१९ जनवरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ बिभाग प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ५६ वटा कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन जसमा  १ केस आयातित ५५  वटा   स्थानीय केस रहेकाछ्न।

स्थानीय केस मध्ये ३२ केसको सम्बन्ध पुर्व केस संग रहेको रहेको छ भने २३ केसको स्रोत खुल्न नसकेको अवस्था छ । हङकङमा कुल कोरोना केस ९,७२१ पुगेकोछ।

आजका नयाँ दर्ता भएका केसमा  ९ वर्ष   देखि ९५ वर्ष बीचका २४ जना पुरुष र ३२ जना महिला परेकाछ्न।

६० जना भन्दा बढी पुर्ण पोजेटिभ हुने सुचीमा परेका छ्न जस मध्ये ३० केस याउ मा तेइ कम्युनिटी सेन्टर र मोबाइल टेस्टिङ सेन्टरबाट आएकाछ्न।

अपुष्ठ स्रोतबाट आएका २३ केस मध्ये १० केस  याउ चिम मोङ जिल्लाका विभिन्न टेस्टिङ सेन्टर र २१ केस याउ मा तेइ कम्युनिटी सेन्टर र मोबाइल टेस्टिङ सेन्टरबाट आएका छ्न।

पुर्व रोगीबाट संक्रमित भएका ३२ केस मध्येबाट १ केस सेन्ट्रल काउलुन रुट – सेन्ट्रल टनलसंग संबंधित छ।

५५ केस मध्ये ३१ केसका रोगीहरु सबै याउ चिम मोङ जिल्लाबासी रहेकाछ्न।

१५ जना रोगीहरु अनिवार्य परिक्षणको सुचीमा परेका बहालवाला भवनबाट आएका छ्न।
आज रेकर्ड भएका धेरैजसो रोगीहरु अल्पसंख्यक समुदायबाट परेका छ्न जसभित्र १७ जना नेपाली , २ जना भारतीय र ३ जना बंगलादेशी परेकाछ्न।

हिउँ फङ हाउस ,फुङ वा स्टेट , चाइ वानबाट २४ जना लाई आज क्वारेन्टाइन सेन्टर पठाइएकोछ।

स्वस्थ अधिकारीले जनाए अनुसार  आज तीन वटा भवन अनिवार्य परिक्षणमा जाने सुचीमा परेकाछ्न।
१. १ टेम्पल स्ट्रीट , जोर्डन
२. १९७ शांघाइ स्ट्रीट , जोर्डन
३. वाइ चिङ कोर्ट , ३६ वाइ चिङ स्ट्रीट , जोर्डन

सामाजिक दुरि संबंधी  नियम  एक हप्ताको लागि  अर्थात २७ जनवरी बुधबार सम्म बढाइने भएकोछ।

हालसम्म जोर्डन,याउ मा तेइको कोरोना भाइरस निर्धारित क्षेत्र भित्र पर्ने ३७ वटा आवासीय भवनहरु अनिवार्य कोरोना परिक्षणमा जानु पर्ने भवनको सुचीमा परेकाछ्न। यस एरियाबाट  १०३,४०० जना वासिन्दाको कोरोना परिक्षण भैसकेको छ।

सरकारले आज कोरोना भाइरस निर्धारित क्षेत्रभित्र पनि अर्को   कोर एरिया क्षेत्र भनेर किटान गरेकोछ। जोर्डन परिसरमा पर्ने उक्त कोर एरियाको चार सिमानामा क्रमशः पाक होइ स्ट्रीट , टेम्पल स्ट्रीट, निङ पो स्ट्रीट र रिक्लेमेसन स्ट्रीट पर्दछ।  यी चार वटा सडकले घेरिएको भुभागभित्र करिब ७० वटा आवासीय भवनहरु सबै अनिवार्य परिक्षणमा जानू पर्नेछ कोरोना संक्रमित व्यक्ति भेटिए पनि  नभेटिए पनि ।

याउ मा तेइ जोर्डनको जस्तै  साम शोइ पो एरियाका भवनहरु पनि  अनिवार्य परिक्षणमा जाने भएको जानकारी स्वस्थ अधिकारीले दिएकाछ्न । कोर एरियाको किटान नभए पनि कोरोना भाइरस निर्धारित क्षेत्रको सिमांकन भएको छ। त्यो निर्धारित क्षेत्र लाइ येन चौ स्ट्रीट ,ताइ पो रोड , मेपल स्ट्रीट र लाई चि कोक रोडले चार दिशामा घेरेर बसेकोछ ।यी एरियाका भवनमा एउटा मात्र संक्रमण देखिना साथ अनिवार्य टेस्टमा जानु पर्नेछ । यहाँका वासिन्दाको लागि  मेपल स्ट्रीटको प्ले ग्राउन्डमा टेस्टिङ साइट राखिने भएकोछ।

आज पुष्टि भएका केसहरु : 今天新確診:Today’s new confirmed cases:

केस नम्बर: 9707,9709尖沙咀重慶大廈D座Block D, Chungking Mansions, Tsim Sha Tsui

केस नम्बर : 9668, 9669, 9670, 9671油麻地統一大廈B座Block B, United Mansion, Yau Ma Tei
केस नम्बर : 9687油麻地廟街151號 151 Temple Street, Yau Ma Tei
केस नम्बर : 9697油麻地新填地街28- 30號 28-30 Reclamation Street, Yau Ma Tei
केस नम्बर : 9708油麻地上海街197號 197 Shanghai Street , Yau Ma Tei
केस नम्बर : 9712,9713油麻地金勳大廈 Honour House, Yau Ma Tei

केस नम्बर : 9684油麻地文耀樓 Man Yiu Building, Yau Ma Tei
केस नम्बर : 9688 油麻地文英樓 Man Ying Building, Yau Ma Tei
केस नम्बर : 9692 油麻地常安大廈 Sheung On Mansion, Yau Ma Tei
केस नम्बर : 9703油麻地廣東道577號 577 Canton Road, Yau Ma Tei
केस नम्बर : 9704, 9706 油麻地瑜德大廈 Yue Tak Building, Yau Ma Tei
केस नम्बर : 9711, 9718 油麻地偉晴閣A座 Block A, Wai Ching Court, Yau Ma Tei
केस नम्बर : 9688油麻地吳松街159號159 Woosung Street, Yau Ma Tei

केस नम्बर : 9680 旺角富榮花園2座 Block 2, Charming Garden, Mong Kok 9686 油麻地碧街17號 17 Pitt Street, Yau Ma Tei
केस नम्बर : 9696油麻地碧街19號 19 Pitt Street, Yau Ma Tei
केस नम्बर : 9701油麻地碧街25號 25 Pitt Street, Yau Ma Tei
केस नम्बर : 9698油麻地順豐大廈 Shun Fung Building, Yau Ma Tei
केस नम्बर : 9699油麻地砵蘭街33C號 33C Portland Street, Yau Ma Tei
केस नम्बर : 9700油麻地安蘭閣 Orchid Court, Yau Ma Tei
केस नम्बर : 9682 油麻地廟街1號 1 Temple Street, Yau Ma Tei
केस नम्बर : 9717, 9720 油麻地廟街17號 17 Temple Street, Yau Ma Tei
केस नम्बर : 9710油麻地廟街42號 42 Temple Street, Yau Ma Tei

केस नम्बर : 9705油麻地砵蘭街74號74 Portland Street, Yau Ma Tei

तपाईको प्रतिक्रिया