हङकङ ,क्रान्ति सुब्बा

हङकङकि कार्यकारी प्रमुख क्यारी लामले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन प्रकोप द्रुत गतिमा विशेषगरि युरोप र विश्वको अन्य स्थानमा बढी रहेका कारण मुल भुमि चीन र हङकङ बीच बिना क्वारेन्टाइन निकट भविस्यमा  बोर्डर खुल्ला गर्ने भनिएको योजना बिलम्ब हुने होकि भनेर जनमानसमा शंका उत्पन्न भएको कुरा  नोभेम्बर २९ तारीख सामाजिक संजालमा प्रकाशित  एउटा लेख मार्फत  भनेकी छ्न।
तर खाद्य तथा  स्वास्थ्य मन्त्री शोफिया च्यानले भने ओमिक्रोन समुदायभित्र  घुसी नसकेको कारण यसको प्रभाव हङकङ – चीन क्वारेन्टाइन फ्री नाका पुन खोल्ने योजनामा पर्दैन भनेकी छिन।

हङकङले हालमा शुन्य स्थानीय केस कायम राख्न सक्षम भएता पनि   भेरिएन्ट केस बोकेर बाहिरी देशबाट मानिसहरु हङकङ भित्री रहेका छ्न जसभित्र  क्रीउ मेम्बर पनि परेकाछ्न  र ति केस संग संबंधित क्वारेन्टाइन मापदण्डलाई कडा गरिएको छ क्यारी लामले  भनिन।
गएको दुई महिनामा हङकङ सरकारले सक्रियता पुर्वक मुल भुमि चीनका विशेषज्ञसंग परामर्श गरेर महामारी नियन्त्रणका मापदण्डलाई थप मजबुत बनाएको स्थिति छ।
नोभेम्बरको शुरुमा चीनका विशेषज्ञसंग भएको भिडियो कन्फेरेन्सपछि विशेषज्ञको महामारी निवारण तथा नियन्त्रण टोलिले गत हप्ता मात्र हङकङमा भ्रमण गरेका छ्न लामले बताइन।

हङकङकि खाद्य तथा स्वास्थ्य मन्त्री सोफिया च्यानले पनि नोभेम्बर २९ तारीखको प्रेस कन्फेरेन्समा ओमिक्रोन भाइरस महामारी शुरु भए यता आएका भाइरस मध्ये उच्च म्युटेसन क्षमता भएको भेरिएन्ट भनेकी थिइन। संसारका कम्तीमा १६ देशमा फैलिसकेको यो भाइरस छिटो सर्ने भएकोले संभावित फैलावटलाई रोक्न हङकङ सरकारले कडा नीति अपनाउनु पर्ने कुरामा जोड दिइन।


हङकङमा हाल सम्म तीन वटा ओमिक्रोन भेरिएन्ट केस  भित्रीएको र ती तीनवटै केस कम्युनिटी भित्र प्रवेश नभैसकेको कुरा उनले जनाइन। दुइटा केस क्वारेन्टाइन प्रवेश प्रक्रियाको क्रममा केहि समय अघि पत्ता लागेको थियो  भने तेस्रो केस चाहिँ २८ नोभेम्बरमा पत्ता लागेको हो।  यदि ओमिक्रोन भेरिएन्ट बाहिरी देशबाट आउने यात्रु टहल्ने स्थानमा भेटिएको हो भने त्यो एरियामा प्रवेश गर्ने सबै जना पहिलो सात दिनको लागि पेन्नी बेको क्वारेन्टाइन सेन्टरमा क्वारेन्टाइन बस्नु पर्दछ र दैनिक रूपमा सातै दिन भाइरस टेस्ट गर्नु पर्दछ। त्यसपछि मात्र बाकी १४ दिन बिताउन  क्वारेन्टाइन होटलमा जान पाइनेछ।


यो अभ्यास भविस्यमा आवश्यकताअनुसार ग्रुप ए मा रहेका उच्च जोखिमपूर्ण स्थानबाट आउने व्यक्तिमा पनि लागू हुन सक्दछ उनले भनिन। भविस्यमा भाइरस टेष्ट गर्ने क्षमतामा पनि वृद्धि ल्याइने कुरा सम्झाउदै उनले भनिन – भेरिएन्ट सम्बन्धि  प्रत्येक पुष्टि केसको पुर्ण रूपमा जेनोम सिक्युएन्सिङ गरिनेछ जसले गर्दा नयाँ भेरिएन्ट केस बारे हुने अध्ययनमा सहयोग पुगोस। भ्याक्सिन नलगाएकाले यथाशीघ्र लाउन आग्रह गर्दै ओमिक्रोनको खतरालाई हल्का लिन नहुने कुरा संझाइन।

उनका अनुसार  नोभेम्बर २८ तारीख पुष्ठि भएको भेरिएन्ट ॐमिक्रोन भाइरस बोकेका व्यक्ति इथोपिया हुदै नाइजेरियाबाट नोभेम्बर २४ मा हङकङ आएर नर्थ पोइन्टको रामादा होटेलमा क्वारेन्टाइन बसेका थिए । तेस्रो दिनमा गरिएको टेस्ट पोजेटिभ देखिएको थियो ।

ओमिक्रोन भाइरसद्वारा संक्रमित ३ जना रोगी नर्थ लान्ताउ अस्पतालमा भर्ना  भएका छ्न।

३० नोभेम्बर कोरोना अप्डेट हङकङ


. ६ वटा पुष्टि आयातित केस
.पाकिस्तान – ३
.भारत  -१
.युके- १
.फिलिपिन्स – १

हङकङमा कुल कोरोना केस : १२,४३७

नयाँ भेरिएन्टको प्रकोपबाट बच्न हङकङले चार वटा अफ्रिकी देश एंगोला,इथोपिया,नाइजेरिया र जाम्बिया बाट गैर हङकङ निवासी यात्रुलाई हङकङ प्रवेश निशेध गर्ने भनेको थियो सोमबार र यो निशेध मंगलबारबाट शुरु हुने भनिएको थियो । ३० तारीख नोभेम्बरका दिन अरु अफ्रिकी देश थपिएका छ्न । ती हुन -साउथ अफ्रीका,बोत्स्वाना,एस्वान्तिनी,लेसोथो,मालावी ,मोजाम्बिक,नामिबिया र जिम्बावे ।

यी उच्च जोखिम युक्त इलाकामा दरिएका स्थानबाट केवल पुर्ण मात्रा खोप लगाएका हङकङ रेसिडेन्ट मात्रा हङकङ आउन पाउछ्न ।  यहाँबाट आउनेले प्रहिलो सात दिन पेन्नी बे स्थित क्वारेन्टाइन सेन्टरमा बस्नुपर्नेछ र बाकी १४ दिन तोकिएको क्वारेन्टाइन होटेलमा क्वारेन्टाइन बस्नुपर्ने छ।
हङकङ सरकारले डिसेम्बर २ तारीखबाट सदर हुने गरि उच्च जोखिम युक्त देशको सुचीमा निम्न देशलाई समाबेश गरेको छ- अस्ट्रेलिया ,अस्ट्रीया,बेल्जियम ,क्यानाडा ,चेक रिपब्लिक ,डेनमार्क ,जर्मनी ,इजरायल र इटाली ।
हङकङ आउनु पुर्ब यदि २१ दिन यी मुलुकमा बसेका गैर हङकङवासीलाई हङकङ प्रवेश मनाही गरिएको छ।

१ डिसेम्बर

बढदो ओमिक्रोन कोरोनाभाइरस भेरिएन्टको फैलावटलाई रोक्न हङकङले डिसेम्बर ३ तारीख शुक्रबारबाट लागू हुनेगरी निम्न देशबाट आउने गैर हङकङ नागरिकलाई प्रवेश निशेध गरेको छ – जापान ,पोर्चुगल र स्विडेन ।

भ्याक्सिन पासपोर्ट

युनिभर्सिटी अफ हङकङका माइक्रोबायोलोजिस्ट हो पाक ल्यङले डिसेम्बर १ तारीख एक रेडियो कार्यक्रममा हङकङ सरकारले सिंगापुरमा जस्तै  घरेलु भ्याक्सिन पासपोर्ट यथाशीघ्र जारी गर्न अनुरोध गरेकाछ्न।

जनस्वास्थ्य मापदण्डलाई बलियो तुल्याउन हङकङ सरकारले भ्याक्सिन पासपोर्ट सिस्टम लागु गर्ने कुरा बिगतमा चर्चा गरेको थियो जस अनुसार पुर्ण मात्रा खोप लगाएकालाई  मात्र रेस्टुरेन्ट र सिनेमा हल जस्ता सार्बजनिक स्थानमा प्रवेश दिने कुरा जनाइएको थियो ।

विशेषज्ञ होले पनि  भ्याक्सिन पासपोर्ट पहिला रेस्टुरेन्टमा लागु गर्नुपर्ने सुझाव दिएका छ्न। रेस्टुरेन्ट मास्क खोलेर बस्नुपर्ने स्थान भएकोले त्यस्तो ठाउमा पासपोर्ट सिस्टम लागु गर्दा मुनासिब हुने बताएका छ्न।

ओमिक्रोन र भ्याक्सिन


सोसाइटी अफ हस्पिटल फार्मेसिस्टका अध्यक्ष विलियम चुइका अनुसार हाल प्रचलित खोपहरु नयाँ भेरिएन्ट ओमिक्रोनलाई निष्क्रिय तुल्याउन असक्षम छन भन्ने कुराको प्रमाण फेला परेको छैन ।
उनको मुल्यांकनमा बिद्यमान खोपले केहि हदसम्म अवश्य सुरक्षा प्रदान गर्दछ। खोपले भाइरसको विरुद्धमा रोग प्रतिरोधात्मक शक्ति (एन्टिबडी)  उत्पादन गर्न मात्र सहयोग गर्दैन इम्युन सेल नै उत्पादन गराउदछ जसले संक्रमित सेललाइ आक्रमण गरेर सफाया गर्दछ उनले भने।


उनको विचारमा ओमिक्रोनलाई नै लक्ष्यित गरेर खोप उत्पादन गर्न करिब आधा वर्ष लाग्दछ। बायोएन्टेक र मोडेर्ना भ्याक्सिनले मेसेन्जर आरएनए (mRNA) टेक्नोलोजी प्रयोग गरेकाले नयाँ भेरिएन्टलाइ तार्गेट गरेर सय दिन भित्र नयाँ भ्याक्सिन बनाउन संभव छ र जनसमुदाय समक्ष पुर्याउन अरु तीन महिना लाग्दछ।

ओमिक्रोनको नमुना निकाल्ने कार्यमा हङकङ प्रथम

नोभेम्बर ३० तारीख  युनिभर्सिटी अफ हङकङको माइक्रोबायोलोजी विभागले ओमिक्रोन संक्रमित रोगीको संकलित नमुनाबाट ओमिक्रोन भेरिएन्ट भाइरसको स्ट्रेनलाई  चोइट्याउन सफल भएको छ। र यो सफलताले मुख्य भुमि चीनसंग सहकार्य गरेर ओमिक्रोन विरुद्धको न्यु जेनेरेसन  खोप बनाउन सकिने कुरा टप माइक्रोबायोलोजिस्ट युन क्वक यङले गरेकाछ्न।
द्रुत गतिमा फैलने क्षमता भएको ओमिक्रोन भेरिएन्टको सिरा टुक्रयाएर पृथक बनाउन सफल एसियाको पहिलो संस्था हङकङ युनिभर्सिटी भएको छ। गत नोभेम्बर २५ तारीख बिहीबार हङकङमा दुईवटा ओमिक्रोन केस पहिलो चोटि पुष्ठि भएको ४ दिन पछी र नोभेम्बर २४ तारीख सर्वप्रथम विश्व स्वास्थ्य संगठनमा साउथ अफ्रिकाले यो भेरिएन्टबारे रिपोर्ट गरेको पाँच दिन पछि हङकङ युनिभर्सिटीले यो भाइरस स्ट्रेनलाई अनुसन्धानको लागि छुट्याउन सफल भएको हो।

अब ठुलो संख्यामा यो ओमिक्रोन नमुनाको  प्रतिलिपी उतारेर ( मास डुप्लिकेसन) चारैतिरको ल्याब तथा  पार्मेसिटिकल फर्मतिर पठाइनेछ र हालको कोरोना भाइरस परिक्षण पद्धति , मेडिकेसन र भ्याक्सिन  यो भाइरसको विरुद्धमा प्रभावकारी छ छैन पत्ता लाग्ने छ क्वकले भने।

हङकङमा जम्मा चार वटा ओमिक्रोन केस

भिसाको समस्या सुल्झाउन ट्रान्जिट यात्रुको रूपमा  हङकङको अन्तर्राष्ट्रिय विमानस्थलमा अल्झिएका एक व्यक्तिमा ओमिक्रोन संक्रमण पुष्टि डिसेम्बर १ तारीख बुधबार भएको थियो ।
३८ वर्षका ती रोगी नाइजेरियाबाट कतार हुँदै हङकङ २४ तारीख कतार एयरवेज QR818 बाट आएका थिए ।
हङकङ स्वास्थ्य बिभागले जनाए अनुसार भिसा सम्बन्धि समस्या हुने यात्रुलाई राखिने निषिद्व एरियामा उनी बसेका थिए । गन्तव्य तर्फ जानू पुर्व नोभेम्बर २७ तारीख गरिएको टेस्टमा उनमा पोजिटिभ देखिएको थियो ।
यी रोगीले कोभिड- १९ को कुनै भ्याक्सिन लिएका थिएनन र उनी लक्षणहिन थिए ।

डिसेम्बर १ तारिख हङकङमा तीन वटा केस पाकिस्तान , स्पेन र फिलिपिन्सबाट  भित्रिएका थिए । तीन जना मध्ये एक जनामा डेल्टा भेरिएन्ट L452R देखिएको थियो भने बाकी दुई जनाको जेनेटिक सिक्युएन्सिङको परिणाम आउन बाकी छ।

हङकङमा अहिलेसम्म ओमिक्रोन केसको संख्या ४ पुगेको छ – २ जना साउथ अफ्रिका २ जना नाइजेरियाबाट आएका ।

जस अन्तर्गत एक जना ३७ वर्षका पुरुष जो नोभेम्बर २४ तारीख नाइजेरियाबाट इथोपिया र थाइल्यान्ड हुदै हङकङ आएर नर्थ पोइन्ट रामादा होटेलमा बसिरहेका बेला पोजिटिभ देखिएका थिए।

अरु २ जनामा एक जना ६२ वर्षका पुरुष क्यानाडाबाट हङकङ नोभेम्बर १० तारीख र अर्का ३६ वर्षका पुरुष साउथ अफ्रीकाबाट नोभेम्बर ११ तारीख हङकङ आएका हुन।

६२ वर्षका पुरुषलाई ओमिक्रोम भेरिएन्ट भाइरस रिगल एयरपोर्ट होटेलमा एउटा तलामा बस्ने ३६ वर्षका पुरुषबाट सरेको ठहर स्वास्थ्य विभागले गरेको थियो ।
दुबै जनाको रुम आमनेसामने हुनु र दुबै जनाको नमूनाको जेनेटिक सिक्युएन्स मिलेकोले यो एकाआपस संबंधित रहेको हो अधिकारीले भने।

तपाईको प्रतिक्रिया