लिम्बु मातृभाषी साहित्यकार तथा कथाकार खडगमाया तुम्बाहाङफे लिङथेपको तेश्रो कथा सङग्रह “नरमाया पागल भई” प्रकाशित भएको छ । यस अघि उहाँको “सावरमती”, पूर्खाका किर्तीहरु, वैशाली कथा सङग्रह प्रकाशित छन । उहाँले लिम्बु मातृभाषीमा बिशेष कलम चलाउदै आउनु भएको छ ।

उहाँको नयाँ कृति कोरोना महामारी बीच २०७७ माघमा प्रकाशित भएको हो । कविता लेखनमा पनि उत्तिकै सशक्त लेखक खडगमाया अहिले ८५ ओेैँ वर्षमा हिडीरहनु भएको छ । तर यो उमेरमा पनि पनि नियमित लेखन कार्यमा तल्लिन रहनु आफैमा एक उर्जा हो । कथाकार खडगमायाको जन्म १९९४ माघ १७ गते तेह्रथुम म्याङलुङ तम्फुला ४ मा भएको हो ।

तपाईको प्रतिक्रिया