क्रान्ति सुब्बा

स्वास्थ्य मन्त्री प्रोफेसर लो चुङ माउले अगस्ट १३ तारीख शनिबार  एक रेडियो कार्यक्रम पश्चात् मिडियालाई  भेट दिएका थिए । पत्रकारले तीन दिने क्वारेन्टाइनको लागि घरमा पनि बस्नको लागि प्रशस्त खुल्ला जग्गा भएको स्थितिमा किन होटेल मै बस्नुपर्ने जब कि संक्रमित व्यक्तिलाई सरकारले घरमै आइसोलेसनमा बस्न अनुमति दिइसकेको छ भनेर सोधेका थिए । यो वर्षको अन्त सम्ममा बिदेशबाट आउनेको लागि क्वारेन्टाइन अवधी शुन्यमा बनाइन्छ कि बनाइन्न भन्ने प्रश्न पनि  गरिएको थियो ।

पहिलो प्रश्नको जवाफमा प्रोफेसर लोले बिदेशबाट आउने र स्थानिय रूपमा पोजिटिभ हुनेमा अन्तर छ भन्दै स्थानीय बासिन्दाहरु पहिल्यैबाट समुदायमा घुलमिल भैसकेका छ्न र आफ्नो घरको वातावरणमा बाचिरहेका हुन्छन् भने। तर बिदेशबाट आएका यात्रुहरुको प्रवेश कम्युनिटीमा भैसकेको हुन्न । यस मानेमा उनीहरुलाई समुदायमा घुस्न नदिने दायित्व सरकारको हो। तर स्थानीय वासिन्दा चाहिँ घरमै भएको बेला पोजिटिभ भएका हुन्छ्न । बिशेष फरक यही हो। फेरि सरकारले बाहिरबाट आउने बिशेष गरि भाइरसको भेरिएन्टलाई रोक्नुपर्दछ उनले भने।
नागरिकको स्वास्थ्य र जीवन रक्षाको मामिला भएकोले सरकारले सबै विकल्पलाई नियालेपछी अन्तमा यस्तो निष्कर्षमा पुगेको उनले स्पष्ट पारे।
सरकारले आर्थिक गतिविधिलाई मात्र हेर्नू हुन्न। सबै नागरिकको स्वास्थ्य र जीवन रक्षा सरकारको पहिलो प्राथमिकता हो उनले थपे।
तथ्यांकको गम्भीर अध्ययन पश्चात् यो तीन दिने क्वारेन्टाइन प्लस ४ दिने मेडिकल निगरानी सहितको होम आइसोलेसन लागू गरेको उनको जिकिर थियो । महामारी संग लड्ने नितिमा कत्ती पनि खुकुलोपन नल्याएको कुरालाई उनले महत्त्वका साथ भने।
संक्रमण , रोगको कारण आउने सतावट र मृत्यु घटाउने कुरामा सरकारले कुनै पनि किसिमको सम्झौता नगर्ने उनले बताए ।

स्वास्थ्य मन्त्री

सरकारले ७ दिने क्वारेन्टाइनलाई बदलेर ३ जोड ४ (३+४) मात्रै बनाएको मात्र हो जुन प्रकारान्तरले ७ दिन नै हो उनले थपे।
सरकारले फर्मुला परिवर्तन त गरेको हो तर क्वारेन्टाइन अवधि भने सात दिन नै छ। कुरा यति हो चार दिन घरमा सरकारको निगरानीमा बस्नु पर्दछ। र संबंधित व्यक्तिलाई  पहेंलो हेल्थ कोड प्रदान गरिन्छ जुन कोडले उसलाई उच्च जोखिम भएको एरियामा जान बन्देज लगाउँदछ साथै  धेरै चोटि पिसिआर टेस्ट गर्नुपर्छ। यी यस्ता प्रक्रियाबाट यात्रुलाई व्यवस्थापन गर्दा सरकारले समयमै संक्रमितको पहिचान गर्न सक्दछ र भाइरसलाई स्थानीय समुदाय भित्र जानबाट रोक्दछ।
“शुन्य-क्वारेन्टाइन” मापदण्ड सम्म चाहिँ पुग्न सकिने कुरामा लोले अनिश्चितता व्यक्त गरे। कोभिडको अवस्था माथि निर्भर पर्ने उनले बताए। भाइरसको म्युटेसन जारी रहेको र विश्व स्वास्थ्य संगठनले महामारीको अन्त नभएको घोषणा गरेको सन्दर्भलाई हेर्दा सबै कुरालाई सहज बनाएर शुन्य- क्वारेन्टाइनको मापदण्डमा जानू व्यवहारिक नहुने उनले बताए ।

मेडिकल निगरानीमा रहेर लिभहोमसेफ एपमा जसले पहेँलो रंगको हेल्थ कोड प्राप्त गरेका छ्न उनीहरले आफ्नो नातागोता , साथीभाइ या मास्क खोलेर गरिने क्रियाकलापमा भाग लिन नजान हुन उनले अनुरोध गरे।

सरकारले अहिले जारी नियमलाई अझ खुकुलो तुल्याउन सकिन्छ कि सकिन्दैन भनेर कोभिड अवस्थालाई पुनरावलोकन गरिने छ। स्थिति सकारात्मक देखिएमा पहेँलो कोड हुनेलाइ पनि हेयर सेलुन , प्रदर्शनी स्थल आदि स्थानमा जान दिइनेछ जहाँ मास्क उतार्नु पर्दैन ।


अगस्ट १३ तारीख शनिबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५,३०८
.स्थानीय केस संख्या : ५,१४८
.पिसिआरबाट पुष्टि केस संख्या : १,८३९
.एन्टिजेनबाट पुष्टि केस : ३,३०९
.आयातित केस संख्या : १६० जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : २६ जना
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ९५
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : ३९

.कुल संक्रमित संख्या : १,४१२,०४३ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,५६२ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२५५,५०८

. २ वटा नर्सिङ होम र एउटा अपांग आश्रमबाट ७ वटा केस आएका थिए जसमा ४ जना वासिन्दा र ३ जना कर्मचारी परेका  थिए ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,३४९
.आज  रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ३ जना । मृत्यु हुनेमा ८५ देखि ९१ वर्ष  बीचका माथिका तीन जना महिला परेका थिए । नर्सिङ होमबाट एकजना मृतक पनि परेका थिएनन। जस मध्ये एकजना खोपहिन थिइन् एकजनाले २ मात्रा खोप लाएकी थिइन भने अर्किले चार मात्रा खोप पुरा गरेकी थिइन् । सबै जना दीर्घ रोगी थिए ।
.हङकङको स्थानीय केसको १९ प्रतिशत ओमिक्रोन सब भेरिएन्ट बिए.४ अथवा बिए.५ ओगटेको तथ्य डाक्टर चुवाङ शुक क्वानले अघि सारिन। विश्व स्वास्थ्य संगठनले जारी गरेको तथ्यांकअनुसार अब हङकङको मुल भाइरस बिए.५ हुनसक्छ ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : १,६०४

.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या : ८
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : ८ 
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ३२ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: २५
.आइसियुमा रहेकोे बिरामीको संख्या : ११
.गत २४ घन्टामा निको भएका बिमारी : १७८
.डिस्चार्ज भएका बिमारी :१४४
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : १० संक्रमितको संपर्क आएका मानिसको संख्या : १५

एकजना ५ वर्ष ९ महिनाकी नावालिका हिजो शुक्रबार रयापिड एन्टिजेन टेस्टबाट पोजिटिभ पुष्टि भएकि थिइन । उनलाई चुन मुन अस्पतालको बाल चिकित्सा बिभागका आइसियुमा भर्ना गरिएको थियो । उनले खोप लाएकी छैनन् ।
बालिका कुन भेरिएन्टबाट संक्रमित भएकी हुन पत्ता लाग्न बाकी नै छ। स्वास्थ्य बिभागले बिना कुनै हिचकिचाहट आफ्नो छोराछोरीलाइ यथाशीघ्र खोप प्रदान गर्न जनतालाई आव्हान गरेको छ।

सरकारी अधिकारीले बालबालिकालाई बायोएन्टेक भ्याक्सिन कुरेर नबस्न अभिभावकलाई आग्रह गरेको छ। उत्पादकसंग सरकारको संझौता संबंधी काम कुरा भैरहेकोले केहि समय लाग्न सक्छ फेरि चाइल्ड भर्सनको बायोन्टेक भ्याक्सिनको सप्लाइ सिमित हुने बताइएको छ।

स्मरण रहोस् हाल हङकङमा पाँच वर्ष मुनिका बालबालिकाको लागि साइनोभ्याक भ्याक्सिन मात्र उपलब्ध रहेको अवस्था छ।

तपाईको प्रतिक्रिया