क्रान्ति सुब्बा

मे १६ तारीख सोमबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २३४
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ११३
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १२१
.कुल संक्रमित संख्या : १,२०८,७४० (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३६१
.आयातित केस संख्या : ४२ जना

आयातित केसमध्ये ३२ जना विमानस्थलमा पत्ता लागेका  थिए । जसमा अमेरिका , युके,टर्की , जापान र क्यानाडाबाट  आएका यात्रु परेका छ्न।

ती मध्ये ६ जना क्वारेन्टाइन होटलमा भेटिएका थिए भने आइसोलेसन पूरा गरिसकेपछि एउटा जोडीमा पोजेटिभ देखिएको थियो । संयुक्त राज्य अमेरिकाबाट मे ३ मा हङकङ आइपुगेका ती दम्पती मे १० मा क्वारेन्टाइन होटलबाट निस्किएका थिए। तर सो तल्लामा ती दुई केस बाहेक  अन्य  केस भने फेला परेन।

आयातित मध्ये एक जना सामुदायिक गतिविधिमा संलग्न भएका थिए । उनी हङकङ आएको बाह्रौं दिनमा पोजिटिभ भएका थिए र उनको सिटि भ्याल्लु १५ देखि १६ थियो । भाइरसको मात्रा पनि  उनमा उच्च थियो। पूर्ण आनुवंशिक विश्लेषणको नतिजाको आधारमा अधिकारीहरूले उनको संक्रमण स्थानीय समुदायभित्र नै भएको हो कि भन्ने  शंका गरेका छ्न । अर्को केसको सिटि भ्याल्लु अपेक्षाकृत कम अर्थात ३२ थियो।

.हङकङका विभिन्न ३१ वटा स्कुलबाट ३५ वटा केस आएकाछ्न जसमा २९ जना विद्यार्थी ६ जना शिक्षक परेका छ्न। केहि केसहरु सप्ताहन्त तिर संक्रमित भएका थिए ।

.क्वुन तङको १९-२१ सिङ यीप स्ट्रीट, किङ वीन फ्याक्ट्री बिल्डिङ, पहिलो तल्लामा रहेको  इम्पेरियल प्राइभेट किचन नामको भान्सा कोठामा जन्मिएको नयाँ क्लस्टरबाट थप एक नारी र एक पुरुष कस्टमर संक्रमित भएका छ्न। । यो भन्दा अघि अथवा  ९ तारीख सोमबार साँझ ५ बजेपछि खाना खान गएका ९ जना ग्राहक संक्रमित भएका थिए र अहिले थपिएको २ जना समेत गरेर कुल संक्रमितको संख्या ११ पुगेको छ। ती ११ जना अन्तर्गत २८ वर्ष देखि ६९ वर्ष बीचका ८ जना पुरुष र ३ जना महिला परेका छ्न। संक्रमित मध्ये ८ जनाले खोपको तेस्रो खुराक ग्रहण गरेका थिए भने अन्य तीन जनाले दुई खुराक ग्रहण गरेका थिए ।
स्वास्थ्य बिभागले उक्त रेस्टुरेन्टबाट २१ थान पर्यावरणीय नमुना संकलन गरेका थिए जसमा सबैको नतिजा नेगेटिभ आएको थियो ।


.स्यङ वानको स्काइ कुजिन रेस्टुरेन्टबाट थप ४ जना संक्रमित भएका छ्न । थपिएको ४ जना समेत गरेर यो क्लस्टरबाट संक्रमित हुनेको कुल संख्या ५६ पुगेको छ। नयाँ संक्रमित हुनेमा ३ जना महिला  र १ जना पुरुष  परेका छ्न जो मे ७ तारीखका दिन यस रेस्टुरेन्टमा गएका थिए । केहि समय अघि यहाँबाट ५ थान पर्यावरणीय नमूना संकलन गरिएको थियो जसको नतिजा पनि पोजिटिभ आएको थियो ।

.हुङ हमको सन मोङ स्नुकर क्लब क्लस्टरबाट थप १ केस आएको छ। थपिएको केसमा पर्ने व्यक्ति एक ६३ वर्षका पुरुष ग्राहक रहेका छ्न जो मे ९ तारीख क्लब गएका थिए  र मे १३ तारीख उनमा लक्षण देखापरेको थियो । यो क्लस्टरबाट संक्रमित हुनेको संख्या १२ जना ग्राहक र २ जना स्टाफ गरि  जम्मा १४ पुगेको छ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१४८
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ०

.अस्पताल भर्नारत भएका बिरामीको संख्या : ७१२
.क्रीटिकल बिरामीको संख्या : १
.सिरियस बिरामीको संख्या : ०
.आइसियुमा कृटिकल बिरामीको संख्या : २

तपाईको प्रतिक्रिया