२६ फेब्रुअरी शनिबार । हङकङ । क्रान्ति सुब्बा ।

हङकङमा संक्रमितको अनुभव हेर्न तल क्लिक गर्नुहोस

फेब्रुअरी २६ तारीख शनिबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १७,०६३
.मृत्यु संख्या : ६६ जना (गत २४ घन्टामा)
.आयातित केस संख्या : ६
.स्थानीय संक्रमण संख्या : १७,०५७
.डेल्टाबाट संक्रमित संख्या : १ जना
.ओमिक्रोन केस संख्या:९२% (धेरै जसो केस बि ए .२ )
.पेन्डिङ केस: ८%
.अस्पतालमा रहेका बिमारीको संख्या:५,८४८
.पेन्नी बे क्वारेन्टाइनमा रहेकाको संख्या : करिब ५००
.डोरसेट चुन वान क्वारेन्टाइनमा: ५०० भन्दा बढी
.डिस्चार्ज हुनेको संख्या :२९३ (२४ घन्टामा)

कोभिडको कारणले गत २४ घन्टामा मृत्युवरण गर्ने ६६ जना मानिसहरु अधिकांश वृद्ध गृहका बासिन्दाहरू र एक १९ वर्षीया दीर्घ रोगबाट पीडित युवती पनि परेकी छिन।

आज थप ५० वटा वृद्ध गृहहरूमा केसहरू फेला परेका छन । हालसम्म  कोरोनाभाइरसद्वारा  शहरभरका ४७० वटा केयर सेन्टरका १,९४३ बासिन्दा र ६०० भन्दा बढी कामदारलाई संक्रमित गराएको छ। ७० वटा विभिन्न   वृद्ध घर प्रत्येकमा १० जना भन्दा बढीको दरले संक्रमित छ्न।

अस्पताल प्राधिकरणका गुणस्तर तथा मापदण्ड निरीक्षक  प्रमुख  लाउ का-हिनले पछिल्लो २४ घण्टामा १९ देखि १०१ वर्षका ३९ पुरुष र २९ महिलासहित ६६ जनाको मृत्यु भएको जानकारी दिएका छन। तीमध्ये आठ जनाले मात्रै खोपको एक डोज लगाएका थिए । ६१ जना वृद्धवृद्धा मृतक ६५ वर्ष भन्दा माथिका थिए ।

कम उमेरका अन्य पाँच जना मृतकहरु मध्ये तीन जना केयर होममा बस्ने  एक १९ वर्षीया महिला र एक ४१ वर्षीय पुरुष रहेका थिए । दुबै जना दीर्घ रोगबाट पीडित थिए।  मृतकहरूमा स्ट्रोक वा क्यान्सरबाट पीडित बिरामीहरू पनि समावेश थिए।

लाउले आइतबार र बिहीबारको बीचमा ६८ देखि १०१ वर्ष उमेर समुहका २२ जनाको मृत्यु भएको रिपोर्ट गरेका छन। सार्वजनिक अस्पतालमा हालसम्म ६०७ संक्रमितको मृत्यु भएको छ ।  हाल ४० जना बिरामीको अवस्था कृटिकल छ भने ९७ जनाको अवस्था सिरियस छ ।

शुक्रबार अस्पतालबाट २९३ जना डिस्चार्ज भएपछि आइसोलेसन बेडको ९१ प्रतिशत फुल रहेको छ । अस्पताल भर्ना  पूर्व गरिएको परीक्षणमा ४० वटा थप केसहरू भेटिएको थियो भने ९० जना  गैर-कोविड बिरामीहरूलाई नजिकको सम्पर्क सूचीमा राखिएको थियो । अस्पताल प्राधिकरणका कर्मचारीमा संक्रमितको संख्या २ हजार ३ सय २६ पुगेको छ ।

यसैबीच फायर सर्भिसका निर्देशक जोसेफ ल्यङ वाइ-हुङले हल्का वा कुनै लक्षण नभएको पोजेटिभ  नागरिकहरूलाई एम्बुलेन्स कल नगर्न र इमर्जेन्सी रुममा नजान आग्रह गरे फलस्वरूप  सीमित हुँदै गएको अस्पतालको चिकित्सा सेवा तथा स्रोतहरू साच्चै नै खाचोमा परेकाको लागि प्रयोग गर्न सकियोस।

शनिबारसम्ममा उपलब्ध एम्बुलेन्सको संख्या २६० बाट घटेर १८२ पुगेको छ। अर्थात ३० प्रतिशत खस्केको छ। २६८ जना स्वास्थ्यकर्मी संक्रमित भएका कारण जनशक्तिमा अभाव भएर यस्तो भएको हो। ती संक्रमितको नजीकको सम्पर्क सुचीमा ४१० जना परेका छ्न। साँझ ४ बजेसम्मको रेकर्डमा ६५० जनाले एम्बुलेन्स पर्खिरहेका थिए भने कतिपयले २६ घण्टासम्म एम्बुलेन्स कुरेर बसेको थिए ।

तपाईको प्रतिक्रिया