संक्रमित भएको पत्ता लागेको थियो ।

एन्टिबडी टेस्ट गर्दा पोजिटिभ आएकोले पनि अब उप्रान्त १४ दिन   क्वारेन्टाइन बस्नु पर्नेछ जब कि यो भन्दा अगाडि सात  दिन मात्र बस्नु पर्दथ्यो। भ्याक्सिन लगाइसकेको व्यक्तिमा भ्याक्सिनको प्रभाव कुन स्तरमा परेकोछ त्यो हेर्न एन्टिबडी अर्थात प्रतिरोधक तत्व चेक गरिन्छ। एन्टिबडी वा सेरोलोजी टेस्ट हङकङ आउने बित्तिकै गर्नु पर्दछ जसको समाप्ति म्याद तीन महिना हुने गर्दछ।
एन्टिबडी रिजल्ट पोजिटिभ आए पनि १४ दिने क्वारेन्टाइन  भोग्नु पर्ने नयाँ नियमबारे कार्यकारी प्रमुख क्यारी लामले १७ तारीखको प्रेस ब्रीफिङमा यसो भनिन-” यो कदमले कसैलाई असर पर्न गएकोमा म क्षमा चाहन्छु तर पनि सरि भन्ने स्थिति आउनु भन्दा सुरक्षित रहनु धेरै राम्रो हो।”

नयाँ करार अनुसार सेरोलोजी टेस्टको व्यवस्थालाई हङकङ सरकारले निलम्बन गरेको छ।

” सावधानी प्रक्रियामा त्रुटि ” देखीएपछी क्वारेन्टाइनको यस्तो निति अपनाउनु परेको कुरा क्यारी लामले भनेकी छिन।

यो नयाँ नियम अगस्ट  २० तारीख  शुक्रबार मध्य रातबाट कार्यान्वयन हुनेछ।

हङकङले उच्च जोखिम इलाका ( ग्रुप ए) को सुचीमा पहिला दस देशलाई मात्र समावेश गरेको थियो । ती देश हुन- ब्राजिल ,इन्डिया ,इन्डोनेसिया ,आयरल्यान्ड,नेपाल , पाकिस्तान ,फिलिपिन्स ,रशिया,साउथ अफ्रिका र युके।

अगस्ट २० तारीखबाट यो उच्च जोखिमयुक्त इलाकाको सुचीमा अरु १५ वटा देश थपिएका छ्न । ती हुन : बंगलादेश ,कम्बोडिया ,फ्रान्स ,ग्रीस,ईरान ,मलेसिया ,नेदरल्यान्ड ,स्पेन ,श्रीलंका , स्वीजरल्याण्ड, तान्जानिया,थाइल्यान्ड ,टर्की , युनाइटेड अरब इमिरेट्स र युनाइटेड स्टेट्स अफ अमेरिका ।
उल्लिखित  २५ वटा देशबाट फर्कने पुर्ण मात्रा खोप लगाएका हङकङ रेसिडेन्टलाइ हङकङ प्रवेश गर्नमा रोक लगाइएको छैन । र उनीहरुले पालना गर्नु पर्ने  अनिवार्य क्वारेन्टाइन अबधि  २१ दिन नै कायम रहेकोछ।
उनीहरुले लाउने खोपको हकमा भने खोप रेकर्ड हङकङ सरकारले उपलब्ध गराएको  वा विश्व स्वास्थ्य संगठनले सुचीकृत गरेको देशको आधिकारिक निकायले प्रदान गरेको वा मुलभुमी चीन वा मकाउको आधिकारिक अंगले प्रदान गरेको वा हङकङसंग द्विपक्षीय खोप रेकर्ड पहिचान संझौता (Bilateral vaccination record recognition agreement )भएको देशको आधिकारिक निकायले प्रदान गरेको हुनु पर्दछ।

हालै अपडेट गरिएको नियम अनुसार उच्च जोखिमबाट आएका यात्रीले आफ्नो क्वारेन्टाइन अवधि भरिमा गरिनु पर्ने पहिला तोकिएको भन्दा दुई वटा बढी कोभिड टेस्ट गर्नु पर्नेछ जसको अर्थ  कुल ६ पटक टेस्ट गर्नु पर्दछ । क्वारेन्टाइन अबधि समाप्त भएपछि उनिहरुले थप सात दिन स्व निगरानीमा बस्नु पर्नेछ। त्यसपछि हङकङ प्रवेश गरेको २६ दिन पुगेपछि कुनै एउटा कम्युनिटी टेस्टिङ सेन्टरमा गएर कोभिड परिक्षण गर्नु पर्नेछ।

मध्यम जोखिमयुक्त सुची (ग्रुप बी) अन्तर्गत चीन र ग्रुप ए र सी बाहेकका संसारका सबै देश पर्दछ्न। र अगस्ट २० तारीखबाट यो सुचीमा पहिला ग्रुप सीमा रहेको देश  अष्ट्रेलिया पनि  परेकोछ । यो ग्रुपमा परेका देशबाट  हङकङ आउने  हङकङ रेसिडेन्ट जसले खोप लगाएका छैनन उनिहरुले पनि अगस्ट २० तारीख  शुक्रबारबाट २१ दिन नै क्वारेन्टाइनमा व्यतीत गर्नु पर्नेछ । क्वारेन्टाइन बसेको अबधि भरमा उनिहरुले जम्मा ६ पटक कोभिड टेस्ट गर्नु पर्नेछ।

पुर्णतः खोप लगाएर मध्यम जोखिमपूर्ण देश ( ताइवान समेत) बाट हङकङ प्रवेश गर्ने यात्रुले दुई हप्ता क्वारेन्टाइनमा बस्नुपर्नेछ भने चार पटक कोभिड टेस्ट गर्नुपर्ने छ। क्वारेन्टाइन अबधि सकिएपछि निजले सात दिन स्व निगरानीमा बिताउनु पर्नेछ भने हङकङ प्रवेश १६औं र १९औं दिनमा कोभिड परिक्षण गर्नु पर्नेछ ।

न्यून जोखिमपूर्ण अन्तर्गत अगस्ट २० तारीख उप्रान्त  न्युजिल्यान्ड मात्रै रहेकोछ जहाँबाट हङकङ  पुर्ण खोप लगाएर हङकङ आएका यात्रुले पहिला तय भएको नियम अनुसार नै सात दिन क्वारेन्टाइन बस्नुपर्नेछ। तर पहिलाको भन्दा बढी चोटि टेस्ट गर्नु पर्दछ।


खोप ग्रहण नगरी न्युजिल्यान्डबाट हङकङ भित्रिएका आगन्तुकले १४ दिन क्वारेन्टाइन अबधि पार गर्नु पर्नेछ भने यो अवधिमा ४ पटक कोभिड टेस्ट गर्नुपर्ने छ पुर्ण खोप लगाएकाले २ चोटि मात्र टेस्ट व्यहोर्नुपर्नेछ।

मेनल्यान्ड चीन र मकाउबाट मान्यता प्राप्त सुइ लगाई हङकङ प्रवेश गर्ने यात्रुले पनि सात दिन क्वारेन्टाइन झेल्नु पर्दछ।


ग्रुप बी समुहमा परेका देश वा ताइवानबाट आउने खोप नलगाएका हङकङ रेसिडेन्ट र गैर रेसिडेन्टले नयाँ प्रावधान अनुसार २१ दिन क्वारेन्टाइनमा बस्नु पर्नेछ भने खोप लगाई आएका रेसिडेन्ट र गैर रेसिडेन्टले १४ दिन क्वारेन्टाइनमा बस्नु पर्नेछ।

न्युजिल्यान्डबाट भित्रिएका दुबै समुहले अनिवार्य क्वारेन्टाइन अबधि सिद्विएपछी  सात दिन स्व निगरानीमा  घरमै एकान्तवास बस्नुपर्ने छ। खोप नहानेका यात्रुले हङकङ छिरेको १६ औं र १९ औं दिनमा कोभिड टेस्ट गराउनु पर्दछ भने सुइ हानिसकेकाले हङकङ आएको  ९ औं , १२ औं , १६औं र १९औं दिनमा कोभिड टेस्ट गराउनु पर्दछ।

विमानस्थल कर्मचारी संक्रमण
हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको क्याथे प्यासिफिक प्रीमियम द वीङ भिआइपी बिजनेस लन्जमा काम गर्ने  तुन चुङ निवासी  कर्मचारी  एक ४७ वर्षीया वेट्रेस पदमा कार्यरत महिला डेल्टा स्ट्रेन ( L45R) बाट अगस्ट १७ तारीख  संक्रमित भएपछि संक्रामक रोग विशेषज्ञ जोसेफ ताङले ट्रान्जिटमा रहेका यात्रुलाई परिक्षण गरेको बेला विशेष ध्यान दिनु पर्ने कुरा गरेकाछन।
हङकङ स्वास्थ्य रक्षा केन्द्रले पनि ट्रान्जिटमा रहेका यात्रुहरुबाट नै उनलाई भाइरस सरेको शंका गरेको थियो । किनकि उनको काम नै आगन्तुकलाई लन्जमा स्वागत गर्नु र भोजन वितरण गर्नु रहेको थियो ।
चाइनिज युनिभर्सिटी हङकङ स्वासप्रस्वास विभागका चेयर प्रोफेसरले डेभिड हुइले पनि उनी ट्रान्जिट प्यासेन्जरबाट नै संक्रमित भएको कुरा गरेकाछ्न १९ तारीखको एक रेडियो कार्यक्रममा । उनले संभव हुन्छ भने फरक रिस्क एरियाबाट आएका यात्रीहरुलाई लन्ज एरियामा फरक फरक स्थानमा बसाउने सुझाव दिएकाछ्न । विमानस्थल र क्वारेन्टाइन होटेलका कर्मचारीहरु उच्च जोखिम समुहमा पर्ने भएकोले सबैले खोप लाउनु पर्ने कुरामा उनले जोड दिए।

पोलिटेक्निक युनिभर्सिटीको टिमले भने बेलायती ट्रान्जिट यात्रुबाट संक्रमित भएको हुनसक्ने निष्कर्ष निकालेका छ्न। अगस्ट १९ तारीखको एउटा रेडियोमा बोल्ने क्रममा रिसर्च टिमका एक सदस्य एसोसिएट प्रोफेसर गिल्मेन सिउ कीट- हाङले भने  विगत २१ दिन यता डेल्टा भेरिएन्ट बोकेका ५०,००० वटा केससंग  लन्ज केसलाई तुलना गरेर जीन सिक्वेन्सिङ  गर्दा  यसको स्वरुप डेनमार्क र युकेमा  पहिलो चरणमा भेटिएको १०० केससंग मेला खायो ।

आजको हङकङ कोरोना केस
अगस्ट २० तारीख हङकङमा २ वटा आयातित केस एक जना जर्मनी र एकजना रशियाबाट आएका फेला परेकाछ्न।
दुबै जना उच्च संक्रमण क्षमता बोकेको डेल्टा प्रजातीबाट संक्रमित हुन।
हङकङ स्वास्थ बिभागले दिएको जानकारी अनुसार एकजना संक्रमित रोगी जर्मनीबाट फर्किएका५३ वर्षका पुरुष हुन जसले बायोएन्टेक भ्याक्सिनको दुबै डोज अप्रील र मे महिनामा हङकङमा लगाएका थिए । जुलाई १३ मा उनको एन्टिबडी पनि  पोजिटिभ आएको थियो ।

अर्का रोगी हुन ३० वर्षकि रशियाबाट आएकी जसले गत महिना स्पुतनिक भी भ्याक्सिन मस्कोमा लगाएकी थिइन । दुबै जना रोगी लक्षणबिहिन थिए ।
अगस्ट ६ देखि १९ सम्मको दुई हप्तामा हङकङमा जम्मा ४५ केस देखा परेका छ्न। जसमा अज्ञात स्रोतवाला एक लोकल केस र आयातित केस संग संबंधित एक केस छ्न भने बाकी सबै आयातित रहेकाछ्न।

हङकङको कुल कोभिड संक्रमित केस: १२,०४९

तपाईको प्रतिक्रिया