क्रान्ति सुब्बा

मे १७ तारीख मंगलबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३२८
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १६२
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १४९
.कुल संक्रमित संख्या : १,२०९,०६८ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३६१
.आयातित केस संख्या : ३९ जना

आयातित केसमध्ये २३ जना विमानस्थलमा पत्ता लागेका  थिए । ११ जना डिजाइनेटेड क्वारेन्टाइन होटलमा पत्ता लागेका थिए । जसमा ९ जना अमेरिकाबाट  , ८ जना क्यानाडाबाट, ३ जना सिंगापुरबाट आएका यात्रु परेका छ्न। अरु यात्रुहरु अष्ट्रेलिया ,स्विडेन , ताइवान,फ्रान्स ,युके,आइसल्याण्ड , नेदरल्यान्ड , स्पेनबाट आएका परेका छ्न।

जीनोम अनुक्रमण प्रक्रियाले ४ वटा आयातित केसहरूमा ओमिक्रोन उप भेरिएन्ट बिए.४ पत्ता लगाएको थियो । ती उप संस्करणधारी व्यक्तिहरुमा ८ मेमा युकेबाट आएकी एक ४३ वर्षीया महिला, युकेबाट आएका एक ४२ वर्षीय पुरुष, ६१ वर्षीय पुरुष र युकेबाट नै आएका ६७ वर्षीय पुरुष परेका छ्न। हङकङमा ओमिक्रोन बिए.४ बाट संक्रमित व्यक्तिको संख्या जम्मा ७ पुगेको छ।

.नयाँगरि पुष्टि  भएका १४९ केस मध्ये हस्पिटल अथोरिटिले पुष्टि गरेको केस संख्या : ३४
.स्वास्थ्य बिभागको पब्लिक हेल्थ ल्याबबाट पुष्ठि भएको केस संख्या : ४४
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट पुष्टि भएको केस संख्या : ८९
.१३२ केसको जिनोम बिश्लेषण गरिएको थियो जसमा डेल्टा भेरिएन्टको उपस्थिति शुन्य थियो । ११८ वटा केसमा ओमिक्रोन भेटिएको थियो । भाइरल भारको मापन न्यून रहेका कारण १४ वटा केसको भेरिएन्ट छुट्याउन सकिएन ।

.अपांग गृहका एक जना कर्मचारी संक्रमित भएका छ्न।

.हङकङका विभिन्न २० वटा स्कुलबाट २० वटा केस आएकाछ्न ।


मे ११ तारीख  तुङ चुङको तमजाई रेस्टुरेन्टमा थप ३ जना खाना खान गएका ग्राहकमा पोजेटिभ देखिएको छ । जसमा एक ३२ वर्षीया महिला, एक ४० वर्षीय पुरुष र एक ३३ वर्षीय पुरुष रहेका छन । त्यस रेस्टुरेन्टमा खाना खान गएका करिब २०० जना ग्राहक  अनिवार्य परीक्षणमा जानुपर्ने भएकोछ।

.क्वुन तङको १९-२१ सिङ यीप स्ट्रीट, किङ वीन फ्याक्ट्री बिल्डिङ, पहिलो तल्लामा रहेको इम्पेरियल किचन  क्लस्टरबाट थप ९ वटा केस आएका छ्न जसमा एक जना स्टाफ पनि परेका छ्न। यो क्लस्टरबाट कुल संक्रमितको संख्या २० पुगेको छ।

.स्यङ वानको स्काइ कुजिन रेस्टुरेन्टबाट थप ८ जना संक्रमित भएका छ्न । जसमा ३ जना कर्मचारी र ५ जना ग्राहक परेका थिए । यस पटक थपिएको ८ जना समेत गरेर यो क्लस्टरबाट संक्रमित हुनेको कुल संख्या ६४ पुगेको छ। संक्रमित मध्ये २०% मा कुनै लक्षण देखिएको थिएन ।

.हुङ हमको सन मोङ स्नुकर क्लब क्लस्टरबाट थप १ केस आएको छ। यो क्लस्टरबाट संक्रमित हुनेको संख्या   जम्मा १५ पुगेको छ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१४८
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ०
औसत मृत्यु दर: ०.७६५%

.अस्पताल भर्नारत भएका बिरामीको संख्या : ६८६
.क्रीटिकल बिरामीको संख्या : १०
.सिरियस बिरामीको संख्या : १५
.आइसियुमा कृटिकल बिरामीको संख्या : २
.निको भएको बिरामीको संख्या : ८८
.डिस्चार्ज भएको बिरामीको संख्या : ७०
.अस्पताल भर्ना हुँदा पत्ता लागेको केस : १ र क्लोज कन्ट्याक्टमा परेको व्यक्तिको संख्या :२

. अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या : २२,९१७
.निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २२,७६६

.सिउ लाम मानसिक रोग केन्द्रको हिरासतमा रहेका एक व्यक्ति संक्रमित भएका छ्न । उनको संसर्गमा रहेका ७ जना क्लोज कन्ट्याक्ट सुचीमा परेका छ्न। एक जना वार्ड सहायक पनि संक्रमित भएका छ्न।

तपाईको प्रतिक्रिया