- क्रान्ति सुब्बा

ताई पो आगलागीबाट ध्वस्त वाङ फुक कोर्टका घरधनीहरूलाई सरकारले अतिरिक्त अनुदान हङकङ डलर एक लाख दिने घोषणा डिसेम्बर १२ तारीख बुधबार गरेको छ।

आगलागी पीडित कोषबाट यो अनुदान दिन लागिएको हो। जनताबाट उठेको चन्दाका कारण अहिले राहत कोषमा लगभग ३.४ अर्ब हङकङ डलर जम्मा भैसकेको छ।

आफ्नो फ्ल्याट भाडामा लगाएका केही मालिकहरूले आम्दानीको स्रोत गुमाएका कारण यो अनुदान प्रदान गर्ने निर्णय सरकारले गरेको डेपुटी सेक्रेटरी वार्नर च्यकले बताए ।

“राहत कोषबाट हाल वितरण भैरहेको सहयोग मुख्यतया बासिन्दाहरूमा केन्द्रित छ। कतिपय वासिन्दाहरू भाडामा बस्नेहरू छ्न भने कतिपय फ्लाटमा घर धनी आफै बसेका छ्न ” उनले पत्रकारहरूसंग भएको ब्रीफिंगमा भने।

“हामीलाई थाहा छ केही घरधनीहरूले भाडाबाट आएको रकमबाट आफ्नो दैनिक खर्च चलाउनु परेको छ। आगलागीका कारण उनीहरूले आम्दानीको यो स्रोत गुमाएका छन्। केही घरधनीहरूले आगो लाग्नु भन्दा अगाडिको समयमा रेनोभेसन र रिपेयरमा पनि पैसा खर्च गरेका छन् र अहिले पैसा आउने बाटो ठप्प हुँदा उनीहरूले घाटा बेहोर्नु परेको छ ।” यसको अर्थ वाङ फुक कोर्टका प्रोपर्टीओनरले पहिलाको घर खर्च एक लाख र अहिलेको थप एक लाख गरेर जम्मा दुई लाख हङकङ डलर पाउनेछ्न।

चेउकले राहत कोषबाट करिब हङकङ डलर ४६ करोड जति वितरण भैसकेको जनाए ।

उनका अनुसार एक लाख हङकङ डलर “जीवनयापन भत्ता” लगभग १,६०० घरपरिवारले प्राप्त गरेका गरिसकेका छन्, १०० भन्दा बढी मृतकका परिवारहरूले हङकङ डलर २००,००० “सोलिडारिटी एलाउन्स” पाएका छन् र ६० जना भन्दा बढी घाइतेहरुले क्षतिका आधारमा हङकङ डलर ५०,००० देखि हङकङ डलर १००,००० सम्म एक्ट्रा रकम प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया