काठमाडाैं । चर्चित युवा कवि तथा पत्रकार विमला तुम्खेवा राष्ट्रिय प्रतिभा पुरस्कारद्वारा पुरस्कृत हुने भएकी छन् । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले आज प्रतिभा पुरस्कार २०२० को घोषणा गर्दै तुम्खेवालाई एक लाख राशीको सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

सञ्चारिका समूहकी केन्द्रीय महासचिव समेत रहेकी तुम्खेवा आम नेपाली महिलाको सरोकारका मुद्वालाई लेखनको केन्द्र बनाएर निरन्तर लेखनमा सक्रिय आख्यानकार हुन् ।

२५ बर्षदेखि कविता लेखनमा सक्रिय रहेकी तुम्खेवा लामो समयदेखी महिला अधिकार शसक्तीकरणको निम्ति क्रियाशील छन् ।

हालसम्म विमला तुम्खेवाका कविताहरु, नदी, छाल र तरङहरु, संस्मरण एउटा बूढो रुखको ,हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे चार कविता सग्रह प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया