क्रान्ति सुब्बा

अगस्ट १२ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,४३९
.स्थानीय केस संख्या : ४,२२२
.पिसिआरबाट पुष्टि केस संख्या : १,२६३
.एन्टिजेनबाट पुष्टि केस : २,९५९
.आयातित केस संख्या : २१७ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १०८ जना
.आयातित केसमा  युकेबाट ३५ जना , अमेरिकाबाट २८ जना , इन्डियाबाट २१ जना, सिंगापुरबाट र अस्ट्रेलियाबाट १४ जना, फिलिपिन्सबाट २० जना परेका थिए ।
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ९५
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : २७

.कुल संक्रमित संख्या : १,४०२,२९६ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,५५५ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२४६,७२९

. ७ वटा  नर्सिङ होम र ५ वटा अपांग आश्रमबाट १९ वटा केस आएका थिए जसमा १४ जना वासिन्दा र ५ जना कर्मचारी परेका  थिए ।
.१७९ वटा स्कुलबाट २१४ वटा केस आएका थिए जसमा १४७ जना विद्यार्थी र ६७ जना शिक्षक र कर्मचारी परेका थिए ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,३४६
.आज  रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ४ जना । मृत्यु हुनेमा  ८० वर्ष माथिका तीन जना पुरुष र एकजना महिला परेका थिए । जस मध्ये एकजना ८२ वर्षका पुरुष खोपहिन दीर्घ रोगी  थिए । अन्य ३ जना मृतकले खोपको दुई मात्रा लगाएका थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : १,५६५

.आज भर्ना भएका नयाँ बिरामीको  संख्या : २३० जसमा २३ जना ३ वर्ष मुनिका बालबालिका परेका थिए ।
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या २६ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: २१
.आइसियुमा रहेकोे बिरामीको संख्या : ९
.गत २४ घन्टामा निको भएका बिमारी : २०२
.डिस्चार्ज भएका बिमारी :१६६
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ७ संक्रमितको संपर्क आएका मानिसको संख्या : १३

.नियमित परिक्षणको क्रममा क्यासल पिक अस्पतालका एक नर्स संक्रमित भएकी छिन। कन्ट्याक्ट ट्रेसिङको  क्रममा ती नर्स काम गर्ने वार्डका अन्य ९ जना बिरामी र एकजना कर्मचारी पोजेटिभ पुष्टि भएका छ्न।


अगस्ट :११

अगस्ट ११ तारीख बिहीबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,३७६
.स्थानीय केस संख्या : ४,१८०
.पिसिआरबाट पुष्टि केस संख्या : १,२८९
.एन्टिजेनबाट पुष्टि केस : २,८९१
.आयातित केस संख्या : १९६ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६८ जना
.आयातित केसमा  युकेबाट २८ जना , अमेरिकाबाट १४ जना , इन्डियाबाट २१ जना,सिंगापुरबाट र थाइल्यान्डबाट ३२ जना परेका थिए ।
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ९८
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : ३०

.३ मात्रा खोप लगाएका मानिसको औसत मृत्यु दर ०.०४ रहेको छ भने खोप नलाएका मानिसको औसत मृत्यु दर २.८८ रहेको छ। पुर्ण खोप लाउनेको तुलनामा खोप नलाउनेको मृत्यु दर ७० गुणा बढी देखिएकोछ।
. ८० वर्ष भन्दा माथिको मृत्यु संख्या जसमा तेस्रो खोप लाउनेको मृत्यु दर १.०३ प्रतिशत दुई खोप लाउनेको मृत्यु दर ३.३८ प्रतिशत र एक खोप लाउनेको मृत्यु दर ६.७७ प्रतिशत रहेको छ। तर ८० वर्ष माथिका खोप नलाउनेको मृत्यु दर १६.१२ प्रतिशत रहेकोछ।

. ५ वटा  नर्सिङ होम र एउटा अपांग आश्रमबाट १३ वटा केस आएका थिए जसमा ११ जना वासिन्दा र २ जना कर्मचारी परेका  थिए ।
.२३१ वटा स्कुलबाट २८७ वटा केस आएका थिए जसमा २३० जना विद्यार्थी र ५७ जना शिक्षक र कर्मचारी परेका थिए । ३ स्कुलका कक्षाहरु एक हप्ताको लागी निलम्बन हुने सुचीमा परेका थिए  ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,३४२
.आज  रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १ जना । मृत्यु हुनेमा एकजना ८५ वर्षकि खोपहिन महिला परेकी छिन । मृतक आफ्नै परिवारको साथमा बस्थिन र दीर्घ रोगी थिइन ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : १,५४२
. नयाँ संक्रमित अस्पताल भर्ना हुनेको दैनिक संख्या २०० भन्दा बढी रहेको छ जुन गत हप्ताहरुको तुलनामा निकै  बढी हो। आज भर्ना हुने आधा भन्दा बढी बिरामी ६० वर्ष माथिका थिए, २० जना जति ३ वर्ष मुनिका बालबालिका थिए ।
.क्रीटिकल अवस्थामा रहेकोे नयाँ  बिरामीको संख्या : ३
.सिरियस अवस्थामा रहेका नयाँ  बिरामीको संख्या : १०
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या २१ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: २७
.आइसियुमा रहेकोे बिरामीको संख्या : ७
.गत २४ घन्टामा निको भएका बिमारी : २८२
.डिस्चार्ज भएका बिमारी :१६५


.पहेँलो रंगको भ्याक्सिन पास बोक्नेहरु जो नर्सिङ होम र अस्पताल जस्ता उच्च जोखिमपूर्ण स्थानमा काम गर्छन उनिहरुले दैनिक पिसिआर टेस्ट गर्नुपर्ने सुझाव संक्रामक रोग विशेषज्ञ जोसेफ ताङले दिएका थिए ।


. हङकङ युनियन अफ इम्प्लोइमेन्ट एजेन्सिजका अध्यक्ष चान तुङ फङले डोमेस्टिक हेल्परलाई तीन दिने होटेल क्वारेन्टाइन पछिको चार दिने निगरानीको समयमा रोजगारदाताले आफ्नो घरमा राख्न नहुने सुझाव दिएका थिए । कतिपय रोजगारदाताको घरमा घरेलु कामदार बस्ने छुट्टै कोठा र छुट्टै शौचालय हुदैन त्यसैले संक्रमण फैलने उच्च संभावना भएकोले उनले यसो भनेका हुन।
डोमेस्टिक हेल्पर होस्टेलमा पनि बस्न नहुने उनको सुझाव छ। होस्टेलमा मानिसको भिडभाड धेरै हुने भएकोले संक्रमण मुल फुट्न सक्छ उनले भने।


. हङकङ सरकारले अगस्ट ४ तारीखबाट ६ महिना देखि ३ वर्ष सम्मका बालबालिकाको लागि कोभिड खोप उपलब्ध गराएको थियो र अगस्ट ११ तारीख सम्म खोप लाउने बालबालिकाको संख्या २,२०० पुगेको थियो ।

तपाईको प्रतिक्रिया