क्रान्ति सुब्बा । हङकङ ।
हङकङ स्वास्थ्य बिभागले रिपोर्ट गरे अनुसार शुक्रबार हङकङमा थप सात ओमिक्रोन भेरिएन्ट र पाँच वटा आयातित केस पत्ता लागेको छ। जसभित्र टुन मुन लक डाउनका कारक एयरपोर्टको शौचालय क्लिनर पनि परेका छ्न।
सात ओमिक्रोन केस अन्तर्गत १८ देखि ६१ वर्ष उमेर समुहका तीन पुरुष र चार महिला थिए। यी ओमिक्रोनधारीहरु सोमबार र बुधबार हङकङ भित्रीएका आयातित केसबाट आएका हुन।
तीमध्ये पाँच जना विमानस्थलमा पोजेटिभ देखिएका हुन भने बाँकी दुई जनाको क्वारेन्टाइन फेसिलिटीमा पोजेटिभ देखिएका हुन।
हालसम्म हङकङमा ओमिक्रोन केसको कुल संख्या ४१ पुगेको छ।
आजको आयातित पाँच केस अन्तर्गत दुई पुरुष र तीन महिला वर्ष २० देखि ६४ बीचका रहेका छ्न। जसभित्र बिहीबार राति टुनन मुनको सिउ हेइ कोर्टको ओन हेइ हाउसमा लक डाउन गराउने विमानस्थलको एक पुरुष टोइलेट क्लिनर पनि परेका छ्न ।
शुक्रबार बिहान लक डाउन हटाइएको थियो र परिक्षणमा कुनै पनि बासिन्दामा पोजिटिभ देखिएन।
क्लिनरले जुलाई १० र अगस्ट १० मा हङकङमा सिनोभ्याक भ्याक्सिनको दुई डोज लगाएका थिए। बुधवार उनमा लक्षण देखा परेको थियो ।
२० र २५ वर्षका दुई महिला बिरामी सोमबार हङकङ आइपुगेका थिए। पहिलो महिला जर्मनी र आयरल्याण्डबाट उडान LH796 र दोस्रो महिला अष्ट्रेलियाबाट उडान CX100 मार्फत आएका थिए । दुबैले जुलाई र मेमा क्रमशः बायोटेक भ्याक्सिनको दुई डोज लगाएका थिए।
२० वर्षीया महिला चिम शा चुइ स्थित होलिडे इन गोल्डेन माइल हङकङमा क्वारेन्टाइन बसेकी थिइन भने २५ वर्षीया महिलाले वान चाइ स्थित होटल इन्डिगो हङकङ आइल्याण्डमा क्वारेन्टाइन बसेकी थिइन र बुधबार उनिहरुमा लक्षणहरू देखापरेको थियो।
बाँकी दुई केसहरूमा ४६ वर्षीय पुरुष र अर्को २५ वर्षीया महिला बुधबार उडान ET608 मार्फत हङकङ आइपुगेका थिए। तिनीहरूले क्रमशः घाना र नाइजेरियाबाट इथियोपिया हुँदै यात्रा गरेका थिए।
ती पुरुषले जुन ५ र २६ मा हङकङमा बायोएन्टेक (BioNTech) भ्याक्सिनको दुई डोज प्राप्त गरेका थिए। महिलाले जुन २९ र अक्टोबर २८ मा नाइजेरियामा एस्ट्राजेनेका भ्याक्सिनको दुई डोज लिएकी थिइन। उनीहरू दुवैमा बुधबार लक्षणहरू देखा परेका थिए ।
गत १४ दिनको अवधिमा कुल ७२ केसहरू हङकङमा दर्ज भएका छ्न र सबै केस आयातित रहेका छ्न।
हङकङमा कोभिड संक्रमित संख्या हालसम्म १२,५५६
रहेको छ।





