क्रान्ति सुब्बा । हङकङ ।

मार्च ८ तारीख मंगलबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३०,४९३
.आयातित केस संख्या : ९
.स्थानीय केस संख्या :३०,४८४

.हङकङको कुल केस : ५२५,२४२
.हङकङको कुल मृत्यु संख्या :२,५७८
.कुल निको हुनेको संख्या :१३,२३२

.मृत्यु संख्या : २९१  जना (गत २४ घन्टामा)
.खोप नलाएका मृतक संख्या : ११६
.पुर्ण खोप लगाएका मृतक संख्या : १९
.एक खोप लगाएका मृतक संख्या : ३५
.तीन खोप लगाएका मृतक संख्या: ०
.मृतक ज्येष्ठ नागरिकको संख्या : १४५(६५ वर्ष माथिका)
.मृत्यु हुने मानिस: ९२ जना पुरुष ६८ जना महिला
.मृत्यु हुनेको उमेर समुह  : ४ वर्ष देखि १०५ वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : ८६

कम उमेरका मृतक
.एक ४ वर्षकी बालिका हिजो रिपोर्ट गरिएको
.एक २० वर्षका दीर्घ रोगी पुरुष
.एक २५ वर्षका दीर्घ रोगी जो नर्सिङ होममा बस्दथे
.एक ३६ वर्षका  दीर्घ रोगी पुरुष जो नर्सिङ होममा बस्दथे
.हिजो ४ वटा घरमा भएको मृत्यु पनि रिपोर्ट गरिएको थियो । ति मृतकमा ३२ देखि ८५ वर्षका ३ जना पुरुष एक जना महिला थिए र ती सबै दीर्घ रोगबाट पीडित थिए ।
.हस्पिटल अथोरिटिले पहिल्यै मृत्युवरण गरेका १२७ जना बिरामीको मृत्यु रिपोर्ट प्राप्त गरेको थियो । ती मृतकहरु ५६ वर्ष देखि १०२ वर्ष बीचका ६८ जना पुरुष ५९ जना।
.नयाँ पुरानो सबै मिलाएर मृत्यु संख्या २९१ पुगेको हो।

.डिस्चार्ज संख्या : ७७८ ( गत २४ घन्टामा)
.अस्पताल भर्ना हुँदा पत्ता लागेको केस संख्या : ६९
.क्लोज कन्ट्याक्ट संख्या : ७९
.हस्पिटल अथोरिटिबाट आएको पुष्टि संख्या : ३,४७२
.स्वास्थ बिभाग पब्लिक हेल्थ ल्याबबाट : २,०५१
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट : बाकी रहेको सबै ।

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ८,३५९
.पेन्नी बे क्वारेन्टाइनमा  : २,३०० 
.हाल क्रीटिकल बिरामीको संख्या : ७४
.आसियुमा रहेका बिरामी संख्या :६९
.सिरियस बिरामीको संख्या : १०५

.अस्पताल प्राधिकरण कर्मचारी संक्रमित संख्या : १०,४००
.२,३९४ जना जस्तो स्वास्थ्यकर्मी निको भएर काममा फर्किसके

.हङकङका ६९० वटा  नर्सिङ होम ( रेसिडेन्सियल केयर होम) का कुल सरदर १६,२०० निवासी  र ४,४७० कर्मचारीलाई  संक्रमित भएका छन। संक्रमित भएका  ६९% वृद्ध गृह प्रत्येकमा दस जना भन्दा बढी संक्रमित छ्न।
.हालसम्म २३० वटा अपांग आश्रममा संक्रमण सल्किसकेको छ।
.  अपाङ्ग गृहका  सरदर ४,३५० वासिन्दा र १,६०० जना कर्मचारी संक्रमित छ्न।
.आज थप १५ वटा नयाँ वृद्ध आश्रम (नर्सिङ होम) र ८ वटा अपांग आश्रममा संक्रमण फैलिएको छ। र ती दुबै आश्रमबाट आज संक्रमण हुनेको केस संख्या २७८ रहेको छ।  जसमा २३४ जना वासिन्दा र ४४ जना कर्मचारी परेका छ्न।

मार्च ७ तारीख  सोमबार साँझ ६ बजेबाट रयापिड एन्टिजेन टेस्ट रिपोर्टिङ प्लेटफर्म लन्च भएको थियो । हिजो मध्य रात सम्ममा १७,२३६ जनाले आफ्नो पोजिटिभ रिपोर्ट दर्ता गराएका थिए । जसमध्ये २,५२१ जनाको न्युक्लिक टेस्ट सम्पन्न भैसकेको छ। यो सेल्फ डिक्लेरेसन सिस्टमबाट रित पुरयाएर पुर्ण विवरण पेस गर्ने केसको संख्या २,०१८  मात्र  थियो जसलाई क्वारेन्टाइन अर्डर पठाइसकिएको छ र केस दर्ता गर्नेको वास्तविक संख्या १४,७५१ थियो । १२,६९७ केसको पुर्ण विवरण आउनै बाकी छ। बाकी रहेको सम्पूर्ण केसको विवरण अर्को दिन खुलासा गरिने भनिएको थियोे ।
मार्च ६ र ७ तारीख रयापिड कीटद्वारा परिक्षण गर्दा पोजिटिभ आइ उक्त  रिपोर्ट अन्लाईन प्लेटफर्मले सदर गरेको हकमा  उनीहरुले क्वारेन्टाइन अर्डर प्राप्त गर्ने छ्न  । तर कुनै लक्षण नभएको बिरामी जसले खोपको दुबै डोज लगाइसकेको छ र रयापिड कोभिड टेस्ट किटबाट छैटौं र सातौं दिन नेगेटिभ आयो भने उनीहरुको क्वारेन्टाइन आदेश खारेज गरिन्छ । तर संबंधित बिरामीले निरन्तर रयापिड किटबाट संक्रमण मुक्त नभैन्जेल परिक्षण जारी राख्न सक्छ । र चौधौं दिनमा पनि रयापिड किटबाट टेस्ट गर्दा नेगेटिभ आए उसले नर्मल जीवन शुरु गर्न सक्छ।

स्रोतले जनाए अनुसार मार्च २६ तारीख तय भएको अनिवार्य आम परिक्षण कार्यक्रम अप्रिल महिनामा सर्न सक्छ भनिएको छ।

तपाईको प्रतिक्रिया