काठमाडौं– चलचित्र ‘के माया लाग्छ र’ को पहिलो गीत सार्वजनिक भएको छ । उक्त चलचित्रको ‘मेरो जीवनको बाटोमा’ शीर्षकको गीत सार्वजनिक भएको हो । उक्त गीतमा गायिका नित्या शिवाको स्वर सुन्न सकिन्छ । शंकर अधिकारी घायलका शब्दहरुको उक्त गीतलाई बिनोद गुरुङले संगीतबद्ध गरेका छन् । गीतमा रोशिका राया, राजु पौड्याल तथा रवि खड्काले अभिनय गरेका छन् ।

कृष्ण पाण्डेले उक्त गीत छायांकन गरेका हुन् भने डिके हमालले गीतमा कोरियोग्राफी गरेका छन् । मीन कुमार अधिकारी र शंकर अधिकारी घायलको प्रस्तुति रहेको उक्त चलचित्रको गीत ओएसआर डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

कृष्ण पाण्डेको छायांकन, डिके हमालको नृत्य निर्देशन,अञ्जली भण्डारीको सम्पादन रहेको ‘के माया लाग्छ र’ मा शैलेस पहरी, राजु पौड्याल, रोशिका राया, प्रीतिका शर्मा, रबि खडका,पदम सुनार, डिके हमाल,गंगा कुँवर र सन्तोष पराजुलीको अभिनय रहेको छ ।

चलचित्रमा शंकर अधिकारी घायलको शब्द, बिनोद गुरुङ र बालान्द राईको संगीत निर्देशन रहेको छ भने साज सिंह , नित्याशिवा, डेविड शंकरको स्वर रहेको छ । उक्त चलचित्रको लेखन र निर्देशन शंकर अधिकारी घायलले गरेका हुन् ।

भिडियो हेर्नुस्ः

तपाईको प्रतिक्रिया