न्युयोर्क , अमेरिका । किरात याक्थुङ चुम्लुङ अमेरिकाले आफ्नो  वार्षिक साधारण सभा यही मे ८ तारीख न्युयोर्कको ज्याक्सन हाइटमा सम्पन्न गरेको छ। संस्थापक अध्यक्ष श्याम मेन्याङबोको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त  भेलाले वार्षिक निति तथा योजनालाई पारित गरेको थियो ।

सन २००४ सालमा अमेरिकामा चुम्लुङ स्थापना गर्ने संस्थापक अध्यक्ष श्याम मेन्याङबोलाई दोसलल्ला ओढ़ाई सम्मान गरिएको थियो । सोही अवसरमा संस्थाका  सदस्यहरूले एक हजार डलर शुल्क  बुझाई आजीवन  सदस्यता पनि  लिएका थिए ।

भेलामा उपस्थित महानुभावहरूले भावी निति तथा कार्ययोजनामा के कस्ता कुराहरु समेटनेबारे  सुझाव पेश गरेका थिए । २०२२/२३ सालको लागि संकलित सुझावलाई कार्यसमितिले यथाशक्य कार्यान्वयन गर्ने प्रतिबद्धता अध्यक्ष सुमन थाम्सुहाङले जाहेर गरे।

स्मरण रहोस गत साता डा चैतन्य सुब्बाको स्मृतिमा चुम्लुङले श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो।

तपाईको प्रतिक्रिया