न्युयोर्क , अमेरिका। विश्व भरी छरिएर रहेका नेपालीको साझा संस्था “हामी नेपाली ग्लोवल” ले ध्रुव कुँवर क्षेत्रीको नेतृत्वमा न्युर्योक च्याप्टर गठन गरेको छ । दुई चरणमा सम्पन्न कार्यक्रमको उदघाटन ग्लोवलका अध्यक्ष अमृत लामाले पानसमा बत्ति बालेर गरेका थिए ।

अध्यक्ष लामाले संस्था स्थापना उदेश्यबारे बोल्दै  संसारभरी छरिएर रहेका नेपालीलाई गोलबन्द गराएर  नेपाल र नेपालीलाई चिनाउने काम गर्नुका साथै अन्य उदाहरणीय काम पनि गर्दै जानुपर्नेमा जोड दिए। जस्तै  नेपालीहरु संसारको जुनसुकै कुनामा पुगे पनि नेपाली भिलेज स्थापना गर्ने र कृषि तथा संभाव्य क्षेत्रमा नेपाल मै लगानी वातावरण बनाउनु पर्ने बताए।

समाजका बरिष्ठ उपाध्यक्ष नवराज केसीले छोटो समयमा सबैले  साथ दिएकोमा हर्ष व्यक्त गरेका थिए । कोरोना महामारीको समयमा केसीले गरेका उदाहरणीय कार्य तथा सहयोगप्रति उपस्थित वक्ताहरुले खुलेर प्रसंसा गरेका थिए ।

एनआरएनए अमेरिकाका न्यूयोर्क च्याप्टरका सभापति आङछिरीङ शेर्पाले महाधिबेशन सफलताको शुभकामना दिँदै विदेशमा बस्ने नेपालीले एकजुट भएर अगाडि बढदा नेपाल र नेपालीको लागि केही गर्न सकिने भन्दै आउने नेपाल डे परेडमा सहभागी हुन सबैमा अनुरोध गरेका थिए ।

`हामी नेपाली ग्लोबल´का स्पोर्ट डाइरेक्टर मोहन वाइवाले निकट भविष्यमा खेलकुद अभियानलाई अगाडि बढाउने बताउँदै सकेको सहयोग गर्न सबैमा अपिल गरेका थिए । उनले खेलकुदले राष्ट्रिय खेल र खेलाडीलाई चिनाउन सहयोग हुने बताए ।
समाजका जनसम्पर्क विभागका विभागीय प्रमुख शोभाकान्त पाण्डेले उपस्थित सबैलाई धन्यवाद दिँदै सबै मिलेर अगाडि बढनुपर्नेमा जोड दिए ।

त्यस्तै समाजका अमेरिका च्याप्टर सचिव गोमा योन्जनले न्युर्योकमा मात्र नभएर अन्य राज्यमा पनि च्याप्टर गठन गरेर संस्थालाई बलियो बनाउनुपर्ने कुरा राखेकी थिइन।

तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष छेवाङ लामा, हिमानी ट्रष्ट न्युर्योकका अध्यक्ष जोन खडगी, रुपा इन्टरटेनमेन्ट एजेन्सीका संस्थापक अध्यक्ष रुद्र पुन, कलाकार संघ अमेरिकाकी प्रथम उपाध्यक्ष बसन्ती राई, फिप्नाका सभामुख सुवर्ण कुमार शाक्य, पत्रकार शान्तिराज राई, तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका लारक्यान लामा, मगर संघ अमेरिकाका अध्यक्ष कुलदीप राना मगर लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए । समाजका केन्द्रीय प्रवक्ता केशवराम राईले स्वागत मन्तव्य राखेका थिए ।

त्यसैगरी दोस्रो चरणको कार्यक्रममा निर्वाचन आयुक्त शान्तिराज राई र सदस्यहरु संगीता श्रेष्ठ, आरती लामा रहेका थिए भने कार्यक्रम संचालन संचारकर्मी तथा कलाकार बिक्की पुलामीले  गरेका थिए ।

निर्वाचन मण्डल

नवगठित न्युर्योक च्याप्टरको कार्यसमितिमा
सर्वसम्मतिले ध्रुव कुँवर क्षेत्रीलाई  न्युर्योक च्याप्टरको अध्यक्षमा चयन गरेको छ ।

च्याप्टरको उपाध्यक्ष -१ मा बसन्ती राई र उपाध्यक्षहरुमा श्री शिवाकोटी, टेक भट्ट राई, सुर्वण कुमार शाक्य, महासचिवमा अन्जित गुरुङ, सचिवमा सुहाना लामा र सहसचिवमा फुर्साङ लामा रहेका छन ।
सदस्यहरुमा शुसान राई, काजि शेर्पा, टेक कार्की, रोशन राई (संस्कृति विभाग प्रमुख), शौरभ राई, शान्ति तिवारी, भिम बहादुर तामाङ, रुपा शाह,बुद्धि  गुरुङ, दावा गोले, लाक्पा शनम शेर्पा, रक लामा, पुर्ण तामाङ, पासाङ नोर्बु शेर्पा, उधिर राई, दावा शेर्पा, सुदीप राई रहेकाछन।

तपाईको प्रतिक्रिया