विक्रम याख्खाको लघु कथा संग्रह ‘झुटको पुलिन्दा’ विमोचन
काठमाडौँ। प्रवासमा बसेर नेपाली साहित्य लेखनमा सक्रिय विक्रम याख्खाको लघु कथा संग्रह ‘झुटको पुलिन्दा’ को काठमाडौँमा विमोचन गरिएको छ । लघु कथा समाज कोशी प्रदेश समितिको अयोजनामा मंगलबार बिहान अनाम नगरमा आयोजित एक विशेष समारोहकाबीच सो कृतिको विमोचन गरिएको हो ।
कार्यक्रम कोशी प्रदेश अध्यक्ष ममता मृदुलको सभापतित्वमा आयोजना भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्...









