काठमाण्डौं ।
पुर्वेली लोक गीत संगीतको क्षेत्रमा निकै रुचाएकी गायिका सुनिता थेगिमको आवाजमा रहेको अर्को मौलिक गीत ‘मखमली फूल फुलेछ ‘ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

युवा युवति विचको माया र प्रेमको भावहरुलाई गीतमा समेटिएको छ । आफुलाई माया गर्ने प्रेमीको यादले निकै सताएको कुरालाई गीतमा समेटेको छ । आफनी प्रेमीकाको मायाले आफु तिर तानेको सो गीतमा बताइएको छ ।

प्रिनिङ प्रयास राई को शब्द तथा सुमन राई संगीतमा तयार पारिएको गीतमा सुमन स्यमले एरेन्ज गरेका छन । ‘मखमली फूल फुलेछ ‘को भिडियोलाई इशक जगेवुले छायाँकन तथा सम्पादन रहेको छ । गीतको भिडियोमा सुनिता थेगीम , रोजिना थेगीम , नविना सम्वाहाम्फे , लगायतको अभिनय रहेको छ ।

‘मखमली फूल फुलेछ ‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://youtu.be/lkN9n-ZgzEg

तपाईको प्रतिक्रिया