राकेश राइ । बोस्टन। अमेरिका।

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टरले बोस्टनमा हालै छैठौं अधिवेसन गरेर नयाँ नेतृत्व चयन गरेको छ ।अधिवेसनको उद्घाटन गर्नु हुँदै अर्गनाइजेसनका केन्द्रीय सल्लाहकार प्रमुख अतिथि  सुरेश चाम्लिङले संसारमा राईहरुले जहाँ पाइला टेकेको छन, त्यहाँ राईहरु संगठित भएर आफ्नो संस्कार र संस्कृतिको विकासमा लागेका छ्न । काठमाडौँको बागबजारमा दाउरे बुढा अर्थात बुद्दिकर्ण राईको आँगन देखि संसारको बिभिन्न कुनामा साकेलाको विस्तार यसका केही  उदाहरण हुन भन्नु भयो । अहिलेको यो प्रयास भावी पिढिको लागि हो। हामी राई जातिको अस्तित्वको चिनारी भावी पुस्तालाई चिनाउनु परदेशमा पनि संगठित हुनु परेको कुरा बताउनु भयो ।

अर्गनाइजेसनको  न्यु इंग्ल्याण्ड सभापति  मुक्ति नारायण राईले हाम्रो अर्गनाइजेसनको उद्देश्य  हामी राईहरुको भाषा, धर्म र संस्कृतिलाई  विदेशमा पनि अनुशरण गरी यसको सम्बर्द्धन,प्रबर्द्धन  र संरक्षण गर्नु रहेको छ भने नेपालको सन्दर्भमा हाल चर्चामा आएको प्रदेश नं १ को  नामांकन किरात प्रदेश नै राखिनु पर्दछ भन्नु भयो ।

अतिथिको तर्फबाट अधिवेशनको सफलताको लागी शुभकामना दिने क्रममा नेपाली  समाजका उपाध्यक्ष लाक्पा शेर्पाले न्यू इंग्ल्याण्डमा राईहरूको संख्या कम भए पनि सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै  आएको वताउनु भयो भने कार्यक्रम सफलताको शुभकामना दिदैं अर्का अतिथि केपकोड नेपाली  समाजका अध्यक्ष के बि राईले यूनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाले आफ्नो भाषा, धर्म र संस्कारको संरक्षणको साथै मुलुक र समाजको लागि अरू धेरै काम गर्न बाकी  रहेको कुरा बताउनु भयो र त्यसको लागि अब फरक ढंगले अगाडी बढनु  जरूरी छ भन्नु भयो।


उक्त कार्यक्रममा भरखरै जन्मिएका नयाँ  वालवालिकाहरू र नेपालबाट आउनु भएका नयाँ सदस्य तथा पाहुनाहरूलाई केक काटेर स्वागत  गरिएको थियो। यसैगरी २०१९, २०२० र २०२१ को शैक्षिक वर्षहरूमा हाई स्कूल र कलेज ग्राजुएट गर्नु भएका विद्यार्थीहरूलाई विगत वर्षहरूमा जस्तै यस पटक पनि ट्रफीका साथै खादा ओढाई सम्मान गरिएको थियो ।
संस्थाका केन्द्रिय पूर्व अध्यक्ष तथा निर्वाचन संयोजक विष्णु कुमार राई र केन्द्रिय सल्लाहाकार धौलाविर राईको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरि ११ सदस्यीय कार्य समितिको चयन गरेको छ । कर्ण बहादुर राई बोस्टनको अध्यक्षतामा उपाध्यक्षमा क्रमशः शेखर राई उत्तरी क्षेत्र, हरि राई दक्षिण क्षेत्र, महासचिवमा राकेश राई, कोषाध्यक्षमा चन्द्र राई, बोर्ड सदस्यमा युवराज राई, कमल थुलुङ्ग, तेजेन्द्र खत्री राई,अनिल  चोङ्गवाङ्ग,मनिकला राई चयन भएका छ्न।
यसरी नै अर्गनाइजेसनको क्यालिफोर्निया च्याप्टरको अधिवेशनले जोरबिर राईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ।
उपाध्यक्षमा श्रीमती जानुका राई, महासचिवमा टक्सन राई,सचिवमा राम कुमार राई,कोषाध्यक्ष सुश्री नविन राई,सदस्यमा दियो राम राई,सौजन राई,श्रीमती हिरा राई,श्रीमती लक्ष्मी राई,श्री मति गायत्री थापा राई,पूर्ण राई हुनु रहेका छ्न।

तपाईको प्रतिक्रिया