पछिल्लो  पुस्तामा कवि मिथोच  बिचारसहित नेपाली साहित्यमा आएको सुन्दर कवि हुनुहुन्छ । समकालीन लेखनमा विसंगतबाद र  यथार्थप्रतिको बिद्रोह  उहाँको कविताले बोकेका दुष्टिकोण हो  जसले कविताको भीडमा अलग स्वारुप उभिन सफल छ । प्रस्तुत छ साताको तीन कविता ।

उमेरको पात

जीवनको हाँगाबाट

झर्दै गईरहेको छ उमेरको पाच

पहिलो पातमा

म पनिबालक थिएँ

दोस्रो पातमा

वयस्क थिएँ

तेस्रो पातमा

वृद्व भएको छु ।

अनुहारमा

कोरिएका छन्

समयको कुचीले

वृद्व धर्साहरुको क्यानभास ।

मलाई त अनुहारका यी धर्साहरु

पिकासोले कोरेका धर्साहरु भन्दा

सुन्दर लागिरहेछ

नम्सी फु जस्तै

मलाई अनुहारको धर्साहरुसँग

गुनासो छैन

थाेरै पनि असन्तुष्टि छैन

म यी धर्साहरुमा

जीवनको पुर्णता पाउँछु ।

कुनै क्षण पनि

धर्साहरुमा

बिलाई जानेछ जीवन

धर्साहरुमा

मेटीजानेछ जीवन

यसरी

म दुःखी भइरहेको छैन ।

बिस्तारै

आँखा देख्ने छैन

कान सुन्ने छैन

सास फेर्ने छैन

कुनै दिन म यहाँ रहने छैन

यश कारण पनि म दुःखी भइरहेको छैन

किनकि

म आफूलाई थोपा थोपामा

छोड्दै छोड्दै जानेछु ।

फेरि पनि म यतैकतै रहिरहने छु ।

मृत्यु छैन

मान्छेहरुले घोषणा गरिदिएको

मृत्युपछि पनि

मेरो मृत्यु हुने छैन ।

 ऐँठन

हजार बर्षपछि

भयानक ऐँठनबाट ब्युँझिएको छु

टेकेर

अस्तित्वका पैतालाहरु ।

अब समयको

ऐँठन खेपेर युगको ओछ्यानमा

चुपचाप निदाउन सक्दिनँ

ऐँठन खेपेर

सबैभन्दा अप्ठ्यारो छ निदाउन

हजार बर्षपछि

मभित्रको उज्यालो स्पर्शले

ऐँठनको अँध्यारो स्पर्शले

ऐँठनको अँध्यारो छायाँबाट बौरिएको छु ।

अब

कसैको आदेश मानेर

ऐँठनको पदचापमुनि

घोडाको टापजस्तो टेकिएर

चुपचाप निदाउने छैन

कसैले आदेशमा चुपचाप चुपचाप निदाउनु

झन् खतरा ऐँठन हो ।

ऐँठन हुनु

एउटा युग एँठन हुनु हो

चेतनाको ओछ्यानबाट मृत हुनु हो

बिचारहरु

ऐँठन हुनु हो

सपनाहरु ऐँठन हुनु हो

फेरि अर्को बिहान नहुनु हो

रातो घामको डल्लोले

उज्यालो छर्न नयाउनु हो

भर्खरै म

ऐँठनको अँध्यारो छायाँबाट ब्यँुझिएको छु ।

डेरा

यो शहरमा

मेरो पनि एउटा डेरा छ ।

गाउँबाट

सपनाको झन्डा बोकेर

हतास आईपुगेको मानिस

यो सानो कोठामा डेराबन्दी छु ।

सपनाको जरा गाडेर

फैलिन खोजेको वर्षौ भईसक्यो

अझै म डेरामै छु ।

तपाईको प्रतिक्रिया