न्युयोर्क । अमेरिकी नेपालीको हितमा खोलिएका संस्थाहरु क्रमशः नेपाल आदिवासी जनजाति महासंघ अमेरिका( अध्यक्ष लोक चेम्जोङ), प्रवासी नेपाली मंच अमेरिका ,न्युयोर्क ( अध्यक्ष अर्जुन सिंह ), नेपाली समाज अमेरिका(अध्यक्ष समीर महर्जन ), प्रवासी नेपाली समाज अमेरिका ( अध्यक्ष रुद्र राउत) ले नेपाली महावाणिज्यदूतावास न्युयोर्क विरुद्धमा संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ।

राजनीतिक पुर्वाग्रह स्पष्ट झल्किने दूतावासद्वारा जारी पोष्टर


नेपाल सरकारको प्रतिनिधि भएपछि सबै नेपालीको लाभको लागि दत्तचित्त भएर कर्तव्य निभाउनु पर्नेमा उल्टै नेपाली बीच नै फाटो ल्याउने काम दूतावासले गरेको आरोप विज्ञप्तिमा लगाइएको छ।
संयुक्त राष्ट्र संघको महासभामा प्रतिनिधित्व गरेर गएका परराष्ट्रमन्त्री नारायण खड्कासंग नेपालीहरुको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दा दूतावासले एउटा निश्चित राजनितिक दलको भातृसंगठनलाई मात्र बोलाएर कार्यक्रम गरेपछि कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमको नेपालीलाई फुटाउने नियत भएको स्पष्ट देखिन्छ र यस्तो रवैया आपत्तिजनक रहेको कुरा जनाइएको छ।

२६ तारीख आइतबार जारी प्रेस विज्ञप्तिको पुर्ण पाठ

तपाईको प्रतिक्रिया