क्रान्ति सुब्बा । हङकङ ।

मार्च ७ तारीख सोमबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २५,१५०
.आयातित केस संख्या : ३२
.स्थानीय केस संख्या :२५,११८

.हङकङको कुल केस : ४९६,७६७
.हङकङको कुल मृत्यु संख्या :२,२८७
.कुल निको हुनेको संख्या :१३,२३२

.२,४४४ केसको भेरिएन्ट टेस्ट गर्दा शुन्य वटा डेल्टा, १,६९० केस ओमिक्रोन भेटियो। ७५४ केसको स्थिति अनिश्चित छ वा न्यून भाइरल लोडका कारण टेस्ट गर्न सकिएको छैन।

२५ वटा आयातित केस गरुड इन्डोनेशिया फ्लाइट नम्बर GA876 बाट हङकङ आएका यात्रुहरु थिए । जसमा २४ जना महिला र १ जना पुरुष यात्रु थिए । फलस्वरूप हङकङ स्वास्थ्य विभागले रोग नियन्त्रण तथा रोकथाम अध्यादेश धारा ५९९H को आधारमा जाकर्ता- हङकङ  उडने  गरुड इन्डोनेशिया फ्लाइटलाई मार्च ८ देखि मार्च २१ सम्मको लागि प्रतिबन्ध लगाएको छ।

पाचौं लहर तथ्यांक
.पाचौं लहरले ल्याएको मृत्यु : २,०७४
.मृत्यु दर : ०.४३ %
.पुरुष मृतक : १,१०३
.महिला मृतक : ६९१
.मृतकको उमेर समूह: ११ महिना – १०८ वर्ष
.६० वर्ष भन्दा माथिका मृतक : ९४%
.८५ वर्ष  भन्दा माथिका मृतक: ६८.५%
.खोप नलाएका वा एउटा मात्र लगाएका मृतक:९०.६%
.दुबै वा त्यो भन्दा बढी खोप लगाएकाको मृत्यु दर: ०.०५%
.खोप नलाएका वा एउटा मात्र लगाएकाको मृत्यु दर :१.४% ( २८ गुणा बढी )
.१४० जना मृतकको जिनोम सिकुएन्सिङ हेर्दा ११७ जना ओमिक्रोन संक्रमित र १३ जना डेल्टा संक्रमित देखिएको थियो । १० जना मृतकको नमुनामा भाइरल लोड न्यून रहेका कारण कुन भेरिएन्ट हो निश्चित हुन सकेन।

.मृत्यु संख्या : १६१  जना (गत २४ घन्टामा)
.खोप नलाएका मृतक संख्या : १२६
.पुर्ण खोप लगाएका मृतक संख्या : २१
.एक खोप लगाएका मृतक संख्या : १३
.तीन खोप लगाएका मृतक संख्या: १
.मृतक ज्येष्ठ नागरिकको संख्या : १४७ (६५ वर्ष माथिका)
.मृत्यु हुने मानिस: १०६ जना पुरुष ५५ जना महिला
.मृत्यु हुनेको उमेर समुह  : २९ वर्ष देखि १०२ वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : ९६

.डिस्चार्ज संख्या :३३८ ( गत २४ घन्टामा)
.अस्पताल भर्ना हुँदा पत्ता लागेको केस संख्या : ३८
.क्लोज कन्ट्याक्ट संख्या : ४०

.हस्पिटल अथोरिटिबाट आएको पुष्टि संख्या : १,९८०
.स्वास्थ बिभाग पब्लिक हेल्थ ल्याबबाट : २,४४४
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट : २०,७५६

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ८,०१०
.पेन्नी बे क्वारेन्टाइनमा  : २,३०० 
.हाल क्रीटिकल बिरामीको संख्या : ७५
.सिरियस बिरामीको संख्या : १०६
.अस्पताल प्राधिकरण कर्मचारी संक्रमित संख्या : ९,४६३
.१,५२९ जना जस्तो स्वास्थ्यकर्मी निको भएर काममा फर्किसके

.हङकङका ६७३ वटा  नर्सिङ होम ( रेसिडेन्सियल केयर होम) का कुल सरदर १४,७०० निवासी  र ४,००० कर्मचारीलाई  संक्रमित भएका छन।
.२,२०० वटा  अपाङ्ग गृहका  सरदर ४,३५० वासिन्दा र १,६०० जना कर्मचारी संक्रमित छ्न।
.आज थप १२ वटा नयाँ वृद्ध आश्रम (नर्सिङ होम) र ७ वटा अपांग आश्रम संक्रमित भएका छ्न। ती दुबै आश्रमका ६९ जना वासिन्दा र ४३ जना कर्मचारी आज संक्रमित भएका छ्न।

स्वास्थ्य केन्द्रका नियन्त्रक डाक्टर एडविन चुइले सोमबार साँझ ७ बजेबाट रयापिड एन्टिजेन टेस्ट रिपोर्टिङ प्लेटफर्म लन्च हुने कुरा बताए। यो प्लेटफर्मबाट  रयापिड कीटद्वारा परिक्षण गर्दा पोजिटिभ आएकाले आफ्नो रिपोर्ट सरकारलाई पेश गर्न बनाइएको हो।  रयापिड कोभिड टेस्ट किटबाट पोजिटिभ रिजल्ट आएका संक्रमितले रिजल्ट आएकै दिन या भोलिपल्ट भित्र रिपोर्ट गरिसक्नु पर्छ। निबेदकले आफ्नो रिपोर्ट पेस गर्दा आफ्नो निजि विवरण , आफुसंग बस्ने परिवार जनको विवरण , आफुमा देखिएका लक्षण साथै आफू बस्ने घरको वातावरण तथा वस्तु स्थितिबारे जानकारी दिनु पर्दछ। उनीहरुले रयापिड टेस्टको फोटो पनि रेकर्डको लागि पठाउनु पर्दछ।

आज रिपोर्ट गरिएका कम उमेरमा मृत्यु हुनेको विवरण :
.एक २९ वर्षकि क्यान्सर रोगी महिला
.एक ३६ वर्षकी दीर्घ रोगी महिला
.एक ४५ वर्षका मृगौला रोगी पुरुष
.एक ४९ वर्षकी क्यान्सर रोगी
.र अन्य ४ जना दीर्घ रोगी जसको उमेर ५०- ६० वर्ष थियो ।


सारा होले शेक तङ शोइ बस्ने एक जना ८ वर्षकी बालिकाको मृत्यु  सोमबार बिहान भएको बताइन। उनलाई मार्च ६ तारीख ज्वरो आउने र टाउको दुख्ने भएको थियो ।सामान्य उपचार पछि उनी घरमा नै आराम गरेर बसेकी थिइन। उनी अचानक सोमबार विहान ७ बजे तिर कोमामा गइन। त्यसपछि उनलाई क्विन मेरि अस्पतालमा भर्ना गरिएको थियो । उनको मृत्यु  बिहान ८.२८ बजे भयो । उनको परिक्षण रिपोर्ट पोजिटिभ आएको थियो । उनले फेब्रुअरी १९ मा एक डोज खोप लगाएकी थिइन।
सोमबार ९.३५ बजे एक अर्कि मुटुको समस्या भएकी ४ वर्षकी बालिकाको निधन क्विन मेरि अस्पतालमा भएको थियो । उनले खोपको एक डोज २४ फेब्रुअरीमा प्राप्त गरेकी थिइन। यी दुई बालिकालाई अर्को दिनको मृत्यु सुचीमा राखिने भएको थियो ।

तपाईको प्रतिक्रिया