क्रान्ति सुब्बा

१९ वर्षीय विद्यार्थीका कारण लकडाउन

याउ तङको शुङ शान स्ट्रिटमा रहेको माया टावर १ निवासी एक १९ वर्षीय विद्यार्थी कोभिड–१९  प्रारम्भिक  पोजिटिभ भएपछि उक्त बिल्डिङमा जनवरी १२ तारिख राति  लकडाउन गरिएको थियो ।बिहीबार बिहान ७ बजे लकडाउन खुकुलो हुने बताइएको थियो  ।

त्यहाँका बासिन्दाहरूले मध्यरातसम्म परीक्षण गरिसक्नु पर्थ्यो।  जनवरी 3 देखि आज (जनवरी 12)सम्मको अवधि  बीच दुई घण्टा भन्दा बढी याउ तङको सो भवनमा  बिताएका  नागरिकहरूलाई  शुक्रबार (जनवरी 14) सम्ममा परीक्षण गरिसक्नु पर्छ भनिएको थियो ।

उक्त प्रारम्भिक पोजिटिभ केसवाहक  १९ वर्षीय विद्यार्थी प्रायः घर मै बस्तथे।  कहिलेकाहीँ  उनी कजवे बे स्थित  हङकङ सेन्ट्रल लाइब्रेरी अध्ययन गर्ने जान्थे ।  सेन्टर फर हेल्थ प्रोटेक्शनले दिएको जानकारी अनुसार उनी  ७१ वर्षीया महिलाको आफन्त थिए। ति महिलालाई आइतवार कोभिड  पुष्टि भएको  थियो। ती  युवक कजवे बे स्थित  आफ्नो आमाको घरमा पनि गएका थिए ।

हङकङ सेन्ट्रल लाइब्रेरी

तथ्यांकले देखाए अनुसार  पूर्ण खोप लगाएकी ती ७१ वर्षीया महिला नर्थ  प्वाइन्टको क्लाउड भ्यू रोड स्थित  फ्लोरा गार्डेनको ब्लक बी मा बस्छिन। उनी पेन्नि बे क्वारेन्टाइन सेन्टरमा बसिन र पछि अस्पताल भर्ना भइन।  उनी नर्थ प्वाइन्टको CITIC सेक्युरिटीमा पनि गएकी थिइन जहाँको एक कर्मचारीलाई पनि  पोजिटिभ भएको थियो ।

एबर्डिन र याउ तङको लकडाउनमा शुन्य केस

जनवरी १३ तारिख २०२२ ( १०:०० बजे)

एबर्डिन र याउ तङमा जारी लकडाउनमा लगभग २,८०० बासिन्दा माथि कोविड  परीक्षण भएको थियो । दुवै लकडाउन बिहीबार बिहान ७ बजेबाट हटाइएको थियो जसमा एउटा पनि पोजेटिभ केस फेला परेन।

याउ तङको ८ शुङ शान स्ट्रिटमा रहेको माया टावर १ का करिब ३३० जना बासिन्दाको परीक्षण नेगेटिभ आएको थियो  ।  एबरडीनको शेक पाई वान एस्टेटको पिक लङ हाउसका करिब २,१२५ बासिन्दाहरूमा  पनि कोरोनाभाइरस संक्रमण देखिएन ।

  एक १९ वर्षीय पुरुष विद्यार्थी जो प्रारम्भिक पोजेटिभ ठहर भएका थिए उनकै कारणले याउ तङ्गको लकडाउन भएको थियो। उनी वान चाइमा रहेको हङकङ ताङ किंग पो कलेजका विद्यार्थी हुन।  उनी पछिल्लो पटक स्कुल गएको मिति जनवरी ७ तारीख  शुक्रबार  हो।

प्रायजसो घर मै बस्ने ऊनी  कहिलेकाहीँ कजवे बेमा रहेको सेन्ट्रल लाइब्रेरी जाने गर्थे । उनी आइतबार पोजिटिभ पुष्ठि  ७१ वर्षीया महिलाको आफन्त थिए।

एबरडीन लकडाउन एक  २० वर्षीय  प्रारम्भिक पोजिटिभ केस भएका कारण   गरिएको थियो। ती व्यक्ति हङकङ विश्वविद्यालयका विद्यार्थी हुन। उनी  डस्टीकिड टि सप – लाइट एज डस्ट नामक शेङ वान र वान चाइ स्थित रेस्टुरेन्टमा पार्ट टाइम काम गर्थे । उनले हाइसान प्लेसको जापानी रेस्टुरेन्टमा एउटा कोभिड  पुष्टि  भएको बिरामीले खाना खाइरहेको समयमा आफुले पनि खाना खाएका थिए ।

हटपट खाना खादैमा वाष्पकण मार्फत भाइरस सर्दैन

१३ जनवरी २०२२ बिहीबार

स्वास्थ्यविदले रेस्टुरेन्टमा हटपट खाना खादैमा वाष्पकण अर्थात एरोसोल प्रसारण मार्फत संक्रमण हुने रिस्क नबढने बताएका थिए ।

हिजो जनवरी १२ तारिख कोरोना पोजिटिभ पुष्ठि भएका  एक जना विश्वविद्यालयका विद्यार्थीले कजवे बेको जापानी हटपट रेस्टुरेन्ट नाबे उरावामा खाना खाएका कारण विविध किसिमका  टिप्पणीहरू आएका थिए। उनले त्यहाँ हटपट खाइरहेको बेला  “बर्थडे पार्टी क्लस्टर”का बिरामीले पनि खाना खाइरहेका थिए ।

आज बिहान जनवरी १३ तारिख एक रेडियो कार्यक्रममा बोल्दै सरकारी सल्लाहकार युन क्वोक-युङले उक्त  विद्यार्थीमा एरोसोल ट्रान्समिशनबाट भाइरस नसरेको पनि  हुन सक्छ भनेका थिए ।

युनले हटपट खानाको भापले एरोसोल उत्पादन गर्दैन र वास्तवमा हटपट रेस्टुरेन्टहरूमा हावा परिवर्तन दर अन्य रेस्टुरेन्टहरूको तुलनामा धेरै उच्च हुने गरेको  बताए।

“उक्त विद्यार्थी पक्कै पनि त्यहाँ खान बसेका अर्का कोभिड  बिरामीको आसपास बसेका थिए ” युनले भने।

ती  दुई बिरामीहरू बीच निश्चित दुरि त पक्कै थियोे । त्यसकारण अरु नै  च्यानल मार्फत भाइरस सरेको  हुन सक्छ। जस्तै  रेस्टुरेन्टमा खाना बाडन प्रयोग गरिने  चिमटा मार्फत पनि सरेको हुन सक्छ युनले भने।

युनको दृष्टिकोणलाई अर्का  सरकारी सल्लाहकार डेभिड हुई शु-च्यङले प्रतिध्वनित गरेका थिए । उनले त  हटपटबाट निस्कने वाफले बरु  भाइरसलाई मार्ने काम गर्छ भनेका थिए ।

हटपट खाना खाएको आधारमा भाइरस फैलिने  जोखिमको स्तरलाई  मापन गर्न मिल्दैन । तर रेष्टुरेन्टमा महामारी नियन्त्रणका उपायहरू लागु भएको छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण छ। जस्तै रेस्टुरेन्टमा वायुको संचार राम्रोसंग भएको छ कि छैन ?  डिनर गर्नेहरु  बीच आवश्यक दूरी कायम राखिएको छ कि छैन ? हुइले भने।

हाइसान प्लेस कजवे बेको हटपट रेस्टुरेन्ट

श्वासप्रश्वास विशेषज्ञ ल्यङ चि-चिउले जोड दिदै भने हटपट खानाले संक्रमणको जोखिम नबढाए पनि  मानिसहरू उच्च जोखिम क्षेत्रमा नजानु नै उत्तम हो।

“उनीहरू एक अर्काको छेउमा पनि बसेका थिएनन” स्वास्थ्य बिभाग प्रमुख  चुवाङ सुक क्वानले  भनिन ।  “त्यहाँ केही टेबलहरू त बीचमा थिए तर पनि धेरै ठुलो ग्याप चाहिँ  थिएन। “यो सेटिङमा भाइरस कुन स्रोत प्रसारण भयो भन्ने कुरा हामीले बुझ्न सकेका छैनौं त्यसैले हामी चिन्तित छौं ।”

स्वास्थ्य अधिकारीहरू रेस्टुरेन्टभित्रको अवस्था छानबिन गर्न लागि परेका थिए । बिशेषगरि  भेन्टिलेशनको अवस्था जाँच  भैरहेको थियो ।

ती संक्रमित विद्यार्थी एबरडीनको शेक पाई वान एस्टेटको पिक लङ हाउसमा बस्छन ।

अनिवार्य परिक्षण नोटिस

१३ जनवरी २०२२ बिहीबार ( १५:०० बजे)

हङकङ सेन्ट्रल लाइब्रेरी लगायत विभिन्न २० स्थानहरुलाई   बुधबार राति अनिवार्य परीक्षण सूचना प्रदान गरिएको छ।

एक आयातित केस , एक सम्भावित आयातित केससंग सम्बन्धित केस र  चार  जना प्रारम्भिक पोजेटिभ केस वाहकद्वारा घुमफिर गरेका स्थानहरु हुन यी । 

यी  २० स्थानहरू भ्रमण गरेका व्यक्तिहरूले १३ जनवरी  बिहीबारसम्म कोविड परीक्षणहरू गर्नुपर्नेछ भनिएको थियो ।

1. पो तिन मार्केट, पो तिन शपिंग सेन्टर, पो तिन एस्टेट, 99 मिङ कुम रोड, चुन मुन;

2. टाउन हेल्थ मेडिकल सेन्टर शप 25, G/F, क्यारिबियन स्क्वायर, क्यारिबियन कोस्ट, 1 किन तुङ रोड, तुङ चुङ;

3. हङकङ ताङ किंग पो कलेज, 25 र 27 केनेडी रोड, वान चाइ;

4. हङकङ सेन्ट्रल लाइब्रेरी , 66 Causeway Road, Causeway Bay;

5. लेई तुङ कम्युनिटी  हल, लेई तुङ इस्टेट, आप लेई चाउ;

६. कोको इचिबान्या, पसल ४०२, ४/एफ, विन्डसर हाउस, ३११ ग्लुसेस्टर रोड, कजवे बे;

७. सुशिरो, पसल २०१, २/एफ, इन्फिनिटस प्लाजा, १९९ डेस भोउक्स रोड सेन्ट्रल, शेङ वान;

8. फूड रिपब्लिक डोमेन, पसल 308-312, डोमेन, 38 को चिउ रोड, याउ तङ

9. ग्रीन रिभर रेस्टुरेन्ट, पसल 1, G/F, 106-110 Tsat Tsz Mui Road, North Point;

१०. बिग ब्रदर चाइनिज क्याफे, शप W62, 2/F, Tsui Lam Market Place, Tsui Lam Square, 11 Tsui Lam Road, Tseung Kwan O;

11. Tamjai Yunnan Mixian, Shop B&C, G/F, Rialto Mansion, 177-191A King’s Road, Fortress Hill, North Point;

12. ग्रीन रिभर रेस्टुरेन्ट, G/F, 19A फोर्ट स्ट्रीट, नर्थ प्वाइन्ट;

13. जाभा रोड मार्केट, जाभा रोड म्युनिसिपल सर्भिस बिल्डिङ, 99 जाभा रोड, उत्तर बिन्दु;

14. वेलकम, G/F, फोर्ट्रेस मेट्रो टावर, 238 किंग्स रोड, हङकङ;

15. डस्टीकिड चिया पसल – लाइट एज डस्ट, शप ई, जी/एफ, सन काई म्यानसन, 38-46 हेनेसी रोड, वान चाइ;

१६. ब्राइड स्वीट वेडिङ, युनिट ५०२, ५/एफ, टक वू हाउस, १-३ वो अन लेन, १७-१९ डी’एगुलर स्ट्रीट, सेन्ट्रल;

17. ब्लक B3, B4 र C2, कोरल कोर्ट, 51-67 क्लाउड भ्यू रोड, नर्थ पोइन्ट;

18. मेपल गार्डन फेज III, 51 किन वाह स्ट्रीट, नर्थ प्वाइन्ट;

19. एक्सिडेन्ट एन्ड इमर्जेन्सी डिपार्टमेन्ट , क्वीन मेरी अस्पताल, 102 पोक फु लाम रोड, हङकङ;

20. Congee & Noodles, G/F, Block K, Queen Mary Hospital, 102 Pok Fu Lam Road, Hong Kong

चुन मुनमा दुई जना नर्स पोजिटिभ

१३ जनवरी २०२२ बिहिवार १९:०० बजे

चुन मुनको  एउटै क्लिनिकमा काम गर्ने दुई नर्सहरूमा  प्रारम्भिक पोजेटिभ देखा परेपछि अधिकारीहरू त्यहाँ भाइरस संक्रमणको साइलेन्ट ट्रान्समिसन चेन सक्रिय थियो कि थिएन पत्ता लाउन अनुसन्धानमा लागेका थिए ।

यी दुई केस बिहीबार स्वास्थ्य अधिकारीद्वारा  रिपोर्ट भएका १० भन्दा कम प्रारम्भिक पोजेटिभ केस अन्तर्गत थिए।
अहिलेको यो महामारी पुर्ण रूपमा नियन्त्रणमा आइसकेको छ या छैन निर्क्योल गर्न अहिले नै सकिन्न भनेर अधिकारीहरूले भनेका थिए ।

संक्रमित नर्स मध्ये एक २१ वर्षकी नर्स चाहिँ विभिन्न क्लिनिकहरूमा पार्ट टाइम काम गर्थिन  र ब्याप्टिस्ट युनिभर्सिटीकि नर्सिङ विद्यार्थी हुन।
उनीसँग एउटै कक्षामा बसेकाहरूले कोभिड परीक्षण गर्नुपर्नेछ भनिएको थियो । ब्याप्टिस्ट युनिभर्सिटीको भनाइ अनुसार उनी सोमबारदेखि बुधबारसम्म काउलुन तङ क्याम्पसको कक्षामा उपस्थित भएकी थिइन।

स्वास्थ्य अधिकारीहरूले उक्त विद्यार्थी नर्स जनवरी ३ तारीख  गोल्ड कोस्ट स्थित एउटा क्लिनिकमा बिरामी जाँच गर्ने डाक्टरका साथमा थिइन। डाक्टरले जाँचेका ती बिरामी  पोजेटिभ  भएका थिए । ती पुरुष बिरामीका  बुबा चुन मुनमा फार्मेसी चलाउँछन।  डिसेम्बर २७ मा क्याथे प्यासिफिक फ्लाइट परिचर  किनमेल गर्न उक्त फार्मेसी  पुग्दा उनी संक्रमित भएको विश्वास गरिएको थियो।

ती विद्यार्थी नर्सले  एउटै मेडिकल समूह अन्तर्गत  रहेको चुन मुनका अन्य क्लिनिकहरूमा पनि काम गरेकी थिइन।

क्लिनिकहरुमा काम गर्ने २२ वर्षीया अर्की नर्समा पनि प्रारम्भिक पोजेटिभ देखिएको थियो । तर ती दुई नर्स फरक   शिफ्टमा काम गर्दथे ।

“एकजना पार्ट टाइम नर्स हुन जो जनवरी ३ का दिन पहिले नै पुष्टि भएका केसलाई  डाक्टरले हेरेको बेला संगै थिइन। हो त्यही समयमा उक्त नर्सलाई संक्रमण भएको हुन सक्छ ।” स्वास्थ्य संरक्षण केन्द्रकि अधिकारी चुआङ शुक क्वानले भनिन।

“दोस्रो नर्स कसरी संक्रमण भइन भन्ने सन्दर्भमा भने पक्कै पनि त्यहाँ एउटा मौन संक्रमण चेन सक्रिय रहेको हुनुपर्छ । दुवै नर्सले एक भन्दा बढी क्लिनिकमा काम गरेकाले उनीहरुको सम्पर्कमा रहेका  सबैको विवरण लिनु पर्दछ।” चुआङले थपिन।
दुई नर्ससँग एकै समयमा काम गर्ने व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्नुपर्नेछ, चुआङले भनिन।

केन्द्रले हङकङमा आजको दिन १४ कोभिड केस देखिएको जस मध्ये पाँच केस  स्थानीय रहेको बताएको थियो ।

चुआङले अधिकारीहरूले जनवरी ४ मा हाइसान प्लेस स्थित  नाबे उरावा जापानी रेस्टुरेन्टमा गएका ४४ जना ग्राहकहरूको खोजी गरिरहेको पनि  जानकारी दिइन। त्यहाँ खाना खान गएका एक विद्यार्थी संक्रमित भएपछि अरुलाई पनि  संक्रमण भएको छ छैन अधिकारीहरूले जांच पडताल गर्नु परेको थियो ।

नर्सका कारण लकडाउन

१३ जनवरी २०२२ बिहीबार २१:०० बजे

चुन  मुन स्थित दुइ वटा भवन निवासीमा प्रारम्भिक पोजिटिभ देखिएपछि  बिहिवार राती ती दुइ भवनलाई लक डाउन गरिएको थियो । ती दुई भवन हुन- १.क्यासल पीक रोड स्थित  जेसी प्लेस टावर १ – क्यासल पीक बे  २. विंग फ्याट लेनमा रहेको  होई ताक गार्डनको ब्लक २ 
दुईवटा लकडाउन शुक्रबार (जनवरी १४) बिहान ७ बजे फुकुवा हुने अपेक्षा गरिएको थियो ।

जेसी प्लेस टावर १ का बासिन्दाहरूले मध्यरातभित्र र होई ताक गार्डेनका बासिन्दाहरूले शुक्रबार बिहान १२.३० बजेसम्म परीक्षण गर्नुपर्ने भनिएको थियो ।

भेरिएन्ट स्ट्रेन संलग्न भएकाले खोप लगाइसकेका र भर्खरैको परिक्षणमा  नेगेटिभ  आएकोले समेत परीक्षण गराउनु पर्थ्यो।

हङकङ ब्याप्टिस्ट युनिभर्सिटीमा अध्ययनरत २१ वर्षीय
विद्यार्थी चुन मुन स्थित  जेपी पार्टनर्स मेडिकलद्वारा सञ्चालित दुईवटा क्लिनिकमा पार्ट टाइम काम गर्छिन। उनले गत सोमबार (जनवरी 3) पुष्टि भएका एक बिरामीको घाँटी जाँच गर्न मद्दत गरेकी थिइन । उनले जसको घाँटी जाचेकी थिइन ती व्यक्ति चुन मुन फार्मेसी संचालकका छोरा थिए । ती फार्मेसी संचालकलाई  क्याथे प्यासिफिक चालक दलका सदस्यले दबाइ किन्ने सिलसिलामा  भेटेका थिए । यी नर्स  जेसी प्लेस टावर १ मा बस्छिन ।

अर्की नर्स त्यही मेडिकल चेन अन्तर्गत रहेकोे  डा. चेउङ चे-म्यानको क्लिनिकमा काम गर्छिन। ती दुबै नर्स एउटै  दिन काम गर्न गएका थिए । तर दुबै जनाको काम गर्ने शिफ्ट फरक थियो । यी दोस्रो  नर्स विंग फात लेनमा रहेको होई ताक गार्डेनको ब्लक २ मा बस्छिन।

एक पाकिस्तानी फुडपान्डा डेलिभेरीमेन पोजेटिभ

१३ जनवरी  २०२२ बिहीबार २१:०० बजे

यो हप्ता युन लङमा टेकअवे डेलिभर गर्ने एक २९ वर्षीय फुडपान्डा राइडरमा कोभिड-१९ पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य संरक्षण केन्द्रले बिहीबार नौ वटा आयातित केस र पाँच वटा आयातितसंग-सम्बन्धित केसहरू पुष्टि गरेको थियो ।
गत वर्ष सेप्टेम्बरको अन्त्यमा ती खाना डेलिभरी गर्ने  पाकिस्तानी व्यक्ति केन्याबाट हङकङ फर्किएका हुन।  तिन शुई वाईको यात वान हाउस, तिन यात एस्टेटमा बस्दछ्न। उनले काई ताकको कन्स्ट्रक्सन साइटमा पनि काम गरे । उनी अन्तिम पटक बुधबार काममा गएका थिए ।  उनले मंगलबार युन लङ जिल्लामा  खाना वितरण गरेका थिए ।

उक्त व्यक्ति ट्राफिक घटनामा परेपछि   हिजो राति अर्थात जनवरी १२ तारीख एलिस हो मिउ लिंग नेदरसोल अस्पतालमा पठाइएको थियो र पछि प्रिन्स अफ वेल्स अस्पतालको सघन कक्षमा सारिएको थियो जहाँ उनमा कोभिड-१९ पोजेटिभ देखियो।  उनको नमूनामा भाइरल लोड कम भेटिएको थियो। उनी पुन: पोजिटिभ केस हुन की भनेर शंका गरिएको थियो जसको लागि  थप परीक्षण गर्न आवश्यक छ भनिएको थियो ।
एउटै आईसीयू वार्डमा डेलिभरीम्यानसहित बसेका अन्य ११ जना बिरामीको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको थियो ।  तीमध्ये एउटै कक्षमा बसेका तीन जना बिरामीलाई एकल आइसोलेसन कक्षमा सारिएको थियो  ।

वेल्स अस्पतालका चार डाक्टरहरूले उक्त मास्क नलाएका  डेलिभरम्यानलाई  जाँच गरेका थिए । केस पुष्टि पछि ती डाक्टरहरु क्लोज कन्ट्याक्ट लिस्टमा परेका थिए र  उनीहरूलाई क्वारेन्टाइनमा राखिनेछ भनिएको थियो ।

जनवरी १३ सम्मको रेकर्डमा हङकङको ओमिक्रोन केस संख्या ३१० पुगेको थियो ।  सहरको समग्र कोभिड संक्रमित संख्या भने १३,०१६ रहेको थियो ।


दुइजना नर्स बसेको भवन लकडाउन हुँदा कोही पोजिटिभ भेटिएन

१४ जनवरी शुक्रबार १०:०० बजे

चुन मुन स्थित जेसि  प्लेस टावर १ मा रातभर भएको लकडाउनमा करिब ३८० जनाको कोभिड परीक्षण हुँदा एउटा पनि पोजिटिभ फेला परेन।

विङ फात लेनमा रहेको होई ताक गार्डेनको ब्लक २ मा भएको  दोस्रो लकडाउनको परीक्षण बिहान ९.४५ बजेसम्म सकिएको थिएन।

पछिल्लो रिपोर्ट अनुसार होइ ताक गार्डन ब्लक २ मा बस्ने एक व्यक्तिको कोविड रिपोर्ट सुनिश्चित नभएपछि  आज १४ तारीख   शुक्रबार अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्य अधिकारीले भने अनुसार लगभग १९५  बासिन्दाको परीक्षण गरिएको थियो र एक जना पनि पोजिटिभ भेटिएन।

‘पुर्व सतर्कताको निति अनुरुप  सम्बन्धित व्यक्ति र सम्बन्धित व्यक्ति निकट रहेकालाई  अस्पतालमा भर्ना गरी फलोअपका लागि क्वारेन्टाइन केन्द्रमा पठाइएको छ,’ सरकारी विज्ञप्तिमा भनिएको थियो  ।

उक्त व्यक्ति २१ वर्षीय विद्यार्थी रहेको बुझिएको छ ।  उनलाई आज बिहान अर्थात १४ तारीख करिब १० बजे नर्थ लान्ताउ अस्पताल हङकङ संक्रमण नियन्त्रण केन्द्रमा पठाइएको थियो ।

तपाईको प्रतिक्रिया