२२ डिसेम्बर २०२०।हङकङ ।क्रान्ति सुब्बा ।

गत महिना जर्नल अफ कोरिएन मेडिकल साइन्समा प्रकाशित भएको एक सोधका अनुसार कोरोनाभाइरस प्रचलित ६ फुट परिधिको सामाजिक दुरि भन्दा पर सम्मको यात्रा गर्न सक्दछ यदि हावाको सोझो वहाउमा परेमा। यस कुराले रेष्टुरेन्टभित्र बसेर बसेर रातको खान खतरापूर्ण हुने कुरालाई जनाउदछ।

छ फिटको परिधिभित्र भाइरस पाँच मिनेटमा तीन गुणा बढी फैलिन्छ। कोरियन बैज्ञानिकको निष्कर्ष छ ६ फिटको दुरिमा राखिएको टेबुल संक्रमण रोक्न काफी हुदैन । साउथ कोरियाको एउटा सानो रेष्टुरेन्ट केवल पाँच मिनेट संगै बसेर डिनर गरेको निहुमा कोरोना संक्रमण भएको थियोे । ती एउटै रेस्टुरेन्टमा बसेर खानेहरु बिच प्रत्यक्ष अप्रत्यक्ष कुनै पनि किसिमको आपसी संपर्क थिएन ।

अन्य शहरको तुलनामा हङकङको रेष्टुरेन्टका सिटहरु ज्यादै नजिकको दुरिमा राखिएको हुन्छ। कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न बेलुकी ६ बजे देखी बिहान पाँच बजे सम्म डिनर बन्द गरिएता पनि रेष्टुरेन्टहरुले अन्य समयमा खाना खानेलाइ विशेष छुट दिएका कारण रेष्टुरेन्टमा मानीसको भिड झन बढेको छ। यसो हुदा कोरोना बोकेका लक्षणहिन मानिसबाट कोरोना सर्ने उच्च संभावना रहन्छ।

कम्ती दुरिको टेबल बिच राखिएको प्लास्टिकको बारले भाइरस लाई नछेक्ने कुरा पनि हङकङका मेडिकल विशेषज्ञले गरेकाछन।

तपाईको प्रतिक्रिया