२५ फेब्रुअरी शुक्रबार । हङकङ । क्रान्ति सुब्बा ।

फेब्रुअरी २५ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण
.आज सुचित कुल केस संख्या :२१,९७९ (२४ घन्टामा प्राइभेट र सरकारी ल्याबबाट आएका प्रारम्भिक र पोजेटिभ केस).रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १०,०१०
.मृत्यु संख्या : ४७ जना (गत २४ घन्टामा)
.आयातित केस संख्या : ४
.स्थानीय संक्रमण संख्या : १०,००६
.डेल्टाबाट संक्रमित संख्या : १९ जना
.ओमिक्रोन संक्रमित संख्या : ५,०८६
.अपर्याप्त भाइरल लोड भएको केस: १६०

अस्पताल प्राधिकरण गुणस्तर तथा मापदण्ड निरीक्षक  प्रमुख  डा लाउ का–हिनले बिहीबार मृत्यु भएका ४७ जनामा ९ देखि १०० वर्ष उमेर समूहका २७ पुरुष र २० महिला रहेको बताए ।

२७ जना मृतक वृद्ध गृहका वासिन्दा रहेकाछ्न । तीमध्ये चारजना मृतकले खोपको दुई डोज लगाएका थिए र एकजनाले खोपको एक खुराक मात्र प्राप्त गरेका थिए । जसमध्ये ४१ जनाको उमेर ६५ वर्ष वा सोभन्दा माथिका थिए। तीमध्ये पाँचजनाको उमेर ४८ देखि ६५ वर्ष बीचका थिए भने बाँकी एक नौ वर्षका बालक थिए ।

लाउले ४८ देखि ६५ वर्षका पाँचजना धेरैजसो मृतकहरु दीर्घकालीन रोगबाट पीडित र ओछ्यानमा थला परेका बताए।

हङकङ सरकार वेबसाईटमा भएको दिशानिर्देश पोजेटिभ हुनेलाइ

यसैबीच यसअघि थप १२ जनाको मृत्यु भएको थियो तर थुप्रै केस भएकाले मृत्यु बारे  आज मात्र रिपोर्ट गरिएको थियो । हङकङमा कोविडको पाँचौं लहरले  ३१४ जनाको ज्यान लिइसकेको छ भने कुल मृत्यु संख्या ५२९ रहेको छ। महामारी शुरु भए यता हङकङको कुल संक्रमित संख्या ९४,०५६ पुगेको छ।

हालमा ३३ जना बिरामीको अवस्था क्रीटिकल छ भने ४९ जनाको अवस्था सिरियस भएको जानकारी  लाउले दिए ।

अहिलेसम्म ४२० वटा वृद्ध गृहमा संक्रमण फैलिसकेको छ। कुल ५१० कर्मचारी र १,५०० निवासीहरू संक्रमित छ्न।  ५० वटा जस्तो वृद्ध आश्रम प्रत्येकमा १० जना भन्दा  बढी केसहरू छ्न ।  सार्वजनिक अस्पतालमा पनि एक हजार ९५७ कर्मचारीमा संक्रमण देखिएको छ ।

लाउले बिहीबार अस्पताल ल्याइएका पुष्टि  बिरामीहरूमध्ये झन्डै ३० प्रतिशत लक्षणविहीन वा हल्का लक्षण भएका  बताए । उनले   एम्बुलेन्स सेवामा ढिलाइ भएको ४८६ वटा रिपोर्ट आएको पनि जानकारी   दिए।

उनले लक्षणहिन र हल्का मात्र लक्षण भएका नागरिकले एम्बुलेन्स बोलाउने कष्ट नगर्न अनुरोध गरे। त्यस्ता बिरामीलाई एक्सिडेन्ट र इमर्जेन्सी डिपार्टमेन्ट गएर भिडभाड नगर्न पनि आग्रह गरे।
लि का सिङ फाउन्डेसनले कोभिड बिरामीको उपचारमा सहयोग होस भनेर प्राइभेट र पब्लिक अस्पताललाई पाँच करोड हङकङ डलर (५० मिलियन हङकङ डलर) अनुदान दिन सहमत भएको जानकारी पनि दिए।

https://chp-dashboard.geodata.gov.hk/covid-19/en.html

तपाईको प्रतिक्रिया