क्रान्ति सुब्बा । हङकङ ।
अडियो समाचार सुन्न तल क्लिक गर्नुहोस
हङकङमा आज सोमबार नौ वटा आयातित केस देखा परेको छ र सबै आयातितमा ओमिक्रोन भेरिएन्ट हुन सक्ने शंका गरिएको छ। आज रिपोर्ट भएको आयातित अन्तर्गत एक जना क्याथे प्यासिफिकका एयर क्रु मेम्बर पनि परेका छ्न । आज नै मङ कोक स्थित एक आवासीय ब्लकलाई अनिवार्य परीक्षणमा जानुपर्ने सूचना जारी गरिएको छ।
काजाकस्तानमा भएको एसियाली च्याम्पियनसिपमा भाग लिएका अन्य दुई कराते खेलाडीमा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि सो खेलकुद कार्यक्रमसंग संबंधित संक्रमितको संख्या ७ पुगेको छ ।
सेन्टर फर हेल्थ प्रोटेक्शनले दिएको जानकारी अनुसार नयाँ आयातित केसहरूमा १९ देखि ५९ वर्ष उमेरका पाँच पुरुष र चार जना महिला छन। तिनीहरू अष्ट्रेलिया, फ्रान्स, दक्षिण कोरिया, साउदी अरेबिया, दक्षिण अफ्रिका, युनाइटेड किंगडम, काजाकिस्तान, केन्या र कतार गएका थिए।
संक्रमित मध्ये एक ४२ वर्षीय एयर क्रू मेम्बर थिए जो टावर ७, फेज १, पार्क एभिन्यू, १८ होई टिंग रोड, मङ कोकमा बस्छन।
उनी डिसेम्बर २२ मा हङकङबाट अष्ट्रेलिया प्रस्थान गरेकी थिइन र डिसेम्बर २४ मा उडान CX138 बाट हङकङ फर्किएकी थिइन।
उनी पहिले आयातित एक केसवालाको सहकर्मी हुन। पेन्नी बे क्वारेन्टाइन सेन्टरमा क्वारेन्टाइन बसेको बेला गरिएको परिक्षणबाट डिसेम्बर २५ मा उनी सकारात्मक ठहरिएकि हुन।
इन्क्युबेशन अवधिमा पोजिटिभ व्यक्तिले हङकङमा कुन कुन ठाउँ बसोबास र घुमघाम गरेका छ्न ती स्थानहरुलाई अनिवार्य परीक्षणमा जानुपर्ने सूचना जाहेर स्वास्थ्य बिभागले गरेको छ।
केन्द्रले सांघाईमा कोभिड-१९ पुष्टि भएको एक केसमाथि पनि अनुसन्धान गरिरहेको छ । उनी एक २६ वर्षीय पुरुष हुन जो क्राउन प्लाजा काउलुन ईस्टमा बस्छन। उनी डिसेम्बर १९ मा उडान एमयू ५०८ मार्फत सांघाई गएका थिए र डिसेम्बर २४ मा पोजिटिभ पुष्टि भएका थिए । इन्क्युबेशन अवधिमा ती बिरामीले हङकङमा बसोबास गरेको, काम गरेको र भ्रमण गरेको ठाउँहरूलाई अनिवार्य परीक्षण सूचनामा समावेश गरिएको छ।
एशियाली च्याम्पियनसिपमा भाग लिएर गत बिहीबार काजाकिस्तानबाट सियोल हुँदै हङकङ फर्केका सात जना कराते खेलाडीहरू पोजिटिभ पुष्टि भएका छ्न।
ती खेलाडीहरुमा राष्ट्रिय खेलकुदका कास्य पदक विजेता लाउ चि-मिङ -जो महिला काता प्रतियोगितामा कास्य पदक जित्ने ओलम्पियन ग्रेस लाउ मो-श्युङकि भाइ हुन – पनि परेका छ्न।
लाउ चि-मिङले सो कार्यक्रममा सामेल विश्वभरका कम्तीमा ६० जना खेलाडीलाई सङक्रमण भएको बताए ।
काजाकिस्तानका होटलका कामदारहरूले मास्क लगाएका थिएनन। फेरि धेरै खेलाडीहरूले प्रतियोगिता स्थलमा मास्क लगाउने आवश्यकतालाई बेवास्ता गरेको पनि देखियो लाउले भने।
खेलाडीहरुलाई मात्र प्रवेश हुनुपर्ने नियमलाइ तोडेर प्रतिस्पर्धाको फाइनलमा स्थानीयहरूलाई पनि प्रतिस्पर्धा स्थलमा प्रवेश गर्न दिइएको थियो।