क्रान्ति सुब्बा । हङकङ ।

हङकङमा आइतवार नौ आयातित कोविड-१९ केस फेला परेका छ्न। जसभित्र  इन्क्युबेशन अवधिमा हङकङमा रहेको एकजना व्यक्ति पनि परेका छ्न जसका कारण  तुङ चुङ स्थित  भिजनरी भन्ने स्थलमा अनिवार्य परीक्षण सुरु भएको छ।

ती संक्रमित  स्थानीय विमान चालक दलका ४६ वर्षीय पुरुष तुङ चुङको भिजनरीको टावर ३ मा बस्दथे।  डिसेम्बर १९ र २० मा उनको कोभिड–१९ को परीक्षण नेगेटिभ आएको थियो ।

उनी डिसेम्बर २२ मा हङकङबाट संयुक्त राज्य अमेरिकाका लागि प्रस्थान गरेका थिए र डिसेम्बर २५ मा अमेरिकाबाट सीएक्स ८४५ उडानबाट हङकङ फर्केका थिए । उनी हङकङ आइपुगेपछि गरिएको टेस्ट नतिजामा भाइरसको  N501Y स्ट्रेन देखिएको थियो ।

इन्क्युबेशन अवधिमा उनले हङकङमा बसोबास  र भ्रमण गरेका ठाउँहरूलाई अनिवार्य परीक्षणमा जानुपर्ने सुचीमा समावेश गरिएको छ।

अनिवार्य परीक्षण सूचना जाहेर भए  अनुसार डिसेम्बर ८ देखि डिसेम्बर २५ सम्मको अवधिको जुनसुकै समयमा २ घण्टाभन्दा बढी समय तुङ चुङ स्थित भिजनरी टावर ३ मा पुगेका जो कोहीले २८ डिसेम्बरभित्र परीक्षण गराउनुपर्ने छ ।

अन्य आठ आयातित केस अन्तर्गत  डिसेम्बर २४ मा टर्की हुँदै TK083 उडानमा पाकिस्तानबाट हङकङ आइपुगेकी एक ४३ वर्षीया महिला पनि समावेश थिइन। उनी लक्षणहिन (एसिम्प्टोमेटिक)थिइन र हङकङ आएपछिको परिक्षणमा उनमा L452R उत्परिवर्तित शिरा देखिएको थियो ।

एउटी १९ वर्षीया युवती डिसेम्बर २४ मा क्यानडा हुँदै AC015 उडानमा अमेरिकाबाट हङकङ आइपुगेकी थिइन। उनी बिना लक्षण  (एसिम्प्टोमेटिक) कि थिइन र उत्परिवर्तीत स्ट्रेन N501Y र T478K बोकेकी थिइन।

अर्का थिए डिसेम्बर २२ मा इथियोपिया हुँदै नाइजेरियाबाट ET608 उडानमा हङकङ आइपुगेका ४२ वर्षीय पुरुष। उनी लक्षणहिन (एसिम्प्टोमेटिक ) थिए र पेनी बे क्वारेन्टाइन सेन्टरमा बसेको बेला उनमा उत्परिवर्तीत स्ट्रेन N501Y र T478K देखियो।

अर्का एक ३१ वर्षीय पुरुष डिसेम्बर २२ मा इथियोपिया हुँदै ET608 विमानबाट दक्षिण अफ्रिकाबाट हङकङ आइपुगेका थिए। उनी लक्षणहिन (एसिम्प्टोमेटिक ) थिए र पेनीको बे क्वारेन्टाइन सेन्टरमा उनी पोजेटिभ पुष्टि भएका हुन।

अर्को केसमा एउटी २६ वर्षीया महिला डिसेम्बर २४ मा नेदरल्यान्ड हुँदै फ्रान्सबाट फ्लाइट KL819 मार्फत हङकङ आइपुगेकी थिइन। उनी पनि बिना लक्षणवाली (एसिम्प्टोमेटिक) थिइन र हङकङ उत्रेपछि विमानस्थलमा गरिएको टेस्टपछी उनमा दुइटा  म्युटेन्ट स्ट्रेन N501Y र T478K देखिएको थियो।

अर्को केस अन्तर्गत एउटी ५७ वर्षीया महिला दक्षिण अफ्रिकाबाट डिसेम्बर २२ मा इथियोपिया हुँदै ET608 विमानबाट हङकङ आइपुगेकी थिइन। उनमा डिसेम्बर २४ मा लक्षणहरू देखा परेका थिए  र पेन्नी बे क्वारेन्टाइन सेन्टरमा परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।

एक २६ वर्षीया युवती डिसेम्बर २२ मा संयुक्त अरब इमिरेटस हुँदै पाकिस्तानबाट उडान EK384 मार्फत हङकङ आइपुगेकी थिइन। उनी एसिम्प्टोमेटिक थिइन र साइ यिङ पुनको रामदा हङकङ हार्बर भ्यूमा बसेको बेला उनमा दुइटा उत्परिवर्तीत स्ट्रेन N501Y र T478K देखिएको  थियो।

बाँकी रहेको केसमा एक २१ वर्षीया महिला थिइन जो डिसेम्बर २० मा जर्मनी र आयरल्याण्डबाट उडान LH796 मार्फत हङकङ आइपुगेकी हुन।

उनी पहिले अर्थात डिसेम्बर २४ मा पुष्टि भएको आयातित केस – एक २० वर्षीया महिला जो जर्मनी र आयरल्याण्डबाट आएकी थिइन-  को घनिष्ठ  सम्पर्क( क्लोज कन्ट्याक्ट) मा थिइन ।

उनलाई यसअघि पनि जुन महिनामा आयरल्याण्ड गएको बेला संक्रमण भएको थियो । उनी एसिम्प्टोमेटिक (लक्षणशुन्य) थिइन र पेन्नी  बे क्वारेन्टाइन सेन्टरमा सकारात्मक पुष्टि भएको थियो।

यसका अलावा  टुन मुनको सिउ हेइ कोर्टको ओन हेई हाउस निवासी  निर्दिष्ट व्यक्तिहरूलाई यही  सोमबारसम्ममा अनिवार्य परीक्षण गराइसक्नु पर्ने सूचना पुनश्च स्मरण गराइएको छ।

ओन हेइ हाउस निवासी  विमानस्थलमा काम गर्ने एक ६४ वर्षीय पुरुष टवाइलेट क्लिनर पोजिटिभ पुष्टि भएपछि  उक्त सूचना जारी गरिएको हो ।

ती क्लिनर स्वयं पनि  बारम्बार नियमित कोभिड परीक्षणमा जानुपर्ने भएको छ। डिसेम्बर २२ मा संकलित   उनको नमूनाबाट  प्रारम्भिक पोजिटिभ भएका थिए । उनमा सोही दिन लक्षण देखा परेको थियो भने   डिसेम्बर २४ मा पुर्ण पोजेटिभ पुष्टि भएका थिए ।

तपाईको प्रतिक्रिया