क्रान्ति सुब्बा । हङकङ ।

हङकङ  सरकारले २०२२ देखि खोप कार्यक्रमलाई विस्तार गर्ने भनेको छ। जसमा खोप केन्द्रहरू खोल्ने समय विस्तार गर्ने र किशोरकिशोरीहरूलाई बायोएन्टेक(BioNTech) खोपको दोस्रो डोज प्रदान गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।

यो कार्यक्रम अन्तर्गत जनवरी १, २०२२ देखि दश मध्ये नौ सामुदायिक खोप केन्द्रहरूको खुल्ने समय विस्तार हुने भएको छ। बूस्टर खोप  प्राप्त गर्न योग्य नागरिकहरूलाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सेवा प्रदान हुनेछ ।

नौ सामुदायिक खोप केन्द्रहरू जाभा रोड स्पोर्ट्स सेन्टर, क्वुन चुङ स्पोर्ट्स सेन्टर, युन वो रोड स्पोर्ट्स सेन्टर, साई वान हो स्पोर्ट्स सेन्टर, हिउ क्वाङ स्ट्रीट स्पोर्ट्स सेन्टर, लाइ चि कोक पार्क स्पोर्ट्स सेन्टर, युन लङ स्पोर्ट्स सेन्टर, CUHK मेडिकल सेन्टर र ओस्मान रामजु सादिक मेमोरियल स्पोर्ट्स सेन्टर रहेका छ्न।

ग्लेनेगल अस्पताल हङकङमा रहेको HKU सामुदायिक खोप केन्द्रको खुल्ने समय यथावत  रहनेछ। हप्ताभरि  दिनमा बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म र सप्ताहन्तमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला रहनेछ। खोप  केन्द्र बुधबार बन्द हुनेछ।

पहिलो तीन खोप केन्द्रहरूले सिनोभ्याक खोप वितरण   गर्नेछ।  बाँकी सात केन्द्रहरूले बायोनटेक खोप वितरण  गर्नेछ।

बायोएन्टक  (BioNTech) खोपको दोस्रो डोज प्राप्त गरेको ६ महिनापछि नागरिकहरूले बुस्टर खोप पनि प्राप्त गर्न सक्छन।  रिजर्भेसन जनवरी १, २०२२ मा बिहान ८ बजे देखि उपलब्ध हुनेछ।

निको भएका कोभिड बिरामीहरूले खोपको पहिलो डोज प्राप्त गरेको ६ महिनापछि खोपको दोस्रो डोज प्राप्त गर्न सक्छन।

बायोएन्टेक( BioNTech )भ्याक्सिनको एक डोज प्राप्त गरेका १२ देखि १७ वर्षका किशोरकिशोरीहरूको हकमा उनीहरूले जनवरी १, २०२२ मा बिहान ८ बजेदेखि दोस्रो डोज लिन वा रिजर्भेसन गर्न सक्छन।

त्यतिन्जेलसम्म मायोकार्डाइटिस वा पेरीकार्डाइटिस जस्ता हृदयाघात हुने जोखिमलाई कम गर्न किशोरकिशोरीहरूको तिघ्रामा खोप लगाइनेछ।

तपाईको प्रतिक्रिया