काठमाडौं । हाँसोको दुनियाँमा धेरैको मन मस्तिष्कमा बस्न सफल लोकप्रिय हास्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको आज जन्मदिन । उनको जन्मदिनको अवसरमा दीपाश्रीका नजिकका साथी, सहयात्री कलाकार, निर्देशक तथा निर्माता दीपकराज गिरीले आज बिहानै सामाजिक सञ्जालमार्फत शुभकामना ब्यक्त गरेका छन । दीपालाई शुभकामना दिँदै दिपकले ३० वर्ष अगाडिको कुरा समेत खोलेका छन।

गिरीले सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस पोष्ट गर्दै भनेका छन्, ‘त्यहि समय रेडियो नेपालमा एकदिन उनि संग मेरो भेट भयो, त्यो भेट बिस्तारै सहकार्यमा बदलियो, “राम बिलास धनियॉ “ ५ वर्ष , “तीतो सत्य” १२ वर्ष विभिन्न चलचित्रहरू १० वर्ष गर्दै आज म यहाँ आइपुगेको छु ।’

उनले अगाडि भनेका छन्, ‘जस्ले जे भनोस उनी संसारकै सबैभन्दा जाती छिन्, मेरो एउटा साथी छिन् ….।’

तपाईको प्रतिक्रिया