हङकङकि कार्यकारी प्रमुख क्यारी लामले आफ्नो कार्यकालको अन्तिम “पोलिसी एड्रेस” बिधान सभाको बैठकमा  अक्टोबर ६ तारीख बुधबार बिहानको ११बजे वाचन गरेकी थिइन । उक्त हङकङ सरकारको वार्षिक नीति तथा कार्यक्रम २०२१ को नेपाली भावानुवाद यहाँ राखिएको छ। यस अंकमा भाग -१ भनेर भुमिकाको अंशलाई मात्र  राखिएको  छ । वक्तव्यको पुर्ण अंश नै क्रमशः राख्ने जानकारी गराउदछु – संपादक क्रान्ति सुब्बा

अध्यक्ष महोदय, माननीय सदस्यहरु तथा जनसमुदाय 

(क) पाक्कथन : एउटा नयाँ युग

१.आज म आफ्नो कार्यकालको पाचौं  वार्षिक निति  प्रस्तुत गर्दै छु।   विशेष प्रशासनिक क्षेत्र (HKSAR)  हङकङ सरकारको पाँच वर्षीय  कार्यकालको यो अंतिम सम्बोधन पनि हो। यद्यपि  म र मेरो   टीमले बडो  महत्वका साथ वार्षिक निति तयार पारेका छ । यसक्रममा मैले व्यक्तिगत रूपमा  ४० वटा अनलाइन र  अफलाइन परामर्श सत्रको अध्यक्षता गरेकी छु,लाइव कार्यक्रमहरुमा  भाग लिएको छु । र स्कूल परिसरमा भ्रमण गरेको छु । समुदायका विभिन्न क्षेत्रका  ३,५०० भन्दा  अधिक नागरिक सदस्यहरु संग   बैठक  बसेको छु । संयोगवस , विभिन्न सत्रमा सहभागी कतिपय वक्ताले मेरो  जस्तै  विचार व्यक्त गरेको पाएँ। विशेष गरि जनवादी गणतन्त्र चीनले हङकङको राष्ट्रिय सुरक्षा कानुनको रक्षार्थ उठाएको कदम र निर्वाचन ऐनमा ल्याएको सुधारले नयाँ युगको सुत्रपात गरेको छ। त्यसकारण समयको यो मोडबाट  हामीले पनि नयाँ शिराबाट दृढ निस्चयका साथ हङकङको उज्यालो भविष्यको लागि योजनाबद्ध ढंगले अगाडि बढ्नु परेको छ।

२. तथापि  अहिलेको यो अनुकुल समय  त्यति सजिलो ढंगले आएको भने पक्कै  होइन भन्ने कुरा हामीले बिर्सनु हुन्न। दुई  साल पहिले यही अवसरमा  विधान परिषदको हलमा तोडफोड भएको थियो । सबै कुरा अबरुद्ध भएका थिए  । चाइना विरोधीहरुले त्यस्तो तमासा देखाएका थिए ।  हङकङभरी  अराजकता पैदा गरेर राज्य सत्ता नै हत्याउने प्रयास गरेका थिए। तर आज म  यो नीति प्रस्तुत गर्न तपाईहरु समक्ष शान्तिका साथ उभिन सकेको छु र बिधान सभाका तपाई सबै सदस्यहरु संवैधानिक कर्तव्य अनुसार  कार्यकारी प्रमुखद्वारा प्रस्तुत नितिलाई शान्ति पुर्वक ग्रहण गर्न सक्नु भएको छ। यो अवस्थाले के कुरा  स्पष्ट पार्दछ भने बाटो बिराएको  एचकेसार ( हङकङ स्पेसल एडमिनिस्ट्रेटिव रिजन)  फेरि   “एक देश, दुई  प्रणाली”    मार्गमा फिर्ता  आइसकेको छ। राष्ट्रीय सुरक्षा कानूनले दिएको सुरक्षा  र “हङकङ राष्ट्रवादीद्वारा शासित हुनुपर्छ” भन्ने सिद्धान्त अनुरुप अहिले हङकङको शासन  प्रणाली सामान्य अवस्थामा आइसकेको छ। हङकङको  दीर्घकालिन समृद्धि र स्थिरताको लागि  प्रत्येक हङकङ  नागरिकले   “एक देश, दुई  प्रणाली” को नितिलाई गहिरो ढंगले बुझ्न जरुरी छ। राष्ट्रिय अक्षुणतालाई अधिक  निष्ठाका साथ जोगाउनु पर्दछ । हाम्रो  देश र हाम्रो चीनिया पहिचानको   विकास प्रति हामीले  गर्व  गर्नु पर्दछ । समग्र राष्ट्रीय विकासमा कुसल पुर्वक एकीकृत हुनको लागि हङकङले आफुमा निहित अद्वितीय तागतलाई पुर्ण तवरले  प्रस्फुटन गर्ने बेला आएको छ।

३.आजको नीति संबोधन मुलत हङकङको भाबी विकासको प्रारुप तय गर्ने कुरामा केन्द्रित रहने छ । आज नै  २०२ पृष्ठ लामो पोलिसी एड्रेसको सप्लिमेन्ट संस्करण पनि प्रकाशित हुनेछ जसमा विगत चार वर्षमा  हामीले लागु गरेको निति कति प्रभावकारी रहयो भन्ने कुराको जानकारी शारांसमा जनतालाई मिल्नेछ l  वर्तमान सरकारले अनेकौं  गंभीर तथा अभूतपूर्व चुनौतिहरुको सामना गर्नु परेता पनि  सबै किसिमको चुनौतीलाई  चिर्दै जनताको सेवा गर्ने काममा हामी  चुकेनौं। हामीले अपनाएको नितिको महत्त्वलाई दर्शाउदै समस्याहरुको समाधान गर्न लागी रहयौं । म यहाँ  केहि उदाहरण प्रस्तुत गर्दछु :

(i) विगतका चार वटा पोलिसी एड्रेसमा  प्रस्तावित ९०० वटा भन्दा अधिक नीतिगत पहलहरु  ९६% पूरा भैसकेका छ्न अथवा  पूरा हुने क्रममा छ्न।

(ii) हामीले वास्तविक रूपमा नै आर्थिक स्तर उन्नति गराउने  वित्तीय केंद्रको दर्शनलाइ अपनाएका छौँ । जसका लागि  यस्ता मापदण्डहरु स्थापना गरेका छौं  जस अन्तर्गत दुई -स्तरीय लाभ कर दरको व्यवस्था, अनुसंधान र  विकासमा भएको  व्ययको करमा छुट दिने र  बिशेष किसिमका  उद्योगहरुलाई हङकङमा आफ्नो व्यवसाय विस्तार गर्न कर मिनाहा गरि   आकर्षित गर्ने योजनाहरु रहेका छ्न। हामीले सरकारी ग्रीन बोन्ड र सिल्वर बोन्ड जारी गरेका छौँ । पब्लिक एनिटी(पेन्सन) स्किम पनि  शुरु गरेका छौँ । 

(iii) प्रतिभाहरुको प्रबर्द्धनको  लागि साथै  इनोभेसन र टेक्नोलोजीलाई प्रोमोट गर्नको निम्ति हामीले  हाल जारी शिक्षाको बजेटमा  १३ अरब डलर भन्दा अधिक वृद्धि गरेका छौं र  इनोभेसन र टेक्नोलोजीमा  १३० अरब डलर भन्दा अधिक लगानी भएको छ।

(iv)  चालू वित्तीय  वर्षमा हामीले जनजीवनको जीवन स्तर उकास्न  स्वास्थ्य हेरचाह र सामाजिक कल्याण सम्बन्धि भइरहेको  खर्चमा  विगत चार वर्षको अवधिमा क्रमशः $९५.९ बिलियन (५३%) र  $१०५.७ बिलियन(६२%) सम्म बढाएका छौँ ।

(v)  हामीले श्रमिकहरुको   अधिकार र लाभका लागि  विभिन्न पहलहरुको शुरुआत गरेका छौं , जस अन्तर्गत १० हप्ताको सुत्केरी  विदालाई बढाएर १४ हप्ता बनाइएको छ। वैधानिक( सरकारी ) छुट्टिको संख्या पनि  सामान्य छुट्टिको संख्या  बराबर बनाउने ,  एमपीएफ प्रणालीमा रहेको “अफसेटिङ्ग” व्यवस्थाको खारेजी , र  सरकारी सेवामा कार्यरत नन स्किल्ड   श्रमिकको  रोजगार सम्बन्धि  नियम र शर्तमा सुधार ल्याउने  जस्ता कार्य गरिरहेका छौं ।

(vi) आवासको शीर्ष प्राथमिकतामा रहेका क्षेत्रहरुमा सरकारले सुधारका थुप्रै उपायहरु अपनाएको छ । जस अन्तर्गत  जग्गा बाँडफाँड गर्दा पब्लिक हाउजिङ तर्फ ध्यान दिइएको छ। घरको स्वामित्व ग्रहण गर्न सहज होस भनेर  आवास सीढी स्थापना गर्ने , घरको अनरसिप स्किम (स्वामित्व योजना) का  फ्लाटहरुको मूल्य बजार मुल्यबाट अलग पार्ने , कानुनी माध्यमबाट उप – विभाजित इकाइहरु ( subdivided unit) मा लाग्ने भाडालाई  नियमन गर्ने , योग्य पब्लिक रेन्टल आवासका आवेदकहरु जसले  लामो समय देखि पब्लिक रेन्टल आवास पर्खिरहेछ्न उनिहरुलाइ नगद भत्ता प्रदान गर्ने , र संक्रमणकालीन आवास इकाईहरु निर्माण गर्ने । भूमि आपूर्तिको सम्बन्धमा  एक बहुआयामीक दृष्टिकोणका साथ संबंधित कार्य  फत्ते गर्नका निम्ति अघि बढने काम भैरहेछ।

४. हङकङ सारलाई दृढ़ र अटूट समर्थन  गरेकोमा केन्द्रिय सरकारप्रति म  आभार प्रकट गर्न चाहन्छु। सबै माननीय सदस्यहरुद्वारा भएको  लगनशीलता र समर्पणलाई , सबै वैधानिक निकायहरुबाट भएको  व्यावसायिक सहयोग साथै सरकारी सल्लाहकार समितिहरुबाट प्राप्त सल्लाह र सुझावको लागि  सबैलाई  सराहना  गर्न चाहन्छु । मैले आफ्नो स्तरबाट कडा मिहिनेत गर्ने मेरो गभर्निङ टिम  र निजामती कर्मचारीहरुलाई र सधैं प्रोत्साहन दिने जनसमुदायलाई धन्यवाद दिनै पर्छ।    मलाई आशा छ आज वाचित २०२१ को पोलिसी एड्रेसले व्यापक रूपमा बिधान सभा र जनसमुदायबाट मान्यता र समर्थन प्राप्त गर्नेछ ।

क्रमशः

तपाईको प्रतिक्रिया