काठमाडौं । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रत्येक जिल्लालाई २५-२५ लाख दिने निर्णय गरेको छ ।

अविरल वर्षासँगै प्रदेशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो तथा उद्दार र राहतका विषयमा छलफल गर्न मुख्यमन्त्री भट्टले आज बोलाएको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त बैठकमा सुदूरपश्चिम प्रदेश सरकारले तत्कालको लागि बाढी प्रभावित सुदूरपश्चिमका सबै जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।

विपद व्यवस्थापन राहत र उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको सरकारको प्रवक्ता एबम् आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन ।

यसका साथै प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय भएको छ । साथै बाढी, पहिरो तथा उद्दार र राहतमा लाग्न पनि सबै जिल्लामा सर्कुलर जारी गरिएको छ ।

तपाईको प्रतिक्रिया