नरजित राई

किसन राइबाट सम्पादित तथा प्रकाशित एभरेष्ट हात लाग्न थालेको थियो। त्यो समय नेपाली भाषामा नै समाचार पढन पाउनु शौभाग्य नै थियो। मैले  दैनिक खबर एभरेष्ट  किनेर पढिरहेँ। किसनजीको जोश,जाँगर,साहस,प्रतिबद्धता,लगनशीलता प्रती भेटमा खुलेर प्रशंसा गर्न भ्याएँ।


२४ अक्टोबर २०२१ का दिन ड्युटिमा नै ब्यस्त थिएँ ।काममा आँखा छ्लेर मोबाइललाई कोट्याउँदा भाइ रजिनको फेसबुकमा आँखा झ्याप्पै पुग्यो। उहाँले “यो प्राप्त समाचार झुटो होस भन्ने जस्ता कौतुहलपुर्ण स्टाटस लेख्नु भएको थियो। त्यसपछि अन्य साथीहरुबाट पनि यस्तै दिमाग चपाउने, खुल्दुलीपुर्ण समचारहरु फेसबुक भरि सम्प्रेषण हुन थाल्यो।
मेरो मन पनि कौतुहलपुर्ण समाचारले किटकिट हुन थाल्यो। मैले रजिन भाइलाइ फोन गरेर सोधेँ। खास के हो फेसबुकको  कुराकानी ? नेपालमा किसन त  भिरबाट लडेर बित्नु भो भन्ने खबर आएको छ दाइ । म स्तब्ध, आश्चर्य चकित, शब्दबिहिन , छाँगाबाट खसे झैं भएँ।

हिजो मात्रै (२३अक्टोबर २०२१)  ” आज यता तिर भनी ओखलढुंगाको गेटको फोटो पोस्ट गर्नु भएको थियो। मैले पनि “इन्जोय योर ट्रीप” भनी कमेन्ट गरेको थिएँ। यो पत्याउनै नसकिने समाचार थियो। कतैबाट सहि समाचार पो आउँछ कि भनि मोबाइल कोट्याइ नै रहेँ।

आखिर समाचार सत्य नै रहेछ। किसनजीको टोलि ओखलढुंगाबाट खोटाङ आउनेक्रममा दोर्पा चिउरीडाँडा स्थित पन्खु खोलामा शौच गर्न जादा भिरबाट लडन पुग्नु भएछ।  किसनजी को दुर्घटनास्थल र उनको फोटोहरु मोबाइलका एपहरुमा छ्यासछ्यास्ती देखिए।श्रद्धाञ्जलीका शब्दहरु सामाजिक सन्जाल भरी लेखिए।
म किसनजीको दु:खद निधनबाट मर्माहत  भएँ।

मेरो किसन राइसंग  हङकङ स्थित चिम्सा चुइमा पहिलो भेट तथा परिचय भएको थियो। उनले एभरेष्ट  नामक दैनिक नेपाली पत्रीका  प्रकाशन गर्ने कुरा बताएका थिए। मैले दैनिक पत्रीका प्रकाशन गर्न त्यति सहज नहुने मनमनै महशुस गरे तापनि सफलताको हार्दिक बधाई तथा शुभकामना दिएको थिएँ।


किसन राइबाट सम्पादित तथा प्रकाशित एभरेष्ट हात लाग्न थालेको थियो। त्यो समय नेपाली भाषामा नै समाचार पढन पाउनु शौभाग्य नै थियो। मैले  दैनिक खबर एभरेष्ट  किनेर पढिरहेँ। किसनजीको जोश,जाँगर,साहस,प्रतिबद्धता,लगनशीलता प्रती भेटमा खुलेर प्रशंसा गर्न भ्याएँ।

लेखक(बीचमा) संग किसन राई

केही बर्ष वा महिना पछि एभरेष्ट  दैनिकलाइ साप्ताहिक गर्नु भयो। शायद आर्थिक, हैरानीपन तथा प्राबिधिक कठिनाइले नै होला। म एभरेष्ट  पत्रीका साप्ताहिक भए पछि वार्षिक  ग्राहक  मासिक पत्रीकामा रुपान्तर नभएसम्म लगातार बनिरहेँ। मलाई घरको ठेगानामा नै पत्रीका पोस्ट गरेर पठाउनु हुन्थ्यो। किसन आफैले पत्रीकाको सम्पादन,प्रकाशन, मार्केटिङ तथा समय-समयमा शत्रुहरुबाट आएका बाधालाइ पन्छाउदै एभरेष्ट  प्रकाशन गरिरहन सकेकोमा चकित हुन्थे।

“तपाइ एक्लैले यत्रो काम कसरी भ्याउनु हुन्छ हाउ किसनजी ?” एकदिन सोधेको थिएँ ।
” पेशा हो खटनै पर्यो नि नरजित जी” भन्नुभएको थियो।

मैले किरात राई यायोक्खा,हङकङको मुखपत्र यलम्बरको तेस्रो र चौंथो अंकको व्यवस्थापनको जिम्मा पाएको थिएँ।  किसनजीले भेट हुँदा भन्नू भयो – “यसपाला यलम्बर एभरेष्ट  मिडियाबाट नै पृन्ट गरौं।”

मलाइ नेपालमा यलम्बर छपाइ गर्दा निकै नै सकस पाएको अनुभुती थियो। किसनजीको भनाइ प्रती खुसी हुँदै चौथों अंकबाट यलम्बरको छ्पाइ कार्य एभरेष्ट  मिडियाबाट हुन थाल्यो।  लगातार बीस अंकसम्म हरेक बर्ष उभौंलीको उपलक्ष्यमा छापिएको थियो।

मलाइ कहिलेकाही लेख्न जाँगर चल्दैन थियो । तर आफ्नो लेख रचनाहरु पठाउन किसनजीले अनुरोध गर्नु हुन्थ्यो। मैले समय पाउँदा लेख्दै एभरेष्टमा पठाइ रहेँ। मेरो एभरेष्ट  पत्रीका मार्फत निकै लेख, रचनाहरु प्रकाशित भएका छ्न। मैले केहि लेख रचनाहरुलाइ मेरा कृतिहरुमा समाबेश गरि प्रकाशन गरिसकेको पनि छु र अझै बाँकी लेखहरुलाई निकटमा प्रकाशन गर्नेछु। 

मलाइ किसनजीले कलम चलाइ रहने प्लेटफर्म र प्रेरणा दिइ रहनु भयो। यो हङकङको ब्यस्तता बिच पनि  मेरो लेखन कार्यमा हिम नदिको रुपमा र किसनजीको एक्लो प्रयास एभरेस्ट पत्रीका नदि झैँ अविरल बगिरहेको थियो।

किरात राई यायोक्खा हङकङको सदस्य, उपाध्यक्ष हुदै अध्यक्ष पदमा १४ मार्च २०१० देखि १ अप्रिल २०१२ सम्म रहि कार्य गर्नु भयो। किसनजीले किराया, हङकङमा गर्नु भएको योगदानहरु निकै अविस्मरणीय  रहेको छ। किसनजीसङ्ग मेरो सामीप्य सधैं सौहार्द नै रह्यो। उहाको मनले फ्याट्ट जे देख्यो त्यो भनी हाल्ने बानी तर मनमा पाप,ईष्र्या, कपट नभएको व्यक हुनुहुन्थ्यो।

मैले किरात राई यायोक्खा हङकङको विगतदेखि बर्तमान लेख्न लागिरहेको बेला धेरै पटक किसनजीसंग  भेटेको अहिल्यै जस्तो लाग्छ। मबाट लिखित “किरात राई यायोक्खा,हङकङको बिगत देखि बर्तमान” पुस्तकको सम्पादनको  जिम्मेवारी किसनजीले नै लिनु भएको थियो। त्यो समयमा नै प्रकाशन हुन पर्ने थियो तर अधुरो रह्यो। मसंग फोनमा धेरै पटक सो पुस्तकबारे कुराकानी भएको थियो । वहाँ सङ्ग अन्तिम भेट तथा भलाकुसरी  हङकङ साहित्यिक शृङखला  भाग -१०५ को कार्यक्रम सिङ्मुनमा हुन पुग्यो। मैले हङकङ तथा नेपालबाट पदक पाउनु भएकोमा बधाई दिएको थिएँ।

जिन्दगी यस्तै त रहेछ सेकेन्ड पछी के हुने हो पत्तो नहुने । लेखान्तको अगाडी कसैको केही नचल्ने रहेछ।
आज तपाइलाइ भावपुर्ण श्रद्धाञ्जली दिन बाध्य भएको छु। दिवङ्गत आत्माको चिर शान्तिको कामना मात्र गर्न सक्छु।

तपाईको प्रतिक्रिया