क्रान्ति सुब्बा

पेन्नी बे क्वारेन्टाइन सेन्टरमा काम गर्ने अर्कि सुरक्षा गार्ड पनि संक्रमित

चुन मुनको होई ताक गार्डेनमा बस्ने एक महिला नर्सको केस कृत्रिम पोजेटिभ भएको खुलासा भएको थियो । उनले पेश गरेको नमुनालाई   खोपभित्र हुने भाइरस स्ट्रेनले  दूषित तुल्याएको तथ्य पत्ता लागेपछि  स्वास्थ्य अधिकारीहरूले उनको केसलाई शुक्रबार पोजिटिभको सुचीबाट हटाएका थिए ।

उनी बसेको आवासीय भवनलाई बिहीबार राति लकडाउन गरिएको थियो । कुल परिक्षणमा केवल एक व्यक्तिको नमूना अनिश्चित थियो। तर ती अनिश्चित व्यक्तिको पछिल्लो चोटिको नमुना नेगेटिभ आएको थियो । यसर्थमा त्यस भवनको कुनै बासिन्दा पनि  संक्रमित भएको ठहर भएन। 

जनवरी १४ तारीखको केसको हकमा  सेन्टर फर हेल्थ प्रोटेक्शनले एक स्थानीय केस, छ आयातित केस र दुई आयातीतसंग सम्बन्धित केस सहित नौवटा पुष्टि भएका केसहरु  रिपोर्ट गरेको थियो ।

सरुवा रोग शाखा प्रमुख  चुआङ सुक-क्वानले जेपी पार्टनर्स मेडिकलद्वारा सञ्चालित डा. च्यङ चे-मान क्लिनिकमा काम गर्ने नर्सले पेश गरेको नमूनामा  खोपमा प्रायः पाइने भाइरस स्ट्रेन D614D पत्ता लागेको बताइन।

सरकारी सल्लाहकार युन क्वक- युङको टोलीद्वारा गरिएको थप परीक्षण पछि नर्सको नमूना दूषित भएको प्रष्ट भयो  र उनी वास्तवमा कोभिड-१९ बाट संक्रमित नभएको पुष्टि भएको थियो ।

यात वान हाउस, तिन यात एस्टेटमा बस्ने फुडपान्डा राइडर जनवरी १४ तारीख   स्थानीय केसको रूपमा रिपोर्ट गरिएका एक मात्र व्यक्ति थिए। र उनको संक्रमण स्रोत पत्ता लाग्न सकेको थिएन ।

उनलाई हिजो जनवरी १३ तारीखको ट्राफिक घटनापछि अस्पताल पठाइएको थियो र त्यहाँ गरिएको टेस्टले उनमा पोजेटिभ देखाएको  थियो । अस्पतालमा रहँदा  धेरै पटक उनको कोभिड परिक्षण नेगेटिभ आएको थियो । तर  उनको एउटा परिक्षित नमुनाको परिणाम भने पोजिटिभ आयो र उनमा भेरिएन्ट स्ट्रेन  N501Y पनि भेटियो । लो भाइरल लोड भएको उनको नमूनामा अर्को म्युटेन्ट स्ट्रेन T478K पनि थियो भन्ने कुरा  स्वास्थ्य अधिकारीहरूलाई थाहा थिएन । यस मानेमा  उनी पुन: पोजिटिभ भएको  केस पनि हुन सक्छन। त्यसकारण उनको केसलाई  थप परीक्षण गर्न आवश्यक छ भनिएको थियो ।

जनवरी १४ तारीख शुक्रबार रिपोर्ट भएका प्रारम्भिक पोजिटिभ केसहरू मध्ये एक ५१ वर्षीया महिला परेकी थिइन । उनी पेन्नि बे क्वारेन्टाइन केन्द्रमा संक्रमित महिला सुरक्षा गार्डकि  सहकर्मी हुन।  ती महिला च्यङ क्वान ओ स्थित बौहिनिया गार्डेनको ब्लक ४ मा बस्छिन। उनी  अन्तिम पटक मंगलबार काममा गएकी थिइन।

ति महिला र संक्रमित गार्ड दुबैले काममा सुरक्षात्मक कपडा लगाएका थिए।  उनीहरूले संगै खाना खाएका थिए र एउटै कोठामा लुगा फेरेका थिए । उनीहरु बीच सम्भावित क्रस-संक्रमण भएको हुनसक्ने बताइएको थियो । उनी चिङ यीको मेरिटाइम स्क्वायरमा रहेको KFC आउटलेट, TKO प्लाजाको ताई हिङ रेस्टुरेन्ट र च्यङ क्वान ओ मार्केटमा गएकी थिइन।

दुवै गार्डले चाइनिज ओभरसिज प्रोपर्टी सर्भिसेज लिमिटेडमा पनि  सँगै काम गरेका थिए ।

मेपल गार्डन फेज ३ मा बस्ने  एक पुष्टि  रोगीको निकट संपर्कमा रहेका एक व्यक्तिमा प्रारम्भिक पोजिटिभ देखिएको थियो क्वारेन्टाइन बसेको अबधिमा।

हाइसन प्लेस, कजवे बेको नाबे उरावा हटपट क्लस्टरको सन्दर्भमा गत मंगलबार ( ४ जनवरी ) चार वटा टेबलमा बसेका डिनर गर्नेहरुले  आफ्नो  बिलको भुक्तानी नगदमा गरेका थिए भने अन्यले  क्रेडिट कार्ड मार्फत भुक्तान गरेका थिए । क्वारंटाइन सेंटरमा कुल ११ कर्मचारी र १० भोजन ग्रहण गर्ने ग्राहकलाई पठाइएको थियो ।

जनवरी १४ तारीख शुक्रबार सम्म हङकङमा ओमिक्रोन संक्रमित केस संख्या ३२७ पुगेको थियो ।  कुल कोविड केस १३,०२५ थियो ।


फेब्रुअरी ४ तारीख पछि सामाजिक दुरिको नियम खुकुलो हुने

जनवरी १४ तारीख शुक्रबार १९:०० बजे

हङकङ सरकारले जारी गरेको कडा सामाजिक दूरी संबंधी नियमलाई अरु दुई हप्ता थपिने घोषणा हङकङकि कार्यकारी प्रमुख क्यारी लामले एक पत्रकार सम्मेलनमा गरिन। लुनार अर्थात चिनियाँ  नयाँ वर्षको तेस्रो दिन फेब्रुअरी ३ सम्मको लागि थपिने यो नियम लागु भएको अवधिमा कुनै पनि उत्सव जन्य गतिविधि जस्तै फ्लावर मार्केटका गतिविधि  र नयाँ वर्षको उपलक्ष्यमा हुने सबै मेलाहरू  रद्द गरिनेछ।

क्यारी लाम

हालको सामाजिक दूरी संबंधी मापदण्डअनुसार  रेस्टुरेन्टहरूले साँझ ६ बजे पछि भोजन सेवा प्रदान गर्न पाउदैनन। सिनेमा, मनोरन्जन केन्द्र, कराओके लगायतका परिसर  बन्द गरिएको छ।

महामारीको स्थितिमा हठात परिवर्तन नआए फेब्रुअरी ४ तारीख उप्रान्त क्रमशः सामाजिक दूरीका नियमहरुलाई  खुकुलो तुल्याउदै लान सकिने संकेत लामले दिइन।

हाल  बन्द अवस्थामा रहेका निर्धारित परिसरहरु जस्तै ब्यूटी पार्लर र फिटनेस सेन्टर आदि पुन: खोल्नु परेमा  “भ्याक्सिन बबल” को दायराभित्र ल्याएर खुल्ला गरिनेछ । जसको अर्थ हो यी परिसरहरूमा प्रवेश गर्नु अघि नागरिकहरूले अनिवार्य  खोप लगाउनु पर्छ।

महिला सुरक्षागार्ड बस्ने भवनमा लकडाउन

जनवरी १४ तारीख शुक्रबार २१:०० बजे

च्यङ क्वान ओको तोङ चुन स्ट्रिटमा रहेको बाउहिनिया गार्डनको टावर ४ मा आज जनवरी १४ तारीख  शुक्रबार राति लकडाउन गरिएको  थियो। पेन्नी बे क्वारेन्टाइन सेन्टरमा सुरक्षागार्डको रूपमा कार्यरत  यस भवन निवासी एक महिला  त्यहाँ बस्ने पेनीज बे क्वारेन्टाइन सेन्टरकी एक महिलामा प्रारम्भिक पोजेटिभ देखिएपछि यो तालाबन्दी गरिएको हो।

शनिबार (जनवरी १५) बिहान ७.३० बजे लकडाउन खुकुलो हुने अपेक्षा गरिएको थियो  ।

खोप लगाइएका व्यक्ति र परीक्षण नेगेटिभ आएका व्यक्तिले पनि  परिक्षणमा भाग लिनु पर्दछ। भाइरसको भेरिएन्ट प्रकोपका कारण सबैलाई अनिवार्य परिक्षणमा राखिएको हो।

प्रारम्भिक पोजेटिभ उक्त ५१ वर्षीया महिला यस महिनाको सुरुमा रिपोर्ट गरिएको अर्कि  संक्रमित गार्डकी सहकर्मी हुन र उनी अन्तिम पटक मंगलबार (जनवरी  ११)काममा  गएकी थिइन।

रेस्टुरेन्टको प्लास्टिक बेरिएरले हावालाई रोक्ने जसले गर्दा संक्रमण जोखिम बढने

१५ जनवरी १६:०० बजे शनिबार

स्वास्थ्य विज्ञ गेब्रियल ल्यङले  ओमिक्रोन भेरिएन्ट हावाबाट सर्ने भएकोले हावाको निस्कन्टक प्रवाह अति जरुरी भएको बताएका छ्न। हङकङका रेस्टुरेन्टहरुमा  संक्रमण जोखिम कम गर्न राखिएको प्लास्टिकको तख्ताहरूले हावाको स्वतन्त्र प्रवाहलाई असर गर्न सक्ने  बताएका थिए ।

शनिबार एक रेडियो कार्यक्रममा बोल्दै हङकङ युनिभर्सिटी ली का शिङ फ्याकल्टी अफ मेडिसिनका डीन ल्यङले रेस्टुरेन्टहरूमा प्लास्टिकका यस्ता वेरियर  राख्नु  भनेको भाइरसलाई रोकेको स्वांग रच्नु जस्तो कुरा मात्र हो भने।

उनले अध्ययनले निकालेको तथ्यको हवाला दिदै  ओमिक्रोन संस्करण हावाबाट फैलिने हो श्वासप्रश्वासबाट  निस्कने राल खकारका अदृश्य कणहरू मार्फत होइन भने। टेबलमा राखिएका ती प्लास्टिक बोर्डहरूले हावाको प्रवाहलाई रोक्दछ जसले गर्दा ताजा हावाले फेरिने मौका पाउदैन उनले थपे।

कार्गो फ्लाइटकि क्याबिन क्लिनर संक्रमित

१५ जनवरी शनिबार १८:०० बजे

पेन्नी बे क्वारेन्टाइन सेन्टरमा सुरक्षागार्डको रूपमा कार्यरत एक ५१ वर्षीया महिला सहित जम्मा पाँच पुष्टि  केसहरू आज हङकङमा देखिएका छ्न।

जसमध्ये  तीन वटा केस आयातित हुन भने दुई वटा आयातीत केससंग-सम्बन्धित छन। आजको चार वटा  केसमा  म्युटेन्ट स्ट्रेन N501Y र T478K भेटिएको थियो । कुनै पनि केसमा म्युटेन्ट स्ट्रेन देखिनु भनेको सम्भावित ओमिक्रोन संक्रमणको संकेत हो।

सेन्टर फर हेल्थ प्रोटेक्शनका  चुआंग शुक-क्वानका अनुसार ४१ वर्षीया महिला कार्गो फ्लाइट केबिन क्लिनर सहित करिब १० वटा प्रारम्भिक पोजिटिभ केसहरू आज रिपोर्ट गरिएका थिए ।

संक्रमित सुरक्षा गार्ड च्यङ क्वान ओ स्थित बौहिनिया गार्डेनको ब्लक ४ मा बस्छिन र शुक्रबार राति उक्त भवनमा लकडाउन गरिएको थियो ।  करिब १,१०० बासिन्दाहरुको  परीक्षण नेगेटिभ आएको थियो । आज बिहान लकडाउन हटाइएको थियो । उनी यस भन्दा पहिले रिपोर्ट गरिएको अर्कि  संक्रमित गार्डकी सहकर्मी हुन।

अर्को सकारात्मक केसमा नर्थ प्वाइन्टको मेपल गार्डेन फेज III मा बस्ने ८५ वर्षीय व्यक्ति समावेश थिए । जसको परिवारको सदस्य पहिले पुष्टि भएका थिए । ती व्यक्तिलाई गत शनिबार क्वारेन्टाइन केन्द्रमा पठाइएको थियो र बिहीबार ज्वरो आएको थियो।  त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो र कोभिड-१९ पोजेटिभ देखिएको थियो।

चुआङले म्यापल गार्डेनमा भेटिएका तीनवटै केसहरूको आनुवंशिक अनुक्रम उस्तै रहेको बताइन। ति बिरामीहरू त्यस भवनका  बिभिन्न तलामा बस्छन र ठाडो प्रसारण चेन अन्तर्गत कोरोनाभाइरस पाइप वा ढलबाट फैलिएको हुन सक्ने निष्कर्ष उनले निकालेकी थिइन।

यसैगरी  चिङ  यीको च्यङ वाङ एस्टेट निवासी  केबिन क्लिनर महिला प्रारम्भिक पोजिटिभ अन्तर्गत परेकी थिइन । सिनोभ्याक भ्याक्सिनको दुई डोज लगाइसकेकी उनमा हिजो पोजेटिभ देखिएको थियो । यस अघि गरिएको  परीक्षण दुई पटक  नेगेटिभ आएको थियो ।

उनी प्रायजसो विमानको अगाडिको भाग सफा गर्थिन।  पाइलट वा एयरक्रूसँग सम्पर्कमा आउँदा उनलाई  भाइरस सरेको हुन सक्ने अनुमान गरिएको थियो ।

चुन मुन स्थित डा.च्यङ चे-मान क्लिनिकमा भएको संक्रमण खोपबाट सुरु भएको विश्वास गरिएको थियो ।  स्वास्थ्य अधिकारीहरूले क्लिनिकबाट विभिन्न  वातावरणीय नमूनाहरू पनि संकलन गरेका थिए र ती  ति
सबै नमुना पोजिटिभ पुष्टि भएका थिए । यसको मतलब नर्सले पेश गरेको नमूना जसलाई पछि गल्तीले पोजेटिभ  पुष्टि भएको केस भनिएको थियो, वास्तवमा त्यो दूषित भएको केस थियो।

केन्द्रले क्लिनिकलाई पातलो ब्लीच प्रयोग गरेर प्रभावित  क्षेत्रलाई कीटाणुरहित तुल्याउन  सल्लाह दिएको थियो ।

हाइसन प्लेस, कजवे बेमा रहेको नाबे उरावा  रेस्टुरेन्ट क्लस्टरमा करिब ३५ जनाको संलग्नता रहेकोे पत्ता लागेको थियो । र यस क्लस्टरबाट पोजेटिभ पुष्ठि भएका सबैलाई पहिल्याउने काम भैसकेको चुआङले बताइन।

चुआङले फुडपान्डा राइडरको टेस्ट रिजल्ट लगातार दुई दिन  नेगेटिभ आएको बताइन। यदि  भोलि पनि उनको टेस्ट नतिजा नेगेटिभ आएमा उनको  केस रि-पोजिटिभ अर्थात उनलाई  पुन संक्रमित भएको हो भनेर बुझ्नु पर्दछ। स्वास्थ्य अधिकारीहरूले उक्त फुडपान्डा डेलिभेरीमेनको सम्पर्कमा आएका ३० जना ग्राहकहरूलाई फेला पारेका छन। तर  सम्पर्क समय छोटो भएका कारण ग्राहकहरुलाई  अनिवार्य परीक्षण मात्र गर्ने आदेश दिइएको थियो ।

  आज सम्ममा हङकङमा ३९६ ओमिक्रोन केसहरू रिपोर्ट गरिएको छ।  समग्र कोभिड संख्या १३,०३० रहेको छ।

साम शुइ पो र चिङ यी लकडाउनमा शुन्य केस

१६ जनवरी आइतबार १३:०० बजे

आइतवार समाप्त भएको शाम शुई पोको तुङ मुन हाउस र चिङ यीको वाङ सिन हाउसको लकडाउनमा कुनै नयाँ कोविड-19 केस फेला परेन।

शनिबार राति घोषणा गरिएको रातभरको लकडाउनमा जम्मा १,६०६ जनाको परीक्षण गरिएको थियो।

गत शुक्रबार त्यहाँ बस्ने ४३ वर्षीया महिलाको प्रारम्भिक परीक्षणमा पोजेटिभ देखिएपछि तुङ मुन हाउसलाई लकडाउन गरिएको थियो ।

उनी डिसेम्बर २०, २०२१ मा पाकिस्तानबाट उडान EK384 मार्फत  हङकङ आइपुगेकि थिइन र याउ मा तेइको सिलका सीभ्यू होटल हङकङमा क्वारेन्टाइन पूरा गरेकी थिइन। क्वारेन्टाइन सकेर उनी गत सोमबार घर फर्किएकि हुन ।

तुङ मुन हाउसमा शनिबार राति ११ः३० बजेसम्म परीक्षण गराइएका ४२२ बासिन्दाहरूमध्ये कुनैमा पनि पोजेटिभ भेटिएनन । करिब १०० निवासीहरूको परीक्षण रेकर्डहरू जाँच गर्दा  सात जनाले परीक्षण पूरा नगरेको पाइयो।  उनीहरूलाई अनिवार्य परीक्षण आदेश जारी गरिएको थियो।

एक ४१ वर्षीया महिला कार्गो एयरक्राफ्ट क्याबिन क्लिनर  शुक्रबार प्रारम्भिक  पोजेटिभ भएपछि उनी बस्ने भवन  वाङ सिन हाउसलाई सरकारले  लकडाउन गरेको थियो।
हालमा उनले कतै  यात्रा गरेको  इतिहास छैन र गत  शुक्रबार अन्तिम पटक काममा गएकि थिइन । उनको काममा पनि  बारम्बार नियमित परीक्षण गर्नु पर्थ्यो।  उनको रिपोर्ट  पछिल्लो मंगलबार पनि नेगेटिभ आएको थियो ।

आइतवार बिहान १ बजेसम्म परीक्षण गराइएका १,१८४ निवासीहरूमध्ये कुनै व्यक्ति  पोजिटिभ भेटिएन। करिब २९३ बासिन्दाको परीक्षण रेकर्ड जाँच गरिएको थियो तर कसैले पनि सूचना उल्लंघन गरेको पाइएन ।

रेस्टुरेन्ट र एयरपोर्ट बसहरूलाई  अनिवार्य परीक्षण सूचना जारी

१४:०० बजे

नर्थ पोइन्टका धेरै रेस्टुरेन्ट र तीनवटा एयरपोर्ट बस मार्गहरु लगायत २१ स्थानलाई  आइतबार बिहानबाट  अनिवार्य परीक्षण सूचनामा संलग्न  गरिएका  थिए। यी स्थानहरुमा तीन जना प्रारम्भिक पोजिटिभ केस भएकाहरूले भ्रमण गरिएको थियो।

यी  २१ स्थान  भ्रमण गरेका जोकोहि व्यक्तिहरूले आइतवार भित्र नै कोभिड-१९ परीक्षण गर्नुपर्छ भनिएको थियो ।

1.  Café de Coral, Unit 221 – 222, 1/F, Maxi Mall, City Garden, 233 Electric Road, North Point;
2. जाभा रोड मार्केट, जाभा रोड म्युनिसिपल सर्भिस बिल्डिङ , 99 जाभा रोड, उत्तर बिन्दु;

3. फेयरवुड, पसल 23, G/F, ग्रीनविच सेन्टर, 252- 264 किंग्स रोड, फोर्ट्रेस हिल;

4. G/F, 143 इलेक्ट्रिक रोड, तिन हाउ;

5. चाइनिज रिक्रिएसन क्लब, हङकङ – चाइनिज रेस्टुरेन्ट, २/एफ, ब्लक डी, १२३ तुङ लो वान रोड, ताई ह्याङ;

6. बन हुई रेस्टुरेन्ट, पसल 1, G/F, फर्च्यून शपिंग सेन्टर, फॉर्च्यून एस्टेट, चेङ शा वान;

7. फुलम भोजनालय, पसल 2, G/F & 1/F, ट्रेड स्क्वायर, 681 Cheung शा वान रोड, Cheung Sha Wan;

8. मीट हन्टर, 1/F, ह्याङ्ग पोन्ट कमर्शियल बिल्डिंग, 31 टंकिन स्ट्रीट, चेङ शा वान;

9. Wins Cafe, 1/F, Wah Hoi Mansion, 276-280 Electric Road, North Point;

10. किंग प्राउन रेस्टुरेन्ट, पसल 4, G/F, चुंग आह बिल्डिंग, 358 डेस भोक्स रोड वेस्ट, साई यिङ पुन;

11. फेयरवुड, पसल 1, G/F, 148 इलेक्ट्रिक रोड, फोर्ट्रेस हिल;

12. एयरपोर्ट कम्युनिटी टेस्टिङ सेन्टर , ग्राउन्ड ट्राफिक लाउन्ज, हङकङ अन्तर्राष्ट्रिय एयरपोर्ट, लान्ताउ आइल्याण्ड;

13. McDonald’s, शप 115- 117, LG1, Cheung Hang Shopping Centre, 6 Liu To Road, Tsing Yi;

14. Cheung Hang मार्केट, G/F, Cheung Hang Shopping Centre, 6 Liu To Road, Tsing Yi;

15. पाक तिन कम्युनिटी  हल कम्युनिटी टेस्टिङ सेन्टर, G/F, पाक तिन कम्युनिटी  कम्प्लेक्स, पाक वान स्ट्रीट, शाम शुई पो;

16. हङकङ एयरक्राफ्ट इन्जिनियरिङ कम्पनी लिमिटेड, एप्रोन एरिया (गेट N24 नजिक), लेभल 4, टर्मिनल 1, हङकङ अन्तर्राष्ट्रिय विमानस्थल, फिमेल स्टाफ चेन्जिङ रुम

17. हङकङ एयरक्राफ्ट इन्जिनियरिङ कम्पनी लिमिटेड, एप्रोन एरिया  (गेट S25 नजिक), लेभल  4, टर्मिनल 1, हङकङ अन्तर्राष्ट्रिय विमानस्थल कन्ट्रोल रुम

18. हङकङ एयरक्राफ्ट इन्जिनियरिङ कम्पनी लिमिटेडको लाइन मर्मत कार्गो विभाग, कार्गो टर्मिनल, हङकङ अन्तर्राष्ट्रिय विमानस्थल;

19. ताइ कोक चुई (द्वीप हार्बरभ्यू) देखि एसियावर्ल्ड-एक्सपो सम्म रुट नम्बर E21 मा चल्ने बसहरू;

२०. एसियावर्ल्ड-एक्सपो देखि क्वाई फोङ (दक्षिण) सम्म रुट नम्बर E32 मा चल्ने बसहरू;

२१. क्वाई फोङ (दक्षिण) देखि एसियावर्ल्ड एक्सपो सम्म रुट नम्बर E32 मा चल्ने बसहरू

सरकारले आइतवार अनिवार्य परीक्षणको अधीनमा रहेका व्यक्तिहरूलाई निःशुल्क सेवाहरू प्रदान गर्न निम्न स्थानहरूमा मोबाइल नमूना सङ्कलन स्टेशनहरू स्थापना गर्ने वा पुन: खोल्ने छ:

1. मेपल स्ट्रीट खेल मैदान, शाम शुई पो (जनवरी 21 सम्म खुला);

2. हार्बर ग्रीन, ताई कोक चुई;

3. वाङ सिन हाउस, चेङ वाङ एस्टेट, चिङ यी;

4. Tsui Ning गार्डन, Tuen Mun;

5. एजियन कोस्ट, सो क्वुन वात

Tuen Mun मा निम्न मोबाइल नमूना सङ्कलन स्टेशनहरूको सेवा अवधि शुक्रवार सम्म विस्तार गरिनेछ र 8 बजे देखि 8 बजे सम्म खुला रहनेछ:

1. Tsing तिन खेल मैदान;

2. ताई हिङ कम्युनिटी  हल;

3. बटरफ्लाइ बे कम्युनिटी सेन्टर

5. सिउ लुन खेल मैदान;

६. याउ ओइ खेलकुद केन्द्र;

7. याउ ओइ एस्टेट फुटबल मैदान;

8. सान वो लेन खेल मैदान (जनवरी 17: 10 बजे देखि 8 बजे सम्म)

तपाईको प्रतिक्रिया